Friday, 24 May 2019

हतीयारधारी प्रहरी र डोजर लिएर गएपछी बिद्यार्थी त्रसीत

इटहरी । इटहरीका मेयर द्रारीकलाल चौधरीले विद्यालय परीसरमा हतियार धारी प्रहरी र डोजर लिएर गएपछी बालबालीकामा मनोबैज्ञानीक असर परेको छ ।
इटहरी उपमहानगरपालीका वडा नम्बर ९ मा रहेको डिभिएम स्कुललाई बिना सुचना स्कुल सञ्चालन भइ रहेको अवस्थामा उपमहानगरपालीकाका मेयर द्धारिकलाल चौधरीको नेतृत्वमा बिद्यालय भतकाउन पुगेको बिषयलाई लिएर बिद्यार्थीमा मानसिक असर परेको बिद्यार्थीहरुले बताएका छन् ।

शान्ति क्षेत्र बिद्यालयमा स्थानिय सरकारका जिम्मेवार व्यक्ति आफै अशान्ति वातावरण निमार्ण गर्न थाले पछि बिद्यालयमा अभिभावकहरुले बिद्यार्थी पठाउन असहज भएको भन्दै चिन्ता व्यक्त गरेका छन् । व्यक्तिगत स्वार्थको लागी बिद्यालयलाई दुख दिन खोजेको भन्दै अभिभावकहरुले बिद्यार्थीहरु बिद्यालयमा पढने वातावरण नभएको बताए ।
एैलानि जग्गामा बिद्यालय निमार्ण भएको भन्दै पटकपटक इटहरीका प्रमुख चौधरीले बिद्यालयलाई दुख दिने गरेका छन् । नया शैक्षिक सत्र सुरु भएसंगै चौधरीले बिद्यालय भत्काउने भन्दै बिद्यालय संचालकहरुलाई बताउदै आएका थिए । बिद्यालय जस्तो क्षेत्रमा स–सना बालबालीकाहरु अध्ययन गर्ने ठाउमा त्रास फैल्याउने काम गर्नु निन्दनिय भएको स्थानियहरुले बताए छन् । कुनै युद्ध भुमिको झल्को दिने गरि हातहतियार सहित प्रहरी र डोजर लिएर बिद्यालयमा प्रवेस गरेर बिद्यार्थीहरुको मानशिक्तामा त्रास फैल्याउने काम नगरका प्रमुखले गर्नु खेद जनक भएको भन्दै बिद्यालयले बिज्ञप्ती समेत सार्वजनिक गरेको छ ।
इटहरी उपमहानगरपालीकाले स्कुललाई चार वटा बिकल्प प्रस्तुत गरेकोमा बिद्यालयको तर्फबाट थप दुई दिनको समय माग भएको थियो । बिद्यालय व्यवस्थापन पक्ष र नगरपालीका बिच भएको छलफल पश्च्यात कुनै एउटा बिषयमा सहमति नजिक पुगेको पनि थियो । तर सहमतिलाई बेवास्ता गर्दै मेयर चौधरीले सन्किको भरमा बिद्यालय सञ्चालन भई रहेको अवस्थामा एकल निर्णय गर्दै बिद्यालय भत्काउन प्रहरी र नगर प्रहरी लिएर पुगेका थिए । इटहरीका प्रमुख द्धारिकलाल चौधरी मेयरमा बिजयी भएसंगै इटहरीको सार्वजनिक जग्गा खोज्ने अभियान सञ्चालन गरेका थिए । मेयरको यो घोषणा संगै नगरवासिले स्वागत योग्य निर्णय भएको पनि बताएका तर मेयरले अन्य स्थानमा भएको सार्वजनिक जग्गाको बिषयमा केहि नबोल्ने तर सुनियजित ढंगबाट डिभिएमलाई मात्र दुख दिन खोजेको बिद्यालयले आरोप लगाएको छ ।

Labels: , ,

Tuesday, 27 March 2018

रुस विरुद्ध 'ऐक्यबद्धताको असाधारण प्रदर्शन'

वाशिंगटनस्थित रुसी दूतावास
अमेरिका तथा यूरोपेली मुलुकहरुपछि अष्ट्रेलियाले पनि रुसी कूटनीतिज्ञलाई निष्काशन गरेको बताएको घटनालाई बीबीसीका कूटनीतिक संवाददाता जनाथन मार्कसले ऐक्यबद्धताको असाधारण प्रदर्शन भनेका छन्।
मस्कोले क्राइमियालाई अधिग्रहण गरेयता रुस तथा पश्चिमा देशहरुबीच भएको सबैभन्दा गम्भीर कूटनीतिक संकट यो घटनाक्रमसँग विकास भइरहेको उनको विश्लेषण छ।

कूटनीतिक जित?

रुसी पक्षले अस्वीकार गरेपनि ब्रिटेनका साझेदारहरुले स्पष्ट रुपमा यो धारणालाई स्वीकार गरिसकेका छन् कि सोल्जबरीमा भएको हमलामा सैन्य-प्रयोजन स्तरको पदार्थ प्रयोग गरिएको कार्यमा रुसी राज्यकै संलग्नता रहेको धेरै सम्भावना छ।
संयुक्त राज्य अमेरिका तथा ईयू राष्ट्रहरुले रुसी कूटनीतिज्ञहरुलाई निष्का गर्न संयुक्त रुपमा आदेश दिनु ऐक्यबद्धताको एउटा असाधारण प्रदर्शन हो।
ईयूबाट ब्रिटेन औपचारिक रुपमा बाहिरिने - ब्रेक्जिटसम्बन्धी छलफलका कारण ब्रिटेन-ईयूबीचको सम्बन्धमा तनावहरु कायमै भए पनि ईयू देशहरुबाट यस्तो निर्णय लिइनु उल्लेखनीय रहेको मार्कसको विश्लेषण छ।
प्रधानमन्त्री टर्नबुल
यूरोपेली आयोगका प्रमुख डोनल्ड टुस्कको 'थप यस्ता कारबाही अझै गरिन सकिने' भन्ने टिप्पणी गरेका छन्।
प्रधानमन्त्री टरिजा मे का लागि यो एउटा महत्तवपूर्ण कूटनीतिक जित हो।
रासायनिक हमलाको विषयमा ब्रिटेनले उसका साझेदारहरुबाट मौखिक रुपमा बलियो समर्थन पाएपछि यो संगठित कारबाही पनि भएको छ।
साथै मस्कोप्रति ट्रम्प प्रशासनले कडा रबैया अपनाएको समेत देखिएको छ।

Labels: ,

Monday, 26 February 2018

रेशम चौधरीलाई पुर्पक्षको लागि थुनामा राख्न आदेश

कैलाली — फरार भनिएका कैलाली क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित रेशम चौधरीलाई कैलाली जिल्ला अदालतले पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको छ ।उनको १६ गते पेशी तोकेको छ । 
चौधरीले सोमबार अदालत सामू आत्मसमर्पण गरेका थिए । उनीमाथि कर्तव्य ज्यान, डाँका, चोरी, ज्यान मार्ने उद्योग गरेको आरोपमा ८ जनाले किटानी जाहेरी दिएका थिए ।

सोमबार जिल्ला अदालतमा बहस भएको थियो । बहसमा चौधरको तर्फबाट अधिवक्ता गंगाराम पाध्य, गजेन्द्र केसी र मिलन कुमार राईले बहस गरेका थिए । वादीको तर्फबाट सरकारी वकिल प्रकाश बहादुरर भण्डारी, भानदेव जोशी र नवीन भट्टले बहस गरकेा थिए । जाहेरवालाको तर्फबाट वरिष्ठ अधिवब्ता राजेन्द्र बहादुर साउदले बहस गरेका थिए ।

