शिक्षा मन्त्री पौडेल
त्रिभूवन विश्व विद्यालय र कृषि तथा बन विज्ञान विश्व विद्यालयको विवाद चाँडै अन्त्य हुने विश्वास गरिएको छ ।
त्यसकालागि सरकारले गृहकार्य गरिरहेको शिक्षामन्त्री धनीराम पौडेलले जानकारी दिनुभयो । प्रेस सेन्टर चितवनले गरेको पत्रकार सम्मेलनमा मन्त्री पौडेलले विवाद सामाधानका लागि कृषि तथा वन विज्ञान विश्वविद्यालय ऐन संशोधनको तयारी अघि बढेको बताउनुभयो ।
कार्यदल बनाएर प्रतिवेदन तयार गर्ने काम भइरहेको भन्दै मन्त्री पौडेलले कार्यदलको प्रतिवेदनका आधारमा ऐन संशोधन गरिने जानकारी दिनुभयो ।
राजनीतिक दलहरुको प्रतिबद्धता र प्रयत्नका कारण विश्वविद्यालय स्थापना गरिएकाले अहिलेको विवाद समाधानका लागि पनि दलहरुको प्रतिबद्धता आवश्यक रहेको मन्त्री पौडेलको भनाई छ ।
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home