संविधान संशोधन र निर्वाचनबारे संसद्को ध्यानाकर्षण
सांसदहरुले स्थानीय निकायको निर्वाचन मिति तोक्न, संविधान संशोधन विधेयक ल्याउन र पुनःनिर्माणका कामलाई गति दिन माग गरेका छन् ।
आजको संसद वैठकको विशेष समयमा बोल्दै नेकपा (माओवादी केन्द्र) का गिरिराजमणि पोखरेलले सरकार सुस्त गतिमा चलेको आरोप लगाउनुभयो । उहाँले संविधान कार्यान्वयनका लागि सहमतिमा संविधान संशोधन विधेयक सदनमा प्रस्तुत गर्न माग गर्नुभयो ।
नेपाली काँग्रेसका दीपक खड्काले पुरानो संरचनाअनुसार नै स्थानीय निकायको निर्वाचन मिति समयमा तोक्नु सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
नेकपा (एमाले) का गङ्गालाल तुलाधारले सांसद् विकास कोषअन्तर्गत पाँच लाख विनियोजन गरेर विपद् जोखिम न्यूनीकरणको शिक्षा दिने कार्यक्रम सञ्चालन गर्न आग्रह गर्नुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका रेशमबहादुर लामाले १७ हजार जनतासँग साटेर ल्याएको गणतन्त्रमा सुशासन नभएको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।
मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) का डा सुवोधकुमार पोखरेलले वन संरक्षणमा ध्यान दिन सरकारलाई आग्रह गर्नुभयो ।
तराई– मधेस लोतान्त्रिक पार्टीका नरसिंह चौधरीले सरकारले जनताका लागि ल्याइएका राहतमूलक कार्यक्रमलाई निरन्तरता दिन जोड दिनुभयो ।
यस्तै शून्य समयमा सांसदले सडक निर्माण, भूकम्पपछिको पुनःनिर्माण, काठमाडाँै उपत्यकाको ट्राफिक व्यवस्थापन, जनस्वास्थ्यका विषयमा सदनको ध्यानाकर्षण गराएका थिए ।
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home