भेटवार्ता भयो
जापानका प्रधानमन्त्री सिन जो आवे र अमेरिकी राष्ट्रपति पदमा निर्वाचित डोनाल्ड ट्रम्पबीच भेट वार्ता भएको छ ।
न्युयोकको ट्रम्प टावरमा सौहार्दपूर्ण बातावरणमा ९० मिनेट भेटवार्ता भएको प्रधानमन्त्री अवेले बताएका छन् ।
साथै भेटवार्ताले विश्वासको सम्वन्ध विस्तार गरेको अवेको भनाई रहेको छ ।
राष्ट्रपति पदका निर्वाचित भएपछि ट्रम्पले पहिलो पटक विदेशी राष्ट्रप्रमुखसँग प्रत्यक्ष भेटवार्ता गरेका हुन् । जापानका प्रधानमन्त्रीले भेटवार्ताका विषयमा केही जानकारी दिदै दुई नेताबीच पुनः व्यापक विषयमा गहिरो सम्बाद गर्ने सहमति भएको जनाएका छन् ।
दोस्रो विश्वयुद्धपछि अमेरिका र जापान एक अर्काका प्रमुख सहयोगी मुलुकमा रुपमा रहदै आएका छन् ।
दोस्रो विश्वयुद्धयता जापानको आर्थिक अवस्था पुनः उकास्नका लागि अमेरिकाले सहयोग गर्दै आएको छ ।
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home