टीकापुरमा गत २०७२ साल भदौ ७ गते थरुहट आन्दोलनका क्रममा भएको हिंसात्मक घटना संलग्न रहेको भन्दै ५६ जना विरुद्ध मुद्दा परेको थियो । त्यो मध्ये २५ जना हाल पुर्पक्षका लागि जिल्ला कारागारमा थुनामा छन् ।

थरुहट आन्दोलनका क्रममा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित सात सुरक्षाकर्मी र एक बालकको ज्यान गएको थियो । सो घटनामा अभियुक्त चौधरीलाई दोषी देखाइएको छ । त्यस घटना यता उनी फरार अवस्थामा थिए ।

कैलाली १ बाट अत्याधिक मत ल्याएर प्रतिनिधिसभा सदस्य चयन भए पनि उनलाई निर्वाचन आयोगले विजय भएको प्रमाणपत्र दिएको थिएन । उनले प्रमाणपत्र पाउन सर्वोच्च अदालतमा रिट दायरको प्रयास समेत गरेका थिए ।

सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नहकुल सुवेदीले ‘वारेन्ट नोटिस’ जारी भएको व्यक्तिले वारेसबाट प्रमाणपत्र लिन पाउनुपर्ने भन्दै दर्ता हुन आएको मुद्दा सुनुवाइ गर्न नसकिने उल्लेख गर्दै दरपीठ गरेको आदेश दिएका थिए ।

चौधरीले फरार अवस्थामा वारेसनामार्फत उम्मेदवारी दिएर निर्वाचन जितेपछि रञ्जिता चौधरीलाई वारेस दिँदै प्रमाणपत्र लिन पठाएको र जिल्ला निर्वाचन कार्यालयले आफैँ उपस्थित हुनुपर्ने भन्दै प्रमाणपत्र दिन अस्वीकार गरेको थियो ।

Labels:

चिनौं चार नयाँ मन्त्री

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार रक्षा मन्त्रीमा एमाले महासचिव ईश्वर पोखरेल, अर्थमन्त्रीमा एमालेकै डा. युवराज खतिवडा, गृहमन्त्रीमा माओवादी केन्द्रका रामबहादुर थापा र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा माओवादीकै मातृका यादवलाई शपथ खुवाइन् ।
प्रधानमन्त्री ओलीले एमाले र माओवादी केन्द्रका दुई–दुई जना मन्त्री थप गरे। फागुन ३ गते प्रधानमन्त्रीसँगै लालबाबु पण्डित र थममाया थापाले शपथ लिएका थिए। विस्तारित मन्त्रिपरिषद् ७ सदस्यीय भएको छ।

एमालेमा अर्थ र माओवादी केन्द्रमा गृह मन्त्रालयको तानातान बढी भएपछि चार जनामात्रै मन्त्री थपिएका हुन्।नवनियुक्त मन्त्रीहरुमध्ये खतिवडामात्रै सरकारमा नयाँ अनुहार हुन्। माओवादी केन्द्रबाट मन्त्री भएका दुवै पार्टी विभाजनमा गएर फर्किएका हुन्।

राष्ट्रिय सभामा लगेर मन्त्री बनाउने तयारी भए पनि सर्वोच्चले खतिवडाको शपथ रोक्न आदेश दिइसकेको छ। तर, तत्काललाई मन्त्री बन्न कानुनले रोक्दैन। मन्त्री भएको ६ महिनाभित्र खतिवडा संघीय संसद (प्रतिनिधि वा राष्ट्रिय सभा)को सदस्य भइसक्नुपर्छ।

ईश्वर पोखरेल
ईश्वर पोखरेललाई तेस्रोपटक मन्त्री बन्ने अवसर जुरेको छ। पोखरेल प्रधानमन्त्री ओलीपछिको पहिलो वरीयतामा रहनेछन्। यसअघि उनी आपूर्ति र परराष्ट्रमन्त्री भएका थिए। बाबुराम भट्टराई सरकारमा उपप्रधानसहित परराष्ट्रमन्त्री भएका पोखरेल सरकारमा मात्रै दुई सातामात्रै रहे। एमाले महासचिवसमेत रहेका पोखरेल दुइटै संविधानसभामा काठमाडौं– ५ बाट पराजित भएका थिए। गत मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा भने उनी कांग्रेसका प्रकाशशरण महतलाई हराउँदै काठमाडौं– ५ बाटै निर्वाचित भएका हुन्। ०५१ सालमा मनमोहन अधिकारी सरकारमा राजनीतिक सल्लाहकार रहेका पोखरेल दुई कार्यकाल एमाले महासचिव निर्वाचित भएका थिए।

रामबहादुर थापा
बादल उपनामले चिनिने रामबहादुर थापा माओवादी केन्द्रका पुराना नेता हुन्। गुल्मीमा जन्मिएका थापा पछि चितवन सरेका थिए। २०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा चितवन– २ बाट निर्वाचित थापा तत्कालिन एमाओवादीका महासचिव थिए। पार्टी विभाजनमा मोहन वैद्यसँगै गएका थापा ०७२ चैतमा पुन: माओवादी फर्किएका हुन्। थापाको दोस्रो सत्तायात्रा हो। ०६५ सालमा तत्कालिन एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा रक्षामन्त्री भएका थापा ९ महिनामै सरकारबाट उत्रिएका थिए। उनी रक्षामन्त्री भएकै बेला तत्कालिन प्रधानसेनापति रुक्मांगत कटवाललाई हटाएपछि प्रधानमन्त्री दाहालले राजीनामा गरेका थिए। गृहमन्त्रीमा पार्टीका नेताहरु वर्षमान पुन, शक्ति बस्नेत, जनार्दन शर्माकोसमेत दाबी रहँदा थापाले बाजी मारे। प्रतिनिधिसभामा चितवनबाट टिकटको चाहना राखे पनि सम्भव नभएपछि थापालाई राष्ट्रिय सभामा उम्मेदवार बनाइएको थियो।

मातृका यादव
जनयुद्धदेखि नै माओवादी आन्दोलनमा सक्रिय मातृका यादव तेस्रोपटक मन्त्री भएका छन्। उनी यसअघि वन मन्त्री भएका थिए। वन मन्त्री छँदा एलडीओलाई शौचालयमा थुनेर उनी चर्चामा आएका थिए। सिरहाका यादव पहिलो संविधानसभामा समानुपातिक सांसद भएका थिए। नारायणकाजी श्रेष्ठसँग तत्कालिन नेकपा माओवादीको एकीकरण भएपछि असन्तुष्ट नेकपा माओवादीलाई पुनर्गठन गरेका यादव पार्टीको नाम फेर्दै ७ वर्षसम्म अलग्गै रहे। दुई वर्षअघि पुन: माओवादी केन्द्रमा फर्किएका यादव गएको प्रतिनिधिसभा निर्वाचनमा धनुषा– १ बाट निर्वाचित भएका थिए।

युवराज खतिवडा
नयाँ सरकारमा सर्वाधिक चर्चित पात्र हुन् युवराज खतिवडा। विगतदेखि नै ओलीका अवैतनिक आर्थिक सल्लाहकार खतिवडालाई अर्थ मन्त्री बनाउन राष्ट्रिय सभामा मनोनयन गरिएको थियो। सर्वोच्चको आदेशले उनको शपथ रोकिए पनि अर्थमन्त्री बनाउने ओलीको योजना रोकिएन। पार्टीभित्रका शक्तिशाली नेताहरु ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, सुरेन्द्र पाण्डे र विष्णु पौडेलको दाबीका बीच खतिवडा अर्थमन्त्री बने। प्रधानमन्त्रीको गृहजिल्ला निवासी खतिवडा यसअघि गर्भनर र दुई कार्यकाल राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भइसकेका छन्।

