वर्षमान पुन
सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले तीन चार दिनमै संविधान संशोधनको प्रस्ताव सदनमा पेश हुने जानकारी दिनुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालका विश्वास पात्र मानिने पुनले काठमाडौमा भएको एक साक्षत्कारमा प्रमुख तीन दलबीच सहमतिकै आधारमा संविधान संशोधन प्रस्ताव पेश गर्ने वातावरण बनेको खुलासा पनि गर्नुभयो ।
उहाँले ७ गते भित्रै संविधान संशोधनको प्रस्ताव सदनमा पेश गर्नेगरि तयारी भइरहेको जानकारी दिनुभयो ।
प्रधानमन्त्रीले निरन्तर छलफल तथा सम्वाद जारी राख्नुभएको भन्दै नेता पुनले ठूला तीन दलहरुवीच सहमतिका साथ अघि बढ्ने वातावरण बनेको दावी गर्नुभयो । संविधान संशोधन लागि प्रधानमन्त्रीको नेतृत्वमा वर्तमान सरकारले अन्य सरोकारवाला पक्षहरुसँगपनि सम्वाद जारी राखेको वताउनुभयो ।
नेता पुनले प्रदेशको सिमांकन, भाषा, नागरिकता, राष्ट्रिय सभामा प्रतिनिधित्व लगायतका विषयमा संविधान संशोधनको तयारी भैरहेको उल्लेख गर्दै संशोधनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि समर्थन गर्ने संकेत दिएको उल्लेख गर्नुभयो ।
Labels: NEWS
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home