Sunday, 20 November 2016

पाकिस्तान विरुद्ध न्युजिल्याण्ड विजयी


पाकिस्तान विरुद्धको पहिलो टेष्टमा न्युजिल्याण्ड विजयी भएको छ । क्राइसचर्चमा भएको खेलमा घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानलाई ८ विकेटले पराजित गरेको हो ।
पाँचौ दिनको खेलमा पाकिस्तानले दिएको १ सय ५ रनको झिनो लक्ष्य न्युजिल्याण्डले २ विकेटको नोक्सानीमा भेट्टायो ।
उस्को जितमा केन विलियमसनले सर्वाधिक ६१ रन बनाए । न्युजिल्याण्डले पहिलो पारीमा २ सय  रन बनाएको थियो ।
यस्तै पाकिस्तालने पहिलो पारीमा १ सय ३३ रन बनाउदाँ दोस्रो पारीमा १ सय ७१ रन बनाएको थियो । न्युजिल्याण्ड भ्रमणमा रहेको पाकिस्तनले अब थप एक टेष्ट खेल्ने छ ।

Labels:

भारतको कानपुरमा रेल दुर्घटना, ३० जनाको मृत्यु


भारतको कानपुरमा रेल दुर्घटना हुँदा मृत्युहुनेको संख्या ९६ पुगेको छ ।  दुर्घटनामा परि १ सय ५० भन्दा धेरै घाइते भएका छन् ।
इन्दौरबाट पटना जाँदै गरेको रेल आज बिहान दुर्घटना भएको हो ।
लिकबाट रेलको १४ डिब्बा उछिट्टिएर दुर्घटना भएको हो ।  दुर्घटनास्थलमा उद्धारकर्मी परिचालन गरिएको छ । उद्धारकर्मीले रेलको डिब्बाबाट ९६ वटा शव निकालेका छन् ।
उद्धार कार्य जारी रहेको र केही घाइतेको अवस्था चिन्ताजनक रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।  दुर्घटनाको मुख्य कारण भने पत्ता लागेको छैन् । 

रेडियो नागरिक १००.४ मेघहर्ज़ 
सुनो ,सुनौ जीवन  बनाऊ 




www.radionagarik.com.np

आज नवलपरासी बन्द


नेपाली काँग्रेस निकट तरुण दल र नेपाल विद्यार्थी संघले गरेको बन्दका कारण नवलपरासीको जनजिवन प्रभावित भएको छ । प्रदेश नम्बर ५ लाई सार्न नदिने भन्दै गरेको बन्दका कारण नवलपुर क्षेत्रमा लामो तथा छोटो दुरीका सवारी साधन चलेका छैनन् भने बजार, विद्यालय बन्द छन् ।
भोली ६ गते संविधान संसोधन प्रस्ताव संसदमा पेश हुन लागेकाले दवाव दिन  बन्दको आह्वान गरिएको हो । बन्द विहान सात बजे देखि बेलुका पाँच बजेसम्म रहने  छ । यसैगरी बन्दको दिन आज विहान सात बजे कावासोति नगरपालिकाको इन्द्र चोक देखि फलफुल चोक सम्म नेपाली काग्रेसको भातृ संगठन नेविसंघ र तरुणदलले विरोध र्याली समेत निकालेका थिए । 

तेइस किलो चरेस बरामद


धनगढी उपमहानगरपालिका– ५ जाई गाउँबाट आज बिहान प्रहरीले बेवारिसे अवस्थाको २३ किलो चरेस बरामद गरेको छ ।
जाई गाउँको सडकको ह्युम पाइपभित्र बोरामा लुकाइराखिएको अवस्थामा उक्त परिमाणको चरेस बरामद भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
चरेस लुकाएको व्यक्तिको पहिचान हुन नसकेको र निजको खोजतलासका प्रहरी परिचालन गरिएको बताइएको छ ।

दुई सय पचासभन्दा बढी बालश्रमिक


‘संवद्र्धन बाल अधिकारको, कार्यान्वयन संविधानको’ भन्ने मूल नाराका साथ आज अन्तर्रा्ष्ट्रिय बालअधिकार दिवस देशैभर विविध कार्याक्रम आयोजना गरी मनाइएको छ ।
दिवसको अवसरमा जिल्ला बालकल्याण समिति सिन्धुलीले गरेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ताराबहादुर कार्कीले कमलामाई नगरपालिकामा बालबालिकामाथि घरेलु हिंसा, यातायात, होटल, निर्माण क्षेत्र, भरिया, व्यापार लगायत क्षेत्रमा बालबालिका प्रयोग भएको पाइएको उल्लेख गरेका छन् ।
सिन्धुलीमा २ सय ५४ बालबालिका श्रमिक रहेका छन् । जस्मा १०४ जना घरेलु हिंसा, ६८ जना यातायात, २३ जना होटल, १७ जना निर्माण, पाँच जना भरिया, १९ जना उद्योग र व्यापारमा, नौ जना खानीमा र नौ जना अन्य क्षेत्रमा कार्यरत रहेको उल्लेख गरिएको छ ।