Labels: ,

कान्तिपुरसम्बन्धी आदेशमा ध्यानाकर्षण : पत्रकार महासंघ

काठमाडौँ — सर्वोच्च अदालतले कान्तिपुर दैनिकका सम्बन्धमा गरेको आदेशमा पत्रकार महासंघले ध्यानाकर्षण भएको भन्दै कुन सामाग्री प्रकाशन गर्ने भन्ने बिषय सञ्चार माध्यमको संविधान प्रदत्त अधिकार भएको उल्लेख गरेको छ ।
'सर्वोच्च अदालतले मिति २०७४ फागुन १३ गते कान्तिपुर दैनिक विरुद्ध चलिरहेको मानहानीको मुद्दामाथि दिएको आदेश र त्यस पछाडिका प्रतिक्रियाप्रति नेपाल पत्रकार महासंघको ध्यानकर्षण भएको छ' सोमबार महासंघका महासचिव रमेश विष्टले जारी गरेको बिज्ञप्तिमा भनिएको छ, 'सञ्चार माध्यममा कुन सामग्री प्रकाशन तथा प्रसारण गर्ने वा नगर्ने विषय उसको संविधान प्रदत्त अधिकार हो।'

बिज्ञप्तिमा नेपालको संविधान २०७२ ले पूर्ण प्रेस स्वतन्त्रता सुनिश्चित गरेबाट आम सञ्चारको हक र महत्व स्पष्ट हुन्छ भनिएको छ। साथै अदालतको आदेश र त्यसपछिको प्रतिक्रियाहरुलाई ध्यानमा राख्दै महासंघले आन्तरिक बैठक र सरोकारवालाहरुसँगको छलफलपछि थप धारणा सार्वजनिक गर्ने पनि उल्लेख गरेको छ।

आइतवार प्रधानन्यायाधीश गोपाल पराजुलीले कान्तिपुरमा उनका बारेमा प्रकाशित समाचारहरुले अदालतको मानहानि भएको भन्दै परेको रीटमा सुनुवाई गर्दै तीन दिनभित्र उपिस्थित भएर बयान दिन र प्रेस काउन्सिललाई आफ्नो विरुद्धका सामाग्रीहरु पुन: प्रकाशन हुनबाट रोक्न आदेश दिएको थियो।

कानुनविद्, सञ्चारविद् तथा राजनीतिक दलका नेताहरुले प्रधानन्यायाधीश पराजुलीले प्रेसमाथि सेन्सरसीप लगाउन खोजेको तथा आफु पक्ष भएको मुद्दामा आफैले सुनुवाई गरेकोमा विरोध गरेका छन्।

Labels:

डीएसपी पत्नी छोरासहित घर निकाला

नेपालगन्ज — काखमा तीन वर्षका छोरा । पतिबाट घर निकालिएपछि न्यायका लागि जताततै उजुरी । तर, राप्तीसोनारी गाउँपालिका –२ मदुवाकी २४ वर्षीया गीता वली बोहराले न्याय पाइनन् ।
उनका पति देवबहादुर बोहरा सशस्त्र प्रहरीका डिएसपी हुन् । गीताले आफूमाथि भइरहेको हिंसाबिरुद्व सशस्त्र प्रहरी मुख्यालय, नेपाल प्रहरीको महिला सेल, राष्ट्रिय मानव अधिकार आयोग, महिला आयोग, स्थानीय प्रशासन, महिला तथा बालवालिका कार्यालयलगायत दर्जन बढी सरकारी निकायमा उजुरी दिइन ।

‘मैले कुनै निकायबाट न्याय पाईन । यताबाट उता जानुस् भन्दै फर्काउछन्,’ अन्यायबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले भनिन्, ‘न्याय माग्दै सबै निकायमा पुगिसकें । अब म कहाँ जाऊ ।’

०७१ मा डिएसपी बोहरा विवाह गर्ने भन्दै घरमै माग्न गएका थिए । मन मिलेपछि त्यसै बर्ष साउनमा उनीहरुले भागी विहे गरे । त्यसअघि बोहराले जेठी पत्नीसित सम्बन्ध बिच्छेद गरेका थिए । जेठीबाट दुई छोरी छन् । विवाहको एक वर्षपछि अर्कै महिलासंग लागेर आफूलाई यातना दिन थालेको गीताको आरोप छ । ‘ती महिला घरमै आएर म डिएसपी बोहराको श्रीमती हुँ, तँ को होस् भनेर धम्काउँछिन् । त्यसबारे श्रीमान्संग सोध्दा कुटपिट गर्न थाल्नु भो,’ उनले भनिन्, ‘अहिले आएर सबै परिवार मिलेर घरबाटै निकाला गरिदिए । माइतीको शरणमा बसेकी छु ।’
आफूमाथि हिंसा भइरहेको जानकारी सशस्त्र प्रहरी मुख्यालमा दिएपछि डिएसपी बोहराको आधा तलव उनले पाउँदै आएकी छन् । मुख्यालयमा र विभिन्न निकायमा उजुरी दिएको भन्दै उनले थप शारीरिक तथा मानसिकरुपमा यातना दिन थालेको गुनासो गरिन् । ‘श्रीमान् प्रहरी अधिकृत भएकाले उहाँको इज्जतमा असर पर्ला भनेर सुरुमा हिंसा सहेरै बसें । तर उहाँ सुध्रिनु भएन । उल्टै ती महिलालाई घरमै पठाएर मार्छु, काट्छु भनेर धम्की दिन लगाउनु भो,’ उनले भनिन्, ‘आफ्नै श्रीमतीलाई बाहिरको महिला लगाएर धम्की दिनु भो । आफै घर आएर कुटपीट गर्नु भो ।’

घरबाट निकाला गर्दा उनले प्रतिकार गरिन् । उनको दाहिने हातको नाडी काटिएको छ । ‘तरवारले हान्न खोजे । प्रतिकार गर्दा काटियो,’ पत्रकार सम्मेलनमा उनको आँखा रसाए । बोहरा अहिले तेह्रथुमस्थित म्याङलुङ सशस्त्र प्रहरी गणका गणपति छन् । यसअघि उनी सिमा सुरक्षा बल नेपालगन्जमा कार्यरत थिए ।
उनले गीता पत्नी भएको स्वीकारे । तर, पछिल्लो समय विवाद गर्न थालेपछि सम्बन्ध बिच्छेद मुद्दा दर्ता गरेको बताए । ‘मैले उसलाई यातना दिएको र हिंसा गरेको छैन । सुडान गएका बेला केही पैसा तलमाथि गरेपछि विवाद भएको हो,’ उनले कान्तिपुरसित भने, ‘म बिरुद्व २५ ठाउँमा उजुरी दिएकी छन् । मेरो सम्पत्ती खान यो सब गरेको हो ।’ तर गीताले भने उनको दाबीलाई खण्डन गर्दै कुटपिट तथा ज्यान मार्ने धम्कीका कारण अन्तिम स्थितिमा पत्रकार सम्मेलन गरेको बताईन् । ‘घरमा गयो घरपरिवारले लत्ताकपडा बाहिर फाल्दिन्छन् । छोरालाई पनि कुट्छन्,’ उनले भनिन्,‘न्यायका लागि गुहार गर्दै माइतीमा बसेकी छु ।’


Labels:

