शान्ति सम्झौताका दश वर्ष
दश वर्ष लामो आन्तरिक सशस्त्र द्वन्द्वको अन्त्यका लागि तत्कालीन नेकपा माओवादी र सरकारबीच विस्तृत शान्ति सम्झौताको आज दश वर्ष पूरा भएको छ । बिस्तृत शान्ति सम्झौता दश वर्ष भन्दा लामो नेपाली गृहयुद्धलाई अन्त्य गरेको घोषणा गर्दै नेपाल सरकार र ने.क.पा. (माओबादी) ले बि.स. २०६३ मंसीर ५ गते हस्ताक्षर गरेको सम्झौता पत्र हो ।
तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला र माओबादी अध्यक्ष पुष्प कमल दाहालले उक्त सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको थियो । यस सम्झौताले ने.क.पा. (माओवादी) लाई शान्तिपूर्ण राजनीतिमा आउन र सरकारमा सहभागि हुन बाटो खुलेको थियो । तत्कालिन माओवादीले विस्तृत शान्ति सम्झौतासँगै हतियार बिसाएर शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेको थियो ।
तर विस्तृत शान्ति सम्झौताको परिकल्पना र चाहनाअनुसार शान्ति प्रक्रियाका मूलभूत काममा खासै प्रगति भएको छैन । संविधान निर्माण प्रक्रियाको जञ्जालमा जेलिएको शान्ति प्रक्रियाले संविधान निर्माणपछि पनि तीव्रता पाउन सकेको छैन् ।
द्वन्द्वको दश वर्ष पूरा भए पनि राज्यसँग अहिले पनि मृतक, बेपत्ता र पीडितको आधिकारिक तथ्याङ्कसमेत छैन। बेपत्ता खोजबिन आयोगमा दुई हजार ९ सय ४२ व्यक्ति खोजीका लागि निवेदन परेका छन् ।
शान्ति मन्त्रालयको तथ्याङ्कअनुसार भने एक हजार ५ सय ३० मात्र व्यक्ति बेपत्ता छन् । यस्तै, द्वन्द्वकालीन विभिन्न घटनाको छानबिनका लागि सत्य निरूपण तथा मेलमिलाप आयोगमा पनि ५७ हजार ७ सय ५३ उजुरी दर्ता भएका छन् ।
Labels: NEWS
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home