प्राधिकरणलाई नाफामा जाने गरी काम गर्न निर्देशन


ऊर्जामन्त्री जनार्दन शर्माले नेपाल विद्युत् प्राधिकरणलाई जसरी पनि नाफामा ल्याउन कर्मचारीलाई निर्देशन दिनुभएको छ ।
प्राधिकरण भरतपुर वितरण केन्द्रका कर्मचारीलाई आज निर्देशन दिँदै उहाँले नटबल्टु, तार जस्ता कुरामा नाफा नखाएर समग्र प्राधिकरणलाई नाफामा लैजाने गरी काम गर्न निर्देशन दिनुभयो ।
कर्मचारीले सानातिना कुरामा ग्राहकलाई दुःख दिने र पैसा माग्ने गरेको गुनासो आएको भन्दै उहाँले कसैले यस्ता काम गरेमा सोझै मन्त्रालयको गुनासो महाशाखामा खबर गर्न आग्रह गर्नुभयो ।
ग्राहक बढेमा मात्रै प्राधिकरण नाफामा जाने भन्दै उहाँले ग्राहकमुखी काम गर्नुपर्ने बताउनुभयो । मन्त्रालयले जारी गरेको ३७ बुँदे कार्यक्रम अन्तर्गत रहेर काम गर्न कर्मचारीलाई निर्देशन दिँदै उहाँले छिट्टै स्माटमिटर वितरण गरेर ग्राहकलाई घरबाटै पैसा तिर्ने सुविधा दिने तयारीमा प्राधिकरण लागेको जानकारी दिनुभयो ।

प्राविधिक शिक्षामा लगानी बढाउने ः मन्त्री पौडेल

शिक्षामन्त्री धनीराम पौडेलले सरकारले प्राविधिक शिक्षामा लगानी बढाउने बताउनुभएको छ ।
स्कुल अफ हेल्थ साइन्स भरतपुरले आज उहाँको सम्मानमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री पौडेलले रोजगारमूलक शिक्षा भएकाले प्राविधिक शिक्षामा सरकारले लगानी बढाउन लागेको बताउनुभयो ।
प्राविधिक शिक्षा पढाइका लागि कहाँ कसरी लगानी बढाउन सकिन्छ भन्ने विषयमा गुरुयोजना निर्माणको काम भइरहेको उहाँले उल्लेख गर्नु भयो ।
प्रतिस्पर्धी शिक्षाको आवश्यकता रहेको भन्दै उहाँले परिस्थितिअनुसार पाठ्यक्रम स्तरीय बनाउँदै लगेर अन्तर्रा्ष्ट्रिय जगत्मा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्न सक्नुपर्ने विचार व्यक्त गर्नु भयो ।
आवश्यक मात्रामा शिक्षक, प्राध्यापकको दरबन्दी र भौतिक संरचना अभाव रहेको भन्दै मन्त्री पौडेलले यसको व्यवस्थापनका लागि मन्त्रालयले गम्भीर रूपमा गृहकार्य गरिरहेको बताउनुभयो ।

Labels:

बर्समान पुन


नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको सहमतिबिना संविधान संशोधन गनौको औचित्य नहुने बताउनुभएको छ ।
प्रेस सेन्टर नेपाल मोरङले आज विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मधेसी मोर्चासँग समयमै सहमति नभए पनि सरकारले स्थानीय निकायको निर्वाचनको मिति घोषणा गरेर भने अगाडि बढ्ने उहाँको भनाइ छ ।
चैत मसान्तसम्ममा स्थानीय निकायको निर्वाचन गर्नुपर्ने बाध्यता भएकाले सहमतिका लागि हरसम्भव प्रयास हुने तर सहमति नजुटे मुलुकलाई निर्वाचनविहीन बनाउन नसकिने उहाँले स्पष्ट गर्नुभयो ।

Labels:

विधान संशोधनका लागि धेरै विषयमा सहमति भइसक्यो ः सभापति देउवा


नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधनका धेरै विषयमा दलहरुबीच सहमति भइसकेको बताउनुभएको छ ।
नेपाल प्रेस युनियन कञ्चनपुर शाखाले आज बिहान भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सभापति देउवाले संविधान संशोधनसँगै समयमै स्थानीय तहको निर्वाचन गर्नुपर्नेमा जोड दिनुभयो । सङ्घीय संरचनामा १० प्रदेश हुन नसक्ने बताउँदै उहाँले कैलाली–कञ्चनपुरसहितको सुदूरपश्चिम एक प्रदेश नै रहने बताउनुभयो ।
उहाँले महाधिवेशनपछि बाँकी रहेको पार्टी पदाधिकारी चयन र विभागले चाँडै पूर्णता पाउने जानकारी दिनुभयो । पार्टी्भित्र भागबन्डाको राजनीति बढेको विषयमा पत्रकारहरुले राखेको जिज्ञासामा सभापति देउवाले सबैलाई मिलाएर लैजानुलाई भागबन्डा भन्न नमिल्ने धारणा राख्नुभयो । सुदूरपश्चिमको पुल, सडक, उत्तरी नाका खोल्ने, विद्युत् आयोजनालगायतका विकास निर्माणलाई अगाडि बढाउने विषयमा आफूले पहिल गरिरहेको उहाँको भनाइ थियो  । 

Labels:

शान्ति सम्झौताका दश वर्ष


दश वर्ष लामो आन्तरिक सशस्त्र द्वन्द्वको अन्त्यका लागि तत्कालीन नेकपा माओवादी र सरकारबीच विस्तृत शान्ति सम्झौताको आज दश वर्ष पूरा भएको छ । बिस्तृत शान्ति सम्झौता दश वर्ष भन्दा लामो नेपाली गृहयुद्धलाई अन्त्य गरेको घोषणा गर्दै नेपाल सरकार र ने.क.पा. (माओबादी) ले बि.स. २०६३ मंसीर ५ गते हस्ताक्षर गरेको सम्झौता पत्र हो ।
तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला र माओबादी अध्यक्ष पुष्प कमल दाहालले उक्त सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको थियो । यस सम्झौताले ने.क.पा. (माओवादी) लाई शान्तिपूर्ण राजनीतिमा आउन र सरकारमा सहभागि हुन बाटो खुलेको थियो । तत्कालिन माओवादीले विस्तृत शान्ति सम्झौतासँगै हतियार बिसाएर शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेको थियो ।
तर विस्तृत शान्ति सम्झौताको परिकल्पना र चाहनाअनुसार शान्ति प्रक्रियाका मूलभूत काममा खासै प्रगति भएको छैन ।  संविधान निर्माण प्रक्रियाको जञ्जालमा जेलिएको शान्ति प्रक्रियाले संविधान निर्माणपछि पनि तीव्रता पाउन सकेको छैन् ।
द्वन्द्वको दश वर्ष पूरा भए पनि राज्यसँग अहिले पनि मृतक, बेपत्ता र पीडितको आधिकारिक तथ्याङ्कसमेत छैन।  बेपत्ता खोजबिन आयोगमा दुई हजार ९ सय ४२ व्यक्ति खोजीका लागि निवेदन परेका छन् ।
शान्ति मन्त्रालयको तथ्याङ्कअनुसार भने एक हजार ५ सय ३० मात्र व्यक्ति बेपत्ता छन् ।  यस्तै, द्वन्द्वकालीन विभिन्न घटनाको छानबिनका लागि सत्य निरूपण तथा मेलमिलाप आयोगमा पनि ५७ हजार ७ सय ५३ उजुरी दर्ता भएका छन् ।

Labels:

Friday, 18 November 2016

कौरव खत्री गुल्मी,


गुल्मीको सदरमुकाम तम्घासदेखि मध्यपहाडी लोकमार्ग अन्र्तगत बाग्लुङ्गको खर्बाङ्गसम्मका लागि  नियमित यातायात सञ्चालन भएपछि स्थानीयहरु हर्षीत भएका छन् ।
सदरमुकाम  तम्घासबाट बडागाँउ हुदै मुसिकोटको रातचौर, अमिले, ढाव हँुदै बाग्लुङ्गको खर्बाङ्गसम्मको करिव ३९ किलोमिटर  रहेको मोटरवाटोमा पहिलो पटक दैनिक एउटा यातायात सञ्चालनमा आएको छ । गुल्मी यातायात व्यवसायी संघले उक्क्त स्थानको मोटरबाटोकोे अनुगमन तथा निरिक्षण गरे पश्चात गुल्मी यातायात व्यवसायी संघले दैनिक रुपमा  एउटा जीप सञ्चालन गरेको कार्यालयका प्रमुख डोल बहादुर कुँवरले जानकारी दिनुभयो ।
साथै ग्रामिण इलाकाको कच्चि बाटोमा  नियमित जीप सञ्चालन भएपछि गुल्मी तथा बाग्लुङ्गका झण्डै एक दर्जन भन्दा बढि गाविसबासीहरुलाई आ–आफ्ना गन्तव्यसम्म यात्रा गर्न सहयोग पु¥याएको छ ।

बौद्धनाथ चैत्यमा प्राण प्रतिष्ठा



बौद्धनाथ क्षेत्र विकास समितिले आज देखि ५ गतेसम्म बौद्धनाथ चैत्यमा विशेष पूजा गर्ने भएको छ । बौद्धनाथ चैत्यको जीर्णोद्धार सम्पन्न भएपछि प्राणप्रतिष्ठा तथा पाठलगायत अन्य पूजा गर्न लागिएको हो । बौद्ध दर्शनको महायान तथा बज्रयान सम्प्रदायका विशिष्ट धर्मगुरु तथा बौद्ध विद्वानका साथै सम्बन्धित धर्मावलम्बीको सहभागितामा कार्यक्रम गरिने बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष सम्पूर्णकुमार लामाले जानकारी दिनुभयो ।

गत वर्षको वैशाखमा आएको भूकम्पका कारण क्षति पुगेको बौद्धनाथ चैत्य विभिन्न दातृ सङ्घसंस्थाबाट स्रोत सङ्कलन केही भाग जीर्णोद्धार तथा केहीमा पुनःनिर्माणसमेत गरिएको छ ।

यसैबिच विश्व सम्पदा सूचीमा सूचीकृत चैत्यको यही मङ्सिर ७ गते प्रधानमन्त्रीबाट उद्घाटन  गर्ने कार्यक्रम समेत तय भएको छ । उद्घाटन कार्यक्रमका लागि श्रीलङ्का, म्यान्मा, थाइल्यान्डलगायत मुलुकका राजदूत तथा कूटनीतिक व्यक्तित्वलाई आमन्त्रणसमेत गरिएको समितिका अध्यक्ष लामाले बताउनुभयो । 

कांग्रेस बरिष्ठ नेता पौडेल आज बारा जाने



नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले आज बारामा हुने नेपाली कांग्रेसका कार्यकताहरुको भेलालाई सम्बोधन गर्नुहुने भएको छ । संविधानमा तराई मधेशमा देखिएको असंतुष्टी सम्बोधन गर्नका लागि संविधान संसोधनको अन्तिम तयारी भइरहेका बेलामा पौडेल एकसाता लामो तराई यात्रामा निस्कनु भएको हो ।