Sunday, 25 February 2018

बेलायत आउने युरोपेली घटे

लन्डन — युरोपेली संघका सदस्य राष्ट्रबाट बेलयात आउने मानिसको संख्या घटेको छ । बेलायतको तथ्यांक संकलन गर्ने निकाय ‘अफिस फर नेसनल स्टाटिसटिक्स’ ले युरोपेली संघबाट बेलायत आउनेको संख्या वर्षको एक लाखभन्दा कममा झरेको जनाएको छ । यो गत ५ वर्षयताकै कम हो । 
तथ्यांक कार्यालयले सन् २०१६ सेप्टेम्बरदेखि २०१७ सेप्टेम्बरबीचमा केवल ९० हजार युरोपेलीमात्र बसोवास गर्ने उद्देश्यले बेलायत आएको उल्लेख गरेको छ । यस्तो संख्यालाई खुद आप्रवासन (नेट माइग्रेसन) पनि भनिन्छ । बेलायतले युरोपेली संघ (इयू) छाड्ने पक्षमा मतदान गरेपछि ईयूबाट बेलायत स्थायी बसोबासका लागि आउने मानिसको संख्या घटै गएको हो । बेलायत युरोपबाट अलग हुने (ब्रेक्जिट) प्रक्रिया अगाडि बढिरहँदा बेलायतमा रहेका पूर्वी युरोपेली नागरिकसमेत स्वदेश फर्कने चिन्ता व्यक्त भएको छ ।

व्यावसायिक समूहले घट्दो युरोपेली आप्रवासीका कारण दक्ष जनशक्ति अभाव बढ्ने चिन्ता व्यक्त गरेका छन् । युरोपेली नागरिकबाहेक अन्यत्र देशका कामदारलाई बेलायत आएर काम गर्न थप कडाइ गरिएकाले व्यवसायीमा चिन्ता छाएको हो । कन्फेडेरेसन अफ ब्रिटिस इन्डस्ट्रीले पनि बेलायतले आप्रवासीलाई आकर्षित गर्नुपर्नेमा त्यसो नभएको भन्दै चिन्ता व्यक्त गरेको छ ।

ब्रेक्जिट प्रक्रियामा अनिश्चितताले गर्दा बेलायती अर्थतन्त्रसमेत अपेक्षा गरिएभन्दा कम वृद्धि भएको तथ्यांक सार्वजनिक भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सन् २०१७ को कुल ग्राहस्थ उत्पादन वृद्धि १.७ प्रतिशतमा सीमित भएको जनाएको छ । यसअघि कुल ग्राहस्थ उत्पादनमा सन् २०१६ को तुलनामा सन् २०१७ मा केही कमी आई १.८ प्रतिशतमा रहने प्रक्षेपण गरिएको थियो ।

बेलायतको वार्षिक वृद्धिदर सन् २०१२ पछिको सबभन्दा कम विन्दूमा पुगेको थियो । तर, बेलायती अध्यागमन मन्त्री क्यारोलिन नोक्सले भने वार्षिक हजारौं आप्रवासी घटाउने सरकारको कदममा नयाँ तथ्यांक स्वागतयोग्य भएको बताएकी छन् । बेलायतमा अहिले करिब ३० लाख युरोपेली नागरिक बसोबास गरिरहेको अनुमान छ । बेलायत ईयूबाट आगामी मार्च २०१९ बाट औपचारिक रुपमा बाहिरिने छ ।

प्रधानमन्त्री टेरेजा मेले गत बुधबार सन् २०१९ मा औपचारिक रूपमा ईयूबाट अलग्गिएपछि बेलायत बस्ने सबै युरोपेली नागरिकको दर्ता प्रणाली विकास गरिने प्रतिज्ञा गरेकी थिइन् । पढ्न आउने अन्तर्राष्ट्रिय विद्यार्थीलाई समेत अध्यागमन नियममा कडाइ गरिएपछि बेलायतको शैक्षिक गन्तव्यको आकर्षण घटन थालेको छ । हायर एजुकेसन पोलिसी इन्सटिच्युट र कप्लान इन्टरनेसनल पाथवेजले गरेको एउटा अनुसन्धानअनुसार अन्तर्राष्ट्रिय विद्यार्थीले बेलायतको अर्थतन्त्रमा वार्षिक २० बिलियन पाउन्डभन्दा बढी योगदान गरेको उल्लेख छ ।

बेलायतले सन् २०१७ मा करिब १५ हजार शरणार्थी लिएको थियो, जसमा ४० प्रतिशत बालबालिका थिए । २० हजार सिरियाली शरणार्थी लिने योजनाअनुरूप १० हजार ५ सय बेलायत आइसकेको ‘अफिस फर नेसनल स्टाटिसटिक्स’ले जनाएको छ ।

Labels: ,

कांग्रेस बैठकमा देउवा र सिंहबीच चर्काचर्की

काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवा संसदीय दलको नेताका लागि अग्रसर भएपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष आक्रोशित भएको छ । पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा शनिबार बसेको बैठकमा संसदीय दलको नेताका अर्का आकांक्षी पूर्वमहामन्त्री प्रकाशमान सिंह र देउवाबीच चर्काचर्की नै पर्‍यो । 
देउवाले आफैं दलको नेता बन्न तयारी सुरु गरे पनि संस्थापन पक्षकै कतिपय नेता यसमा असन्तुष्ट छन् । तर उनीहरू देउवाका सामुन्ने बोल्न सकेका छैनन् । संसदीय दलमा आफ्नो पक्षमा बहुमत देखिएपछि उनी आफैं अग्रसर भएका हुन् ।

प्रतिनिधिसभा र राष्ट्रिय सभा सांसदको संयुक्त बैठकमा पौडेलले पार्टी पराजित भएका बेला सभापतिले नै दलको नेतामा दाबी गर्न परम्परागत अभ्यास र नैतिक रूपले समेत नमिल्ने भन्दै आपत्ति जनाए ।

२०५१ र ०६४ मा गिरिजाप्रसाद कोइरालाले पार्टी पराजित भएका बेला अघि नसरेको ‘नजिर’ प्रस्तुत गर्दै उनले देउवालाई प्रतिस्पर्धा नगर्न आग्रह गरे । ‘०५१ मा पार्टी पराजित हुँदा हामी (देउवा र पौडेल) नै गएर गिरिजाबाबुलाई पार्टी पराजय भएका बेला दलको नेता तपाईं बन्न हुन्न भनेर भनेका थियौं, अहिले पनि पार्टीले चुनाव हारिसकेपछि पार्टी सभापति नै फेरि दलको नेतामा प्रतिस्पर्धा गर्ने ?’ पौडेलले भने, ‘यो परम्परागत अभ्यास र नैतिक रूपले समेत नमिल्ने कुरा हो । पार्टी हितका लागि पनि सभापतिले प्रतिस्पर्धा गर्न हुन्न ।’

०५१ मा गिरिजाप्रसादले दलको नेता छाडेपछि देउवालाई संसदीय दलको नेता बन्ने बाटो मात्रै खुलेन, ४९ वर्षमै प्रधानमन्त्री बन्ने अवसरसमेत मिलेको थियो । कोइरालाकै नेतृत्वमा ०६४ को पहिलो संविधानसभा चुनावमा पनि कांग्रेस दोस्रो भएपछि पनि उनले इच्छा नदेखाएपछि पौडेल संसदीय दलको नेता बनेका थिए । चुनावी प्रतिस्पर्धामा पौडेलले देउवालाई पराजित गरेर संसदीय दलको नेता बने पनि प्रधानमन्त्री बन्न सकेनन् । तर देउवाले बैठकमा पौडेलको भनाइको कुनै जवाफ दिएनन् ।

संसदीय दलको नेता नै प्रधानमन्त्री बन्ने व्यवस्थाका कारण देउवाले पुन: सोही पदमा रहने इच्छा देखाएकामा पौडेल पक्ष र नेतृत्व परिवर्तनका लागि लबिइङ गरिरहेका युवा नेता तथा सांसदले समेत असन्तुष्टि जनाउँदै आएका छन् ।

बैठकमा केही सांसदले दलको नेता सर्वसम्मत हुनुपर्नेमा जोड दिएका थिए । सर्वसम्मत नहुँदा पार्टीभित्र एकता नभएको सन्देश जाने भन्दै उनीहरूले निर्णय लिन शीर्षस्थ नेताहरूलाई आग्रह गरे । दलको नेतामा पौडेल पक्षबाट पूर्वमहामन्त्री सिंहले तयारी अघि बढाइसकेका छन् ।

सिंहले चुनाव हार्नुमा आफूलाई मात्रै कारण ठर्‍याएपछि देउवा केहीछिन आक्रोशित भए । सिंहले पार्टीले चुनाव हार्नुमा सभापति देउवाको कार्यशैली र भूमिका मुख्य कारण रहेको बताएका थिए । देउवाले सिंहप्रति लक्षित गर्दै पार्टीलाई कमजोर बनाउने गरी अभिव्यक्ति दिनेमाथि कारबाही गरिने चेतावनी दिए । यही विषयमा देउवा र सिंहबीच बैठकमा केहीछिन चर्काचर्की पर्‍यो । ‘निर्वाचनको समीक्षा गर्नुपर्छ, तर पार्टी हार्नुमा मेरो मात्रै दोष हो ? हिजो सुशील कोइराला नेतृत्वमा पार्टी रहँदा पनि चुनाव हारेकै हो । त्यसबेला दोष क–कसले लिए ?’ देउवाको आक्रोश थियो, ‘पार्टीले जम्मा पचास हजार मत कम ल्याएको त हो । दुइटा वामपन्थी पार्टी मिलेर जितेका हुन् । कांग्रेसले हारेको होइन ।’

आफ्नै पार्टीको अन्तर्घातका कारण १५/२० सिट हारेको उल्लेख गर्दै देउवाले स्थानीय तहदेखि प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा अन्तर्घात गर्ने सबैमाथि कारबाही हुने चेतावनी दिए । चुनाव हारमा चौतर्फी आक्रमण हुन थालेपछि देउवाले पहिलो पटक भारतीय नाकाबन्दीमा कांग्रेसले नबोल्दा पार्टीको स्थिति कमजोर भएको स्वीकार गरे । त्यतिबेला पार्टी केन्द्रीय कार्यसमिति बैठकमा केही युवा नेताले भारतीय नाकाबन्दीको विरोध गर्नुपर्ने अडान राख्दा नेृतत्वले नाकाबन्दी भन्ने शब्द नराखी आपूर्ति व्यवस्थामा अवरोध हुन नहुने भन्ने भाषा प्रयोग गरेको थियो ।

‘भारतले नाकाबन्दी लगायो, एमालेले त्यसलाई राष्ट्रवादको नाराका रूपमा उचाल्यो,’ देउवाको भनाइ थियो, ‘हामीले नाकाबन्दीमा बोल्न सकेनौं, त्यसकै परिणाम हामी कमजोर भयौं ।’

पार्टी कोषाध्यक्ष सीतादेवी यादवले सभापति पार्टीका नेताहरूप्रति किन अनुदार भएको भन्दै प्रश्न गरेकी थिइन् । उनले अरू पार्टीका नेताहरूको माग पूरा गर्ने, तर आफ्नै पार्टीका साथीहरूले राखेको धारणाप्रति अनुदार बन्ने सभापतिको शैली ठीक नभएको बताइन् ।

दलको विधान पारित
कांग्रेसले संसदीय दलको विधान संशोधनसहित पारित गरेको छ । संसदीय दलको चुनावका लागि विधान संशोधन गर्न शनिबार बैठक बोलाइएको थियो । उक्त विधानलाई आइतबार बस्ने केन्द्रीय कार्यसमिति बैठकबाट स्वीकृत प्रदान गरिनेछ । विधानले स्वीकृत पाउनसाथ संसदीय दलको नेताको चुनाव प्रक्रिया अघि बढ्ने छ । संशोधिन विधानमा छाया सरकारको अवधारणा थपिएको छ ।

कांग्रेस नेता गगन थापाले सशक्त प्रतिपक्षको भूमिका निर्वाहका लागि छाया सरकार प्रस्ताव गरेका थिए । उनका अनुसार संसदीय दलको नेता प्रधानमन्त्री हुनेछन् भने मन्त्रालयको संख्याअनुसार छाया मन्त्रीहरू तोकिने छन् । सरकारको कामकारबाहीलाई नजिकबाट नियाली सरकारलाई गलत बाटोमा जानबाट रोक्न यस्तो अवधारणा संसदीय अभ्यास भएका मुलुकमा गरिँदै आएका छन् । ‘बेलायतमा सरकारले छाया सरकारलाई मान्यता दिन्छ,’ थापाले भने, ‘हामीले पनि यो अभ्यास भित्र्याउन सक्यौं भने सरकारले गलत काम गर्न पाउँदैन ।’ सम्बन्धित छाया मन्त्रीले मन्त्रालयको कामको अध्ययन गर्ने र त्यसै आधारमा संसद्मा प्रस्तुत गर्ने गरी कांग्रेसले छाया सरकारको अवधारणालाई पहिलो पटक विधानमै व्यवस्था गरेको हो ।

उपनेता अनुमोदन गर्न नपर्ने
बैठकले संसदीय दलको उपनेताका लागि दलको बैठकबाट अनुमोदन गराउनु नपर्ने व्यवस्था गरेको छ । यसअघि दलको नेताले प्रस्ताव गर्ने र बैठकबाट अनुमोदन गराउनुपर्ने व्यवस्था थियो । कांग्रेस केन्द्रीय सदस्य मीनेन्द्र रिजालले बैठकबाट अनुमोदन गराउनुपर्ने व्यवस्था हटाउने गरी संशोधन प्रस्ताव राखेका थिए । त्यसैलाई बैठकले पारित गरेको हो । ‘पहिलाको व्यवस्थाले दलको नेता मैले गरेको होइन भनेर जिम्मेवारीबाट पन्छिन सक्ने थियो,’ रिजालले भने, ‘अब राम्रो गरे पनि नराम्रो गरे पनि दलको नेता नै मुख्य जिम्मेवार हुने भयो ।’ संसदीय दलको बैठकबाट अनुमोदन गराउनुपर्ने व्यवस्थाका कारण नेतालाई उपनेता छनोट गर्नसमेत कठिन पर्दै आएको थियो । अहिलेको विधानले संसदीय दलको नेतालाई पूर्ण अधिकार दिइएको छ ।
राष्ट्रपतिप्रति आपत्ति
राष्ट्रिय सभाका तीन सदस्य मनोनयनमा राष्ट्रपतिले विवादास्पद भूमिका खेलेको आरोप लगाउँदै कांग्रेसले आपत्ति जनाएको छ । बैठकले तत्कालीन सरकारको सिफारिस तत्काल स्वीकार नगरी संविधानको उल्लंघन गरेको भन्दै आपत्ति जनाइएको हो । ‘संविधानले व्यवस्था गरेबमोजिम स्थानीय तह प्रदेशसभा, प्रतिनिधिसभा र राष्ट्रिय सभाको निर्वाचन एकअर्कामा अन्तरसम्बन्धित भएको विद्यमान परिस्थितिमा सबै निर्वाचन सम्पन्न गरी संविधानबमोजिम साविक मन्त्रिपरिषद्ले सिफारिस गरी राष्ट्रपतिले अनुमोदन गर्ने तीन जना राष्ट्रिय सभा सदस्यको सिफारिसलाई’ कांग्रेसको निर्णयमा भनिएको छ, ‘अनुमोदन नगरी असंवैधानिक तबरले अर्को नयाँ सरकारको असंवैधानिक प्रस्ताव ग्रहण गर्दै अनुमोदन गरेको घटनाप्रति कांग्रेस संसदीय दलको बैठक गम्भीर आपत्ति व्यक्त गर्दै संविधानको रक्षक राष्ट्रपतिबाट संविधानको पूर्ण पालना गरी असंवैधानिक निर्णय तत्काल सच्याउन जोडदार माग गर्दछ ।’

Labels: ,

Wednesday, 11 October 2017

सञ्चार मन्त्रीको निर्णय रोक्न सर्वोच्चको आदेश


आश्विन २५, २०७४-सर्वोच्च अदालतले प्रेस काउन्सिलमा कार्यवाहक अध्यक्ष नियुक्त गर्ने सञ्चार मन्त्री मोहनबहादुर बस्नेतको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।
अघिल्लो साता मन्त्रालयले काउन्सिलका सदस्य नवलकिशोर यादवलाई कार्यवाहक अध्यक्ष तोक्ने मन्त्रीस्तरीय निर्णय गरेको थियो । बरिष्ठतमका आधारमा त्यसअघि नै किशोर श्रेष्ठ कार्यवाहक भएका थिए । मन्त्रालयलाई कार्यवाहक तोक्ने अधिकार नभएको भन्दै रिट परेको थियो । 

न्यायाधीश दिपकराज जोशीको इजलासले बुधवार मन्त्री बस्नेतको निर्णय त्रुटिपूर्ण भन्दै कार्यान्वयन रोकेको हो । 


Labels:

Wednesday, 14 June 2017

प्रत्येक विद्यार्थीलाई गुणस्तरीय शिक्षा पाउने अधिकार सुरक्षितः उपप्रधान तथा शिक्षामन्त्री श्रेष्ठ


 Image result for quality education
     काठमाडौँ, ३१ जेठ । उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले प्रत्येक विद्यार्थीलाई गुणस्तरीय शिक्षा पाउने अधिकार सुरक्षित रहेको बताउनुभएको छ ।

     गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) थाइल्यान्ड तथा नेपाली विद्यार्थीका लागि प्राविधिक अनुभव आदानप्रदान अन्तर्राष्ट्रिय एसोसिएसन थाइल्यान्डले संयुक्तरुपमा आज यहाँ आयोजना गरेको नागरिक छात्रवृत्ति कोषको शुभारम्भ गर्दै उहाँले गैरआवासीय नेपाली सङ्घजस्ता सहयोगी संस्थाले गर्ने आर्थिक सहयोगबाट नेपाली विद्यार्थीको अध्ययनको स्तर तथा प्राविधिक अनुभव वृद्घि गर्न सहयोग मिल्ने विश्वास व्यक्त गर्नुभयो ।
    
     उपप्रधान तथा शिक्षामन्त्री श्रेष्ठले सो कोषबाट सङ्कलित रकमबाट गोरखा भूकम्पबाट प्रभावित विद्यार्थी लाभान्वित हुने पनि बताउनुभयो ।

     कोषमा थाइल्यान्डमा रहेका गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) थाइल्यान्ड तथा नेपाली विद्यार्थीका लागि प्राविधिक अनुभव आदानप्रदान अन्तर्राष्ट्रिय एसोसियसन थाइल्यान्डका विद्यार्थीले सङ्कलन गरेका रु ३५ लाख रहेका छन् ।

     सो कोषले ८० जना नेपाली विद्यार्थीलाई उच्चशिक्षा अध्ययनका लागि छात्रवृत्ति दिइने तथा पहिलो पाँच वर्षसम्ममा भूकम्पपीडित विद्यार्थीलाई छात्रवृत्तिमा प्राथमिकता दिइने जनाएको छ ।
    
     सो अवसरमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा तीर्थराज खनियाले भूकम्पबाट प्रभावित नेपाली जनताको उद्धारका लागि गैरआवासीय नेपाली सङ्घले गरेको सेवा सह्रानीय भएको बताउनुभयो ।

     नेपालका लागि थाई राजदूत भाकभात तान्स्कुलले नेपाल र थाइल्यान्डबीचको सहयोगात्मक सम्बन्ध आगामी दिनमा अझ विस्तार हुने बताउँदै थाइल्यान्डमा रहेका विद्यार्थीको सहयोगात्मक भूमिका मर्कामा परेका नागरिकको उत्थानमा उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।


     एनआरएनएका अध्यक्ष शेष घलेले कोषका विविध पक्षमाथि प्रकाश पार्नुभयो । रासस

Labels:

भरुवा बन्दुकसहित एकजना पक्राउ


 Image result for भरुवा बन्दुकसहित एकजना पक्राउ
रुकुम, ३१ जेठ । भरुवा बन्दुकसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

भूमे गाउँपालिका२ काँक्रीका २० वर्षिय करले पुनलाई आज प्रहरीले तीन नाल भरुवा बन्दुकसहित पक्राउ गरेको हो । सामान्य विवाद हुँदा पुनले बन्दुक झिकेर पड्काउन खोजेको सूचना पाएपछि प्रहरीले गाउँबाटै उनलाई पक्राउ गरेको प्रहरी निरीक्षक थम्मनबहादुर रजालीले जानकारी दिनुभयो ।

पक्राउ परेका पुनलाई आवश्यक अनुसन्धानका लागि सदरमुकाम मुसिकोट ल्याइँदैछ । बन्दुक लिएर भागेका अर्काे एकजनाको खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस
–––––––––
४३–   निर्वाचनको सम्पूर्ण अधिकार आयोगलाई दिनुपर्छ ः बिजुक्छे

नगरकोट, ३१ जेठ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले निर्वाचन घोषणा गरिसकेपछि सरकारले यसका लागि सबै अधिकार निर्वाचन आयोगलाई नै दिनुपर्ने बताउनुभएको छ ।

रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले निर्वाचन अवधिसम्म आयोग सरकारको होइन, सरकार आयोगको सल्लाहमा चल्नुपर्ने बताउनुभयो ।


सरकारले आयोगको अधिकारमाथि समेत हस्तक्षेप गर्दै निर्वाचनको मिति सार्ने खेल खेलिरहेको उहाँको आरोप थियो । सरकार राष्ट्रिय जनता पार्टीको मागअनुसार संविधान संशोधन होइन ऐन संशोधनको तयारीमा रहेको छ, राजपाको मागप्रति सरकारको ध्यान जानुपर्छ,” उहाँले भन्नुभयो । रासस 

Labels:

‘भरपर्दाे सुरक्षा व्यवस्था मिलाउनुस्’

Image result for सुरक्षा व्यवस्था

काठमाडौँ, ३१ जेठ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले स्थानीय तहको निर्वाचनमा मनोनयन पत्र दर्तालगायत कार्यका लागि भरपर्दो सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ ।

आगामी असार १४ गते प्रदेश नं, , ५ र ७ मा हुने स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्ने सम्बन्धमा आज निर्वाचन आयोगमा बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्त डा यादवले बदलिँदो राजनीतिक परिस्थितिलाईसमेत ध्यान दिई सुरक्षाको आवश्यक प्रबन्ध मिलाउन निर्देशन दिनुभएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।

बैठकमा गृहमन्त्रालयका सचिव लोकदर्शन रेग्मीले गृह मन्त्रालयले स्थानीय तह निर्वाचनको लागि सुरक्षा रणनीति तथा पूरक सुरक्षा योजना तयार गरी प्रभावकारी रूपमा कार्यान्वयन गरिरहेको बताउनुभयो ।

 उहाँले भन्नुभयो– “निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सञ्चालन गर्नका लागि यथेष्ट सुरक्षा प्रबन्ध मिलाइएको छ ।उहाँले सो अवसरमा सुुरक्षा निकायको तर्फबाट निर्वाचनमा सुरक्षा व्यवस्थालाई मजवुत बनाउनका लागि आआफ्नो निकायबाट तयार पारिएको सुरक्षा व्यवस्था, खटाइएको जनशक्ति तथा चालिने सुरक्षा रणनीतिबारेमा बैठकलाई जानकारी गराउनुभएको थियो ।

आयोगका सचिव गोपीनाथ मैनाली, रक्षा सचिव श्रीधर सापकोटा, प्रहरी महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलीप रेग्मी र नेपाली सेनाका वलाधिकृत रथी बलदेवराज महतको सहभागिता रहेको थियो । रासस 

Labels:

उपप्रधानमन्त्रीसँग राजदूत सिंहको शिष्टाचार भेट



     काठमाडाँै, ३१ जेठ । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग नेपालका लागि भारतीय राजदूत मञ्जिपसिंह पुरीले आज परराष्ट्र मन्त्रालयमा भेटवार्ता गर्नुभएको छ ।

     सो अवसरमा उपप्रधान तथा परराष्ट्रमन्त्री महराले नेपालभारतबीच रहिआएको असल सम्बन्ध आगामी दिनमा अझ प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो ।

     भेटमा भरतीय राजदूत पुरीले परराष्ट्रमन्त्री महरालाई भारतीय विदेशमन्त्री सुष्मा स्वराजले भारत भ्रमणको निम्तो दिनुभएको बताउँदै सो विषयप्रति विचार गरिदिन अनुरोध गर्नुभयो ।


     जवाफमा परराष्ट्रमन्त्री महराले दोस्रो चरणअन्तर्गत स्थानीय तहको निर्वाचनपछि हुने प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको सिलसिलामा आफू भारत आउने प्रयास गर्ने बताउनुभयो । रासस

Labels:

राजपालाई निर्वाचनमा सहभागी गराउने प्रयास जारी–उपप्रधानमन्त्री गच्छदार

Image result for रा ज पा  को झन्डा
      विराटनगर, ३१ जेठ । उपप्रधानमन्त्री विजयकुमार गच्छदारले दोश्रो चरणअन्तर्गत हुने स्थानीय तहको निर्वाचनमा राष्ट्रिय जनता पार्टीलाई सहभागी गराउने प्रयास जारी रहेको बताउनुभएको छ ।
    
     निर्वाचन अगाडि संविधान संशोधन हुन नसक्ने विषय सबैलाई अवगत भएकै कुरा हो, उहाँले भन्नुभयो – “आगामी दिनमा सो प्रस्तावलाई दुई तिहाइबाट पारित गराउनका लागि हरसम्भव प्रयास गरिन्छ ।” 
    
     उपप्रधानमन्त्री गच्छदारले राष्ट्रिय जनता पार्टीले निर्वाचनमा सहभागी हुने प्रतिबद्धता प्रकट गरेको अवस्थामा दोस्रो चरणअन्तर्गत असार १४ गते हुने ४३ जिल्लामध्येका ११ जिल्लाको स्थानीय तहको निर्वाचन तेस्रो चरणमा गराउन सकिने सम्भावना रहेको धारणा व्यक्त गर्नुभयो. ।   
    
     मुलुकलाई द्वन्द्वतिर धकेल्नुभन्दा केही समय लिएर भएपनि समस्या समाधान गर्नेतर्फ अग्रसर हुनुपर्नेमा जोड दिँदै उहाँले संविधानलाई सर्वस्वीकार्य बनाउनतर्फ सबै दल एकजुट भएर लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
    

     लोकतान्त्रिक फोरम नेपालका अध्यक्षसमेत रहनुभएका उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री गच्छदारले पार्टीका जिल्ला समितिलाई स्थानीयस्तरमा अन्य पार्टीसँग तालमेल गरेर निर्वाचनमा सहभागी हुने विषयमा निर्णय लिने अधिकार प्रदान गरिएको बताउँदै विराटनगर महानगरपालिकाको उम्मेदवारका नामावली भोलिसम्ममा सार्वजनिक गरिने जानकारी दिनुभयो । रासस

Labels:

कार्यालय प्रमुख नहँुदा काम प्रभावित

    चरिकोट, ३१ जेठ । कार्यालय प्रमुख नहुँदा जिल्ला वन कार्यालय दोलखाका काम कारवाही प्रभावित भएको छ ।
      जिल्ला वन कार्यालय दोलखाका प्रमुख जिल्ला वन अधिकृत विष्णुप्रसाद भण्डारी सहसचिवमा बढुवा भएपछि गत फागुन महिनादेखि कार्यालय प्रमुख पदमा कसैको पदपूर्ति नहुँदा कार्यालयको कामकारवाही प्रभावित भएको हो ।
      भण्डारीको बढुवा भई सरुवा भएपछि निमित्त प्रमुखमा सहायक वन अधिकृत गोविन्दप्रसाद दाहाललाई तोकेको तर उहाँ पनि उपसचिवमा बढुवा हँुदा हाल जिल्ला वन कार्यालय दोलखा प्रमुखविहीन बनेको हो ।

     कार्यालय प्रमुख नहँुदा कतिपय विकासे काम अलपत्र परेको छ भने आर्थिक वर्ष सकिन लागेको हुँदा विकास रकम फिर्ता जाने सम्भावना पनि बढेर गएको जिल्ला वन कार्यालय दोलखाका कर्मचारी बताउँछन् ।
      कार्यालयले गर्ने वृक्षरोपणका काम, बिरुवाको टेन्डर, पुराना कामको भुक्तानी, वन मुद्दा फैसलाजस्ता कार्यसमेत प्रमुख नहँुदा गर्न नसकेको जिल्ला वन कार्यालय दोलखाका नायब सुब्बा राजेन्द्र सुवेदीले जानकारी दिनुभयो ।
     सुवेदीकाअनुसार कार्यालय प्रमुखको अभावमा वार्षिक कार्यप्रगतिमा समेत असर पर्नसक्छ । रासस

Labels:

‘निर्वाचनमा सबैलाई समेट्नुपर्छ’

     काठमाडौँ, ३१ जेठ । नेकपा (एमाले)का नेता रघुवीर महासेठले राष्ट्रिय जनता पार्टीले राखेका जायज माग सम्बोधन गर्न एमाले तयार रहेको बताउनुभएको छ ।
      रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उहाँले देश टुक्र्याउने वा विखण्डन गर्ने खालका मागबाहेक मधेसी जनता र मधेसको हितमा हुने जुनसुकै माग मान्न एमाले तयार रहेको बताउनुभएको हो ।

     उहाँले राजपाको के माग हो भन्नेबारे अझैसम्म पनि स्पष्ट हुन सकिएको छैनभन्दै राजपा विभिन्न बहाना बनाई निर्वाचनबाट भाग्न खोजेको आरोप लगाउनुभयो ।
    
     राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपति शमशेर राणाले तराईको एक घटकलाई बाहिर राखेर निर्वाचनमा जान नहुने बताउँदै तराईमा निर्वाचन गर्नु छ तराईकै जनतालाई बाइपास गर्न मिल्दैन भन्नुभयो ।

     सुरक्षाको दृष्टिकोणले समेत दोस्रो चरणको निर्वाचन खतरा रहेको उल्लेख गर्दै उहाँले सरकारले मधेसी दललाई यथाशक्य निर्वाचनको पक्षमा ल्याउन पहल गर्नुपर्ने बताउनुभयो ।

