भारतको कानपुरमा रेल दुर्घटना, ३० जनाको मृत्यु
भारतको कानपुरमा रेल दुर्घटना हुँदा मृत्युहुनेको संख्या ९६ पुगेको छ । दुर्घटनामा परि १ सय ५० भन्दा धेरै घाइते भएका छन् ।
इन्दौरबाट पटना जाँदै गरेको रेल आज बिहान दुर्घटना भएको हो ।
लिकबाट रेलको १४ डिब्बा उछिट्टिएर दुर्घटना भएको हो । दुर्घटनास्थलमा उद्धारकर्मी परिचालन गरिएको छ । उद्धारकर्मीले रेलको डिब्बाबाट ९६ वटा शव निकालेका छन् ।
उद्धार कार्य जारी रहेको र केही घाइतेको अवस्था चिन्ताजनक रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । दुर्घटनाको मुख्य कारण भने पत्ता लागेको छैन् ।
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home