बिरगंजबाट हिजो सुरु भएको पौडेलको तराई यात्रा बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषासम्म रहने पौडेलका सहयोगी चिरिन्जीवी अधिकारीले जानकारी दिनुभयो । पौडेलले संविधान संसोधनमा के कस्ता बिषय समेटन आवश्यक छ भनेर  तराईका बुद्धिजीवीहरुसंग समेत छलफल गर्ने बताइएको छ ।

साथै संविधान संसोधनका बारेमा तराई मधेशका जनतासंग साक्षात्कार गर्ने उद्देश्यले दुई नम्बर प्रदेशका सवै जिल्लामा जानु भएको हो । उहाँ मंसिर ७ गते धनुषामा नेपाली कांग्रेसले आयोजना गर्ने कार्यकर्ता भेटघाट सकेर सोहिदिन नै राजधानी फर्कने कार्यक्रम रहेको पौडेलका सहयोगी अधिकारीले बताउनुभयो ।

अर्थ समिति बैठक बस्दै


व्यवस्थापिका संसद अन्तरगतको अर्थ समितिको बैठक आज बस्ने भएको छ । समितिको कार्यालय सिंहदरबारमा बिहान ११ बस्ने बैठकमा भारत सरकारले लगाएको ५ सय र एक हजार दरका नोटको प्रतिवन्ध पछि नेपालमा रहेका नोटको व्यवस्थापनको बारेमा छलफल हुने छ ।
बैठकले भारतिय सरकारको निर्णयले नेपालमा रहेको भारतीय नोटको व्यवस्थापनमा कठिनाई देखिने भन्दै नेपाल सरकारलाई गम्भीर भएर व्यवस्थापनको लागि पहल गर्न निर्देशन दिने समितिले जनाएको छ ।
समितिले छलफल पछि उपयुक्त विकल्प सहित सरकारलाई निर्देशन दिने समितिले जनाएको छ । बैठक अन्य समसामयिक विषयमा पनि छलफल हुने समितिले जनाएको छ ।

व्यवस्थापिका संसद



व्यवस्थापिका संसदको बैठक आज बस्ने भएको छ । संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ । आजको बैठकमा अख्तियार प्रमुख लोकमान सिंह कार्की विरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावमाथिको छलफल जारी रहने छ ।

मंसिर १ गतेका लागि बोलाइएको बैठक नेकपा माओवादी केन्द्रका सांसद भक्तिप्रसाद पाण्डेको निधनमा शोक प्रस्ताव पारितसंगै आज सम्मका लागि स्थगित भएको थियो । आजको बैठकमा महाअभियोगमा बोल्न बाँकी सदस्यले आफ्नो भनाई राख्ने छन् । अभियोग प्रस्तावमा बोल्ने सांसदहरुको संख्या धेरै भएपछि छलफल लम्बिएको  संसद सचिवालयका सहप्रवक्ता सुर्दशन कुइकेललले जानकारी दिनुभयो । 

जाडोले कष्टकर बन्दै डोल्पालीको दैनिकी


गत वर्ष भन्दा यसवर्ष छिट्टै चिसो बढेपछि हिमाली जिल्ला डोल्पाको जनजीवन प्रभाबित भएको छ । दिनहुँ बड्दो चिसोले गर्दा डोल्पालीको जनजीवन कष्टकर बन्दै गएको छ । गतबर्ष भन्दा यसपाली छिटै चिसोे बढेको अनुभूति भएको त्रिपुराकोटका स्थानीवासी दिलीप गिरीले बताउनुभयो । कात्तिकको सुरुवात देखिनै उत्तरी डोल्पामा हिमपात र वर्षात् भई अत्याधिक चिसो बडेपछि त्यहाँका सर्बसाधारण गाउँनै शून्य पारेर बेसी झर्न थालिसकेका छन् । बढ्दो चिसोले गर्दा यहाँका बासिन्दामा रुघाखोकी, ज्वरोका बिरामी बाँड्ने गरेको त्रिपुराकोट स्थास्थ्य चौकीका अहेब कविप्रसाद उपाध्यायले बताउनुभयो ।

Labels:

टेलिकम

नेपाल टेलिकमको मोबाइल सेवा आज साँझदेखि भोलि बिहानसम्म अवरुद्ध हुने सक्ने नेपाल टेलिकमले जनाएको छ । नेपाल टेलिकमले कम्पनीको जिएसएम पोष्टपेड मोबाईल सेवालाई कन्भर्जेन्ट रियल टाइम विलिङ सिस्टममा माइग्रेसन गरिने भएकाले आज रातिदेखि भोलि बिहानसम्म अवरुद्ध हुनसक्ने टेलिकमको भनाई छ ।
कम्पनीका वायरलेस सेवा अन्तर्गतका जिएसएम तथा सि डि एम सेवाका भ्वाइस, डाटा, एसएमएस, वाईम्याक्स र रिजार्ज सेवा समेत अवरुद्ध हुने बताइएको छ ।

Labels:

विद्युत् चोरीको आरोपमा चार पक्राउ


नेपाल विद्युत् प्राधिकरण बनेपा शाखाले विद्युत् चोरी गरेको आरोपमा चारजनालाई पक्राउ गरेको छ । प्रहरीसहितको विद्युत् चुहावट नियन्त्रण टोलीले विभिन्न विद्युतीय सामानसहित उनीहरुलाई बिहीबार काभ्रेपलाञ्चोकको देउपुर क्षेत्रबाट पक्राउ गरिएको शाखा प्रमुख नवलकिशोर गोइतले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा देउपुरका ३० वर्षीय बलराम खड्का, सोही ठाउँका अर्जुन विक, कमल चौलागाईं र अर्जुन ढकाल रहेका छन् । उनीहरुलाई थप अनुसन्धानका लागि प्रहरी कार्यालयमा ल्याइएको छ । उनीहरुबाट फ्रिज, मोर्टर, टिभीलगायतका सामानसमेत बरामद गरिएको छ । पक्राउ परेकाले प्रयोग गरेको विद्युत् भार पहिचान भएपछि उनीहरुलाई जरिवाना तिराइने उहाँले बताउनुभयो ।
शाखा प्रमुख गोइतले जिल्लाभर विद्युत् चुहावटका लागि प्रहरीसहित विद्युत्का कर्मचारी परिचालन भएको जानकारी दिँदै निगरानी बढाउने र विद्युत् चुहावटमा संलग्नलाई पक्राउ गर्ने योजना रहेको जानकारी दिनुभयो । 

Labels:

भारतमा सवारी दुर्घटना हुदाँ ४ नेपाली वेपत्ता


भारतको केरला एर्णाकुलम जिल्ला र आलापूणा जिल्लाको सिमानामा नेपाली मजदुर सवार यात्रुबाहक बस दुर्घटना हुँदा चार नेपाली बेपत्ता भएका छन् ।
एउटै ठाउँमा दिनभरिको काम सकेर बेलुका कम्पनीको गाडीमा फर्कने क्रममा पुलबाट बस नदीमा खसेपछि उनिहरु वेपत्ता भएका हुन्
बसमा आठ नेपाली र सवारीचालक परेको दुर्घटनास्थलमा पुगेका प्यूठान बेलाबास–७ का चेतनारायण घिमिरेले जानकारी दिए ।
दुर्घटनामा परी प्यूठान खाल–१ का गोमन घर्ती र श्यामबहादुर पुन, खाल–९ का हिमलाल तिर्के र रोल्पा घोडागाउँका मधु केसी बेपत्ता भएका छन् । दुर्घटनामा परेका भिंगृ–६ प्यूठानका पदमबहादुर रोका, भिंगृ–८ का जङ्गबहादुर विक र उक्टबहादुर आले, भिंगृ–४ का सुरेश रोकालाई माछा मार्ने स्थानीयवासीले उद्धार गरेका छन् ।
दुर्घटनास्थलमा अहिले बेपत्ताको खोजी जारी रहेको मूलप्रवाह अखिल भारत नेपाली एकता समाज कोचिन नगर समितिले जनाएको छ । उद्धार र बेपत्ताको खोजीका लागि नगर सहसचिव रमेश नागरी, सदस्य बाबुराम केसी र शेरबहादुर विक नेतृत्वमा नेपालीहरु घटनास्थलमा पुगेका छन् ।

Labels:

क्रिकेट


भारत विरुद्धको दोस्रो टेष्ट क्रिकेटको पहिलो पारीमा इङग्ल्याण्डले कमजोर प्रदर्शन गरेको छ ।
भारतले पहिलो पारीमा ४ सय ५५ रनको उच्च स्कोर खडा गरेपछि आफ्नो पारी थालेको इङग्ल्याण्डले आजको दिनको खेलको समाप्तीमा ५ विकेटको नोक्सानीमा जम्मा १ सय ३ रन बनाएको छ । इङग्ल्याण्डका जोए रुटले ५३ रन बनाउनु बाहेक अन्य व्याट्म्यानहरुले सामान्य प्रदर्शन गरे । भारतका लागि रविचन्द्रन आश्विनले २ विकेट लिए । यसअघि विशाखपटनममा हिजो बाट सुरु भएको खेलमा पहिलो व्याटिङ गरेको भारतले विराट कोहोलीको १ सय ६७ र चेतेश्वर पुजाराको १ सय १९ रनको मदतले भारतले ४ सय ५५ रन बनाएको हो ।

Labels:

च्यारिटी फुटबल


नेपाल र जापानबीचको च्यारिटी फुटबल खेल भोली हुदैछ । फुटबल खेल्नका लागि जापानी टोली हिजोनै काठमाडौं आइपुगेको छ । नेपालको राष्ट्रिय फुटबल टोली र फ्रेन्ड्स अफ जापानबीच च्यारिटी खेल हुन लागेको हो । खेल एन्फा कम्प्लेक्स सातदोवाटोमा भोली दिउँसो  १ बजेबाट सुरु हुनेछ ।
सन् २००२ को विश्वकप खेलेका खेलाडी मिडफिल्डर काजुयिका टोडाको कप्तानीमा जापानी टोली नेपाल आएको हो ।
नेपाल र जापानको मैत्रिपूर्ण सम्वन्ध स्थापना भएको ६० वर्ष पुगेको अवसरमा अखिल नेपाल फुटबल संघ एन्फा र जापानको एनजीओ कलरबाथले मिलेर खेल आयोजना गरेको हो ।
खेलबाट जम्मा भएको रकम २०७२ साल बैशाख १२ गतेको भूकम्पबाट बनेका पीडितका लािग खर्च गरिने जनाइएको छ ।

Labels:

भेटवार्ता भयो


जापानका प्रधानमन्त्री सिन जो आवे र अमेरिकी राष्ट्रपति पदमा निर्वाचित डोनाल्ड ट्रम्पबीच भेट वार्ता भएको छ ।
न्युयोकको ट्रम्प टावरमा सौहार्दपूर्ण बातावरणमा ९० मिनेट भेटवार्ता भएको प्रधानमन्त्री अवेले बताएका छन् ।
साथै भेटवार्ताले विश्वासको सम्वन्ध विस्तार गरेको अवेको भनाई रहेको छ ।
राष्ट्रपति पदका निर्वाचित भएपछि  ट्रम्पले पहिलो पटक विदेशी राष्ट्रप्रमुखसँग प्रत्यक्ष भेटवार्ता गरेका हुन् । जापानका प्रधानमन्त्रीले भेटवार्ताका विषयमा केही जानकारी दिदै दुई नेताबीच पुनः व्यापक विषयमा गहिरो सम्बाद गर्ने सहमति भएको जनाएका छन् ।
दोस्रो विश्वयुद्धपछि अमेरिका र जापान एक अर्काका प्रमुख सहयोगी मुलुकमा रुपमा रहदै आएका छन् ।
दोस्रो विश्वयुद्धयता जापानको आर्थिक अवस्था पुनः उकास्नका लागि अमेरिकाले सहयोग गर्दै आएको छ ।

कृषकहरु भन्छन्


कृषकका सङ्घसङ्गठनका अगुवा तथा सरोकार भएकाहरुले तरकारीमा बिचौलियाका कारण किसान र उपभोक्ता दुवै मर्कामा परेको बताएका छन् ।
राष्ट्रिय कृषि सञ्जालले आज ललितपुरमा गरेको कार्यक्रममा सहभागीहरुले  बिचौलिया नियन्त्रण नगर्दासम्म किसानले बेच्ने र उपभोक्ताले किन्ने मूल्यका बीचमा भएको अन्तर कम गर्न नसकिने बताए ।
नेपाल कृषि सङ्घका सभापति भानु सिग्देलले किसानले २० मा बेचेको तरकारी उपभोक्ताले १०० मा किन्नुपरेको जानकारी दिनुभयो ।
राष्ट्रिय किसान सञ्जाल (क्रान्तिकारी)का सचिव नयन्द्र खड्काले पुँजीवादले त यसलाई सकारात्मक रुपमा हेर्ला तर समाजवादका अनुसार यो तल्लो वर्गमाथिको अन्याय हो भन्नुभयो ।
कृषि विकास मन्त्रालयका सहसचिव लेखनाथ आचार्यले तरकारी आयात कम मात्रै रहेको बताउनुभयो ।
राष्ट्रिय किसान महासङ्घका महासचिव सीमा रिजालले तरकारीको न्यूनतम बिक्री मूल्य तोक्दा मात्रै किसानलाई सहज हुने बताउनुभयो ।

शिक्षा मन्त्री पौडेल


त्रिभूवन विश्व विद्यालय र कृषि तथा बन विज्ञान विश्व विद्यालयको विवाद चाँडै अन्त्य हुने विश्वास गरिएको छ ।
त्यसकालागि सरकारले गृहकार्य गरिरहेको शिक्षामन्त्री धनीराम पौडेलले जानकारी दिनुभयो । प्रेस सेन्टर चितवनले गरेको पत्रकार सम्मेलनमा मन्त्री पौडेलले विवाद सामाधानका लागि कृषि तथा वन विज्ञान विश्वविद्यालय ऐन संशोधनको तयारी अघि बढेको बताउनुभयो ।
कार्यदल बनाएर प्रतिवेदन तयार गर्ने काम भइरहेको भन्दै मन्त्री पौडेलले कार्यदलको प्रतिवेदनका आधारमा ऐन संशोधन गरिने जानकारी दिनुभयो ।
राजनीतिक दलहरुको प्रतिबद्धता र प्रयत्नका कारण विश्वविद्यालय स्थापना गरिएकाले अहिलेको विवाद समाधानका लागि पनि दलहरुको प्रतिबद्धता आवश्यक रहेको मन्त्री पौडेलको भनाई छ  ।

नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ– उपप्रधानमन्त्री महरा


सरकारले नेपाल एक चीन नीति प्रति पूर्ण प्रतिबद्ध रहेको आज  फेरि दोहोर्याएको छ । चीनिय राजदूत यू होङले आज उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरासँग भेट गर्दा नेपाली भूमिबाट चीन विरोधी कुनै पनि गतिविधि हुन नदिने महराले बताउनुभएको हो ।
असल छिमेकी र मित्रको हिसाबले पनि नेपालले चीनको चासो र अपेक्षालाई सम्बोधन गर्ने बताउँदै नेपालको विकासका लागि चीन सरकारबाट उपलब्ध भएको सहयोगको उपप्रधानमन्त्री महराले प्रशंसा गर्नुभयो ।
नेपालको विकास र समृद्धिका लागि आगामी दिनमा पनि चीनबाट थप सहयोग उपलब्ध हुने विश्वास व्यक्त गरेको उपप्रधानमन्त्री महराका प्रेस संयोजक त्रिभुवन पौडेलले जानकारी दिनुभयो ।
चीन सरकारबाट अगाडि बढाइएका नेपालका विकास आयोजना र दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा थप सुदृढ हुने उपप्रधानमन्त्री महराले बताउनुभयो । चीनिया राजदूत होङले नेपालको विकास र समृद्धिमा चीन सरकारको तर्फबाट उपलब्ध भइरहेको सहयोग निरन्तर रहने तथा दुई देशबीचको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