     सङ्घीय समाजवादी फोरम नेपालका नेता राजेन्द्र श्रेष्ठले सबै पक्षलाई समेटेर निर्वाचनमा जानुपर्ने बताउँदै संविधान संशोधनलाई समेत पहल गर्दे निर्वाचनमा जाने हामीले निर्णय गरेका हौँ भन्नुभयो ।
      उहाँले मधेसी जनता निर्वाचनको पक्षमा रहेको भन्दै दोस्रो चरणको निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने दाबीसमेत गर्नुभयो ।
      राष्ट्रिय जनता पार्टीका नेता वृशेषचन्द्र लालले संविधानलाई स्वीकार्य गरेमात्र आफूहरू निर्वाचनमा भाग लिने बताउँदै एमाले संविधान संशोधनका पक्षमा आइसकेकाले यसप्रति सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । रासस 

Labels:

अनाथ बालबालिकाले भने, ‘कसले देला सहारा’

Image result for orphan children

डोल्पा (दुनै), ३१ जेठ । डोल्पाका दुर्गम गाउँका झन्डै एक दर्जन बालबालिका सहारा विहीन भएका छन् । मुख्य अभिभावक नै गुमाएपछि लालनपालन तथा शिक्षा स्वास्थ्यको अवस्था नाजुक बन्दै गएपछि उनीहरू बेसहारा बनेका हुन् ।

उनीहरूमध्ये कसैको बाबु छैन, कसैको आमा छैन कसैको भने बाबुआमा दुबै गुमाउनुपर्दाको कारण सहरा बिहिन उनीहरू शिक्षा, स्वास्थ्य मनोरञ्जनजस्ता अधिकारबाट समेत वञ्चित भएका हुन् ।

 अभिभावक नै गुमाएपछि त्रिपुरासुन्दरी नगरपालिका करिश्मा केसी, सोही विपिन थापा, सुरेश बुढा, कर्णचन्द्र बोहोरा, नवराज शाही, रुपलाल थापा, बुधे कुलाल, कल्पना सार्की तथा ठूलीभेरी नगरपालिकाका रमिता बुढालगायतको पढेर ठूलो मान्छे बन्ने धोको अपूरै हुने अबस्था छ ।

हाम्रा संरक्षकको आर्थिक अवस्था कमजोर छ, गरिबीका कारण कापी, किताब कलमजस्ता शैक्षिक सामग्री उपलब्ध गराउन नसकेकै कारण पनि पढाइ छाड्नुपर्ने बाध्यता छउनीहरूले स्वरमा भने यदि कुनै पनि निकायले हामीलाई पढ्ने व्यवस्था मिलाई दिए पढेर ठूलो मान्छे बन्ने सपना साकार हुने थियो ।

उनीहरू अहिले त्रिपुरासुन्दरी नगरपालिकास्थित१ दिलमाया विष्टको घरमा आश्रित भएर बसेका छन् ।पढ्ने चाहाना भएर पनि स्कुल जान नपाएका ती अनाथ बालबालिकालाई पढ्ने वातावरण मिलाई दिन घरमा ल्याएको थिएँ,व्यक्तिगत रुपमा एक वर्षसम्म सम्पूर्ण व्यवस्था गरेर पढाइलेखाइ गराएँ तरअव नसक्ने अवस्था छ उनीहरूका लागि खाद्यान्नदेखि लत्ताकपडा कापी कलम लगायतका सामग्रीको लागि व्यवस्था गरिदिन आग्रह गरेपनि कसैले पनि सहयोग नगरेको संरक्षक विष्टले बताउनुभयो ।

मेरो कुनै पनि आयस्रोत छैन्, अहिले उनीहरूका लागि गाँसको व्यवस्था समेत गर्न धौधौ भएको छ कुनै दातृ निकायबाट सहयोग भए ती असाय बालबालिकाको उद्धार हुने थियोउहाँको भनाइ थियो ।

म १२ वर्षकी भए, कक्षा ८ मा नजिकैको सरकारी विद्यालयमा पढ्छु ,मेरो आमाबुबा दुवैको मृत्यु भइसकेकाले भिनाजुको सहारामा बसेकी छुुत्रिपुरासुन्दरी नगरपालिका१ बस्ने कल्पना सार्कीले भनिन्, “भिनाजुको आर्थिक अवस्था कमजोर भएकाले कापी कलम किन्ने अवस्था समेत छैन्, पढ्ने मन हुँदाहुँदै पनि चाहेर पनि पढ्न नसक्ने अवस्था छ,उनले भनिन् ।

घरको कामले गर्दा नियमित स्कुल जान पाइदँैन् यदि कसैले अध्ययनका लागि सहयोग गरे पछि अझै पढ्ने चाहान छ उनले गहभरी आँसु पार्दै भनिन् ।

 त्यस्तै त्रिपुरासुन्दरी१ कै बुधे कलाको अवस्था समेत त्यस्तै छ बुबाको सानैमा मृत्यु भयो,घरमा आमा एक्लै हुनुहुन्छ पढ्ने चाहाना त छ के गर्ने घरमा बिहान बेलुका छाक टार्न नै धौधौ हुन्छ, शरीर ढाक्नका लागि अर्कैसँग माग्नुपर्ने अवस्था छ, कसरी विद्यालय गएर पढ्नुउनले भने ।


ती कलिला हातले कापी कलम समाउनुको साटो पेट भर्नकै लागि दैनिक मजदुरी गर्नुपर्ने बाध्यता छ । रासस (तस्बिर उपलब्ध छ)

Labels:

रुकुमका २७ वटा मतदानस्थल अति संवेदनशील


रुकुम, ३१ जेठ । असार १४ गते हुने दोस्रोचरणको निर्वाचणमा यहाँका २७ वटा मतदानस्थललाई अति संवेदनशील मानिएको छ । जिल्लाका५ नंम्बर प्रदेशमा पर्ने तीन गाउँपालिकाका३१ मतदानस्थलमध्ये चारवटा मतदानस्थल सामान्य रहे पनि २७ वटा मतदान स्थललाई अति संवेदनशील मानिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ छ ।

जिल्लाको पुथा उत्तरगङ्गा गाउँपालिकामा रहेका १४ स्थान, भूमे गाउँपालिकामा रहेका आठ स्थान र सिस्ने गाउँपालिकामा रहेका पाँच स्थान गरेर २७ स्थानलाई अतिसंवेदनशील मानिएको प्रहरीको भनाइ छ ।

ती स्थानमा सुरक्षा व्यवस्था कडा पारिएको प्रहरी नायब उपरीक्षक अङ्गुर जिसीले बताउनुभयो । उहाँका अनुसार एउटा बुथमा कम्तीमा पनि १५ जना म्यादी प्रहरी, सात नेपाल प्रहरीका साथै सशस्त्र प्रहरी, सादा पोसाकका प्रहरी र नेपाली सेनालाई खटाउने तयारी भइरहेको छ ।

भौगोलिकरुपले विकट रहेका कारण विप्लब माओवादीका कार्यकर्ताले निर्वाचन बिथोल्ने गतिविधि गर्नसक्ने प्रहरीको अनुमान छ ।


यसका साथै विकटता कारण मतदाता सहजरुपमा मतदान केन्द्र आउन समस्या हुने, राजनीतिक दलबीच बढी प्रतिस्पर्धा भएको ठाउँमा विवादका कारण निर्वाचन बिथोलिन सक्ने भएकाले पनि सुरक्षा व्यवसथा निकै कडा पारिएको उहाँले बताउनुभयो । रासस

Labels: