नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ– उपप्रधानमन्त्री महरा
सरकारले नेपाल एक चीन नीति प्रति पूर्ण प्रतिबद्ध रहेको आज फेरि दोहोर्याएको छ । चीनिय राजदूत यू होङले आज उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरासँग भेट गर्दा नेपाली भूमिबाट चीन विरोधी कुनै पनि गतिविधि हुन नदिने महराले बताउनुभएको हो ।
असल छिमेकी र मित्रको हिसाबले पनि नेपालले चीनको चासो र अपेक्षालाई सम्बोधन गर्ने बताउँदै नेपालको विकासका लागि चीन सरकारबाट उपलब्ध भएको सहयोगको उपप्रधानमन्त्री महराले प्रशंसा गर्नुभयो ।
नेपालको विकास र समृद्धिका लागि आगामी दिनमा पनि चीनबाट थप सहयोग उपलब्ध हुने विश्वास व्यक्त गरेको उपप्रधानमन्त्री महराका प्रेस संयोजक त्रिभुवन पौडेलले जानकारी दिनुभयो ।
चीन सरकारबाट अगाडि बढाइएका नेपालका विकास आयोजना र दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा थप सुदृढ हुने उपप्रधानमन्त्री महराले बताउनुभयो । चीनिया राजदूत होङले नेपालको विकास र समृद्धिमा चीन सरकारको तर्फबाट उपलब्ध भइरहेको सहयोग निरन्तर रहने तथा दुई देशबीचको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home