स्वास्थ्य मन्त्रालयको अनुगमन


स्वास्थ्य मन्त्रालयका दुई ओटा टोलीले काठमाडौ उपत्यकामा आज ३२ ओटा निजि स्वास्थ्य संस्थाहरुमा अनुगमन गरेका छन् ।
अनुगमन गरिएका मध्ये काठमाडौका पाँच ओटामा र ललितपुरका दुई ओटामा गरी सात ओटामा तालाबन्दी गरिएको अनुगमन टोलीहरुले जनाएका छन् । काठमाडौमा २० ओटा र ललितपुरमा १२ ओटामा अनुगमन गरिएको हो ।
काठमाडौको कालीमाटी देखि कलंकी सम्मको बाटोको छेउमा रहेका क्लिनीकहरु मध्ये सुभारम्भ डेण्टल क्लिनीक, हक मेडिकल हल, स्पार्क पोली क्लिनीक, कालीमाटी डेण्टल क्लिनीक, सिटी भ्याली डेण्टल क्लिनीकमा तालाबन्दी गरिएको छ ।
क्लिनीक संचालनका लागि आधारभुत मापदण्ड समेत पुरा नगरी संचालन गरिएको पाइएकाले बन्दी गराइएको र वाँकी प्रक्रियाका लागि जिल्ला जनस्वास्थ्य कार्यालयमा सम्पर्क गर्न निर्देशन दिइएको अनुगमन टोलीका संयोजक तथा व्यवस्थापन महाशाखाका उपस्वास्थ्य प्रशासक डा रामराज पन्थीले जानकारी दिनुभयो ।
उहाँले राजभण्डारी डेण्टल क्लिनीक अनुगमन टोली आएको थाहा पाएपछि भागेकोले अर्कोदिन कारवाही गरिने बताउनु भयो ।
त्यस्तै अनुगमन तथा मुल्यांकन महाशाखाका उपसचिव भवनाथ खतिवडाको नेतृत्व टोलीले ग्वार्कोमा रहेको कंकाली मेडिकल हल र निरञ्जन डेण्टल क्लिनीक एण्ड ल्यावलाई बन्द गरिदिएको छ ।
टोलीले ग्लोवल हस्पीटल एण्ड एजुकेशन फाउण्डेसनले गत साउन देखि नविकरण नगरेकाले नविकरणका लागि अल्टीमेटम दिइएको उपसचिव खतिवडाले जानकारी दिनुभयो ।
मन्त्रालयलाई संवन्धीत जिल्ला जनस्वास्थ्य कार्यालयहरुबाट प्राप्त विवरणहरुका अनुसार  काठमाडौमा ४१५ ओटा, ललितपुरमा १७१ ओटा र भक्तपुरमा २१ ओटा अस्पताल, क्लिनीक र पोलिक्लिनीक दर्ता भएका छन् ।
   

कम्पनी ऐन संशोधन विधेयक प्रस्तुत


व्यवस्थापिका–संसद्को आजको बैठकमा कम्पनी ऐन (पहिलो संशोधन) विधेयक, २०७३ प्रस्तुत भएको छ ।
उद्योगमन्त्री नवीन्द्रराज जोशीले उक्त विधेयक प्रस्तुत गर्दै जनताले घरमै बसेर बिद्युतीय माध्यमबाट पनि उद्योग दर्ता गर्न मिल्ने तथा विदेशी लगानीलाई आकर्षित गर्ने प्रावधान विधेयकमा भएको जानकारी दिनुभयो ।
उहाँले विकसित मुलुकको उदाहरण हेर्दा आर्थिक समृद्धिका लागि विदेशी लगानी आवश्यक रहेको बताउँदै उहाँले विदेशी लगानीको माध्यमबाट स्वदेशमा रोजगारी बढ्ने अपेक्षा गर्नुभयो ।
विधेयक प्रस्तुत गर्ने प्रस्तावको विरोध गर्दै नेपाल मजदुर किसान पार्टीका अनुराधा थापा मगरले सो ऐनले विदेशी प्रभुत्व बढ्ने र सरकारको जिम्मेवारी कम हुँदै जाने बताउनुभयो । उहाँको सो विरोधको सूचना बैठकले अस्वीकृत गरेको थियो ।

राष्ट्रिय महिला आयोग विधेयक प्रस्तुत


यस्तै आजको बैठकमा राष्ट्रिय महिला आयोग विधेयक, २०७३ प्रस्तुत भएको छ ।
आयोगका पदाधिकारी नियुक्तिको योग्यता सम्बन्धी प्रस्तावमा असहमति राख्दै सांसद प्रेम सुवालसहित तीन जनाले बिरोधको सूचना गर्नु भएकोमा बैठकले सो सूचना अस्वीकृत गरेको थियो ।
बिरोधको सूचनामाथिको छलफलमा जवाफ दिँदै प्रधानमन्त्री एवम् महिला बालबालिका तथा समाजकल्याण मन्त्रीका तर्फबाट कानुनमन्त्री अजयशङ्कर नायकले महिलाको आत्मसम्मानको रक्षाका लागि संवैधानिक आयोगका रुपमा रुपान्तरण गर्न नयाँ विधेयक आवश्यक रहेको भन्दै उक्त विधेयकलाई परिपक्व तथा समृद्ध बनाउन सांसदले पछि पनि छलफल गर्न सक्ने भन्दै विधेयकको प्रक्रिया अघि बढाउन आग्रह गर्नुभयो ।

सांसद् लामाको निलम्बन फकुवा


नेकपा माओवादी केन्द्रका सांसद डा. ल्यारक्याल लामाको निलम्बन फुकुवा भएको छ । विशेष अदालतबाट सफाई पाएपछि उहाँलाई संसदले पनि निलम्बन फुकुवा गरेको हो ।
सभामुख ओनसरी घर्तीले गत कात्तिक ३० गते अदालतको फैसलाबाट लामाले सफाइ पाउनुभएकाले उहाँको सांसद पदको निलम्बन फुकुवा भएको जानकारी दिनुभयो । बैङ्कको लकरमा अवैध हतियार भेटिएको भन्दै लामामाथि विशेष अदालतमा मुद्दा दायर भएको थियो । 

