Friday, 18 November 2016

कृषकहरु भन्छन्


कृषकका सङ्घसङ्गठनका अगुवा तथा सरोकार भएकाहरुले तरकारीमा बिचौलियाका कारण किसान र उपभोक्ता दुवै मर्कामा परेको बताएका छन् ।
राष्ट्रिय कृषि सञ्जालले आज ललितपुरमा गरेको कार्यक्रममा सहभागीहरुले  बिचौलिया नियन्त्रण नगर्दासम्म किसानले बेच्ने र उपभोक्ताले किन्ने मूल्यका बीचमा भएको अन्तर कम गर्न नसकिने बताए ।
नेपाल कृषि सङ्घका सभापति भानु सिग्देलले किसानले २० मा बेचेको तरकारी उपभोक्ताले १०० मा किन्नुपरेको जानकारी दिनुभयो ।
राष्ट्रिय किसान सञ्जाल (क्रान्तिकारी)का सचिव नयन्द्र खड्काले पुँजीवादले त यसलाई सकारात्मक रुपमा हेर्ला तर समाजवादका अनुसार यो तल्लो वर्गमाथिको अन्याय हो भन्नुभयो ।
कृषि विकास मन्त्रालयका सहसचिव लेखनाथ आचार्यले तरकारी आयात कम मात्रै रहेको बताउनुभयो ।
राष्ट्रिय किसान महासङ्घका महासचिव सीमा रिजालले तरकारीको न्यूनतम बिक्री मूल्य तोक्दा मात्रै किसानलाई सहज हुने बताउनुभयो ।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home