बौद्धनाथ चैत्यमा प्राण प्रतिष्ठा
बौद्धनाथ क्षेत्र विकास समितिले आज देखि ५ गतेसम्म बौद्धनाथ चैत्यमा विशेष पूजा गर्ने भएको छ । बौद्धनाथ चैत्यको जीर्णोद्धार सम्पन्न भएपछि प्राणप्रतिष्ठा तथा पाठलगायत अन्य पूजा गर्न लागिएको हो । बौद्ध दर्शनको महायान तथा बज्रयान सम्प्रदायका विशिष्ट धर्मगुरु तथा बौद्ध विद्वानका साथै सम्बन्धित धर्मावलम्बीको सहभागितामा कार्यक्रम गरिने बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष सम्पूर्णकुमार लामाले जानकारी दिनुभयो ।
गत वर्षको वैशाखमा आएको भूकम्पका कारण क्षति पुगेको बौद्धनाथ चैत्य विभिन्न दातृ सङ्घसंस्थाबाट स्रोत सङ्कलन केही भाग जीर्णोद्धार तथा केहीमा पुनःनिर्माणसमेत गरिएको छ ।
यसैबिच विश्व सम्पदा सूचीमा सूचीकृत चैत्यको यही मङ्सिर ७ गते प्रधानमन्त्रीबाट उद्घाटन गर्ने कार्यक्रम समेत तय भएको छ । उद्घाटन कार्यक्रमका लागि श्रीलङ्का, म्यान्मा, थाइल्यान्डलगायत मुलुकका राजदूत तथा कूटनीतिक व्यक्तित्वलाई आमन्त्रणसमेत गरिएको समितिका अध्यक्ष लामाले बताउनुभयो ।
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home