संविधान संशोधन र निर्वाचनबारे संसद्को ध्यानाकर्षण


सांसदहरुले स्थानीय निकायको निर्वाचन मिति तोक्न, संविधान संशोधन विधेयक ल्याउन र पुनःनिर्माणका कामलाई गति दिन माग गरेका छन् ।
आजको संसद वैठकको विशेष समयमा बोल्दै नेकपा (माओवादी केन्द्र) का गिरिराजमणि पोखरेलले सरकार सुस्त गतिमा चलेको आरोप लगाउनुभयो । उहाँले संविधान कार्यान्वयनका लागि सहमतिमा संविधान संशोधन विधेयक सदनमा प्रस्तुत गर्न माग गर्नुभयो ।
नेपाली काँग्रेसका दीपक खड्काले पुरानो संरचनाअनुसार नै स्थानीय निकायको निर्वाचन मिति समयमा तोक्नु सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
नेकपा (एमाले) का गङ्गालाल तुलाधारले सांसद् विकास कोषअन्तर्गत पाँच लाख विनियोजन गरेर विपद् जोखिम न्यूनीकरणको शिक्षा दिने कार्यक्रम सञ्चालन गर्न आग्रह गर्नुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका रेशमबहादुर लामाले १७ हजार जनतासँग साटेर ल्याएको गणतन्त्रमा सुशासन नभएको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।
मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) का डा सुवोधकुमार पोखरेलले वन संरक्षणमा ध्यान दिन सरकारलाई आग्रह गर्नुभयो ।
तराई– मधेस लोतान्त्रिक पार्टीका नरसिंह चौधरीले सरकारले जनताका लागि ल्याइएका राहतमूलक कार्यक्रमलाई निरन्तरता दिन जोड दिनुभयो ।
यस्तै शून्य समयमा सांसदले सडक निर्माण, भूकम्पपछिको पुनःनिर्माण, काठमाडाँै उपत्यकाको ट्राफिक व्यवस्थापन, जनस्वास्थ्यका विषयमा सदनको ध्यानाकर्षण गराएका थिए । 

विधान कार्यान्वयनमा सबै गम्भीर हुनुपर्छ ः गौतम


नेकपा एमालेका उपाध्यक्ष बामदेब गौतमले अहिले सिंमाकन हेरफेर गर्न नसकिने बताउनुभएको छ ।
सरकारले सिमांकन हेरफेर सहितको संविधान संसोधन प्रस्ताव तयार पार्न लागेको बताइरहेका बेला प्रमुख प्रतिपक्षी दलका नेता समेत रहनु भएका उपाध्क्ष गौतमले संविधान जारी गर्दा तय भएका सात प्रदेशको सिमाना हेरफेर कुनैपनि हालतमा नहुने बताउनुभयो । सिमांकन हेरफेर सहितको संविधान संशोधन प्रस्ताव पेश भए एमालेलाई मान्य नहुँने बताउनु भएका गौतमले हिमाल पहाडलाई तराईबाट अलग््याएर नेपाल बन्नै नसक्ने जिकीर पनि गर्नुभयो ।
नेकपा–एमाले प्यूठानले आज स्वर्गद्वारीखालमा गरेको कार्यकर्ता प्रशिक्षण तथा गाउँ जागरण अभियान कार्यक्रममा उहाँले संविधान कार्यान्वयनका लागि तोकिएकै समयमा निर्वाचन हुनुपर्ने बताउँदै उहाँले २०७४ माघसम्ममा निर्वाचन नभए मुलुक गम्भीर संवैधानिक सङ्कटमा पर्न सक्ने चेतावनी पनि दिनुभयो ।

वर्षमान पुन


सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले तीन चार दिनमै संविधान संशोधनको प्रस्ताव सदनमा पेश हुने जानकारी दिनुभएको छ । 
प्रधानमन्त्री पुष्पकमल दाहालका विश्वास पात्र मानिने पुनले काठमाडौमा भएको एक साक्षत्कारमा प्रमुख तीन दलबीच सहमतिकै आधारमा संविधान संशोधन प्रस्ताव पेश गर्ने वातावरण बनेको खुलासा पनि गर्नुभयो । 
उहाँले ७ गते भित्रै संविधान संशोधनको प्रस्ताव सदनमा पेश गर्नेगरि तयारी भइरहेको जानकारी दिनुभयो ।
प्रधानमन्त्रीले निरन्तर छलफल तथा सम्वाद जारी राख्नुभएको भन्दै नेता पुनले ठूला तीन दलहरुवीच सहमतिका साथ अघि बढ्ने वातावरण बनेको दावी गर्नुभयो । संविधान संशोधन लागि प्रधानमन्त्रीको नेतृत्वमा वर्तमान सरकारले अन्य सरोकारवाला पक्षहरुसँगपनि सम्वाद जारी राखेको वताउनुभयो । 
नेता पुनले प्रदेशको सिमांकन, भाषा, नागरिकता, राष्ट्रिय सभामा प्रतिनिधित्व लगायतका विषयमा संविधान संशोधनको तयारी भैरहेको उल्लेख गर्दै संशोधनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि समर्थन गर्ने संकेत दिएको  उल्लेख गर्नुभयो ।

Labels: