व्यवस्थापिका संसद
व्यवस्थापिका संसदको बैठक आज बस्ने भएको छ । संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ । आजको बैठकमा अख्तियार प्रमुख लोकमान सिंह कार्की विरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावमाथिको छलफल जारी रहने छ ।
मंसिर १ गतेका लागि बोलाइएको बैठक नेकपा माओवादी केन्द्रका सांसद भक्तिप्रसाद पाण्डेको निधनमा शोक प्रस्ताव पारितसंगै आज सम्मका लागि स्थगित भएको थियो । आजको बैठकमा महाअभियोगमा बोल्न बाँकी सदस्यले आफ्नो भनाई राख्ने छन् । अभियोग प्रस्तावमा बोल्ने सांसदहरुको संख्या धेरै भएपछि छलफल लम्बिएको संसद सचिवालयका सहप्रवक्ता सुर्दशन कुइकेललले जानकारी दिनुभयो ।
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home