अनुदान रकम पाएकाहरुले ५० हजार रुपैयांको पहिलो किस्ता घरको जग हाल्न समेत अपुग भएको भन्दै चिन्ता व्यक्त गरेका विवरण आएका छन्।
विज्ञहरुले समेत किस्तामा रकम दिनु अन्तर्राष्ट्रिय प्रचलन अनुरुप रहेको बताएपनि त्यो रकम निकै थोरै भएको तर्क गरेका छन्।
सत्तारुढ घटकहरु र प्रमुख प्रतिपक्षी कांग्रेस भने भूकम्पपीडितको अनुदानलाई लिएर राजनीतिक रस्साकस्सीमा उत्रिएका छन्।
राजनीति
पीडितलाई घर बनाउन एकमुस्ट दुई लाख रुपैयां दिनुपर्ने माग राख्दै संसद अवरुद्ध गरिरहेको कांग्रेसले आइतबारपनि त्यसलाई निरन्तरता दिने उक्त दलका मुख्य सचेतक चिनकाजी श्रेष्ठले बताएका छन्।
विज्ञहरुले भने एकमुस्ट नभइ पटकपटक गरेर अनुदान रकम वितरण गर्ने अन्तर्राष्ट्रिय प्रचलन रहेको र त्यसो गर्दा मात्र रकमको सदुपयोग हुने बताउंछन्।
भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल एनसेटका निर्देशक विजयकृष्ण उपाध्यायले भने,"एकै चोटी दुई लाख दियो भने त्यो भूकम्प प्रतिरोधी छ कि छैन भन्ने परीक्षण गर्ने बाध्यता चाहिँ घरधनीले महसुस गर्दैन। अनि यो परीक्षण वा अनुगमन भनेको चाहिँ बाध्यात्मक स्थिति सिर्जना नगरीकन संसारमा कहिले पनि हुंदैन।"
अनुदान वितरणमा भएको ढिलाइ र छुट्याइएको रकम पर्याप्त नहुनुलाई भने निर्देशक उपाध्याय समस्या मान्छन्।
गाँउगाँउमा खटिएका इन्जिनियरहरु पनि विकट गाँउमा बन्ने सामान्य घरको जग हाल्नका लागि सरकारले पहिलो चरणको लागि छुट्याइएको ५० हजार रुपैयां अपुग हुने बताएका छन्।
दोलखामा कार्यरत इन्जिनियर प्रमोद कुमार साहले भने,"५० हजारमा बन्दैन। त्यतिले कहाँ पुग्छ? यहाँ डाँडाहरुमा घर छ, बाटो भन्दा टाढा। सामान ल्याउनमा अप्ठ्यारो हुन्छ। सिमेन्ट, डण्डी पुर्याउन अप्ठ्यारो छ।"
नेपाल सरकारले तीन चरणमा गरी दुई लाख रुपैयां दिने घोषणा गरेको छ।
तर एकवर्ष बितिसक्दा समेत पीडितहरु समक्ष प्रभावकारी ढंगले रकम वितरण हुन सकेको छैन।
स्कटल्याण्डकी प्रथम मन्त्री निकोला स्टर्जनले ब्रिटेनले युरोपेली संघ इयु त्याग्न गरेको निर्णयमाथि स्कटिस संसदले भिटो प्रयोग गर्न सक्छ भनेकी छन्।
बीबीसी संग कुरा गर्दै उनले इयुबाट अलग्गिने संयुक्त अधिराज्यको निर्णयलाई एडिनबराको व्यवस्थापिकाले पनि स्वीकृति दिनुपर्छ भनिन्।
तर आफुले त्यस्तो स्वीकृति नदिन स्कटिस सांसदहरुलाई आग्रह गर्ने उनले बताइन्।
उनले भनिन्, “निश्चयपनि यदी स्कटिस संसदले यस विषयलाई स्कटल्याण्डको स्वार्थको आधारमा विचार गर्ने हो भने आफ्नो स्वार्थ विपरित हुने कुनै विषय यसले नमान्ने विकल्प छँदैछ।”
तर केही कानुनविदहरुले भने असाधारण परिस्थितिमा स्कटल्याण्डसम्बन्धी कानुन बनाउने शक्ति लन्डनमा निहित रहेको भन्दै स्टर्जनको व्याख्याप्रति आशंका व्यक्त गरेका छन्।
संयुक्त अधिराज्यमा भएको जनमत संग्रहमा स्कटल्याण्डका मतदाताहरुले चाहीं इयुभित्रै रहने पक्षमा भारी मत दिएका थिए। सो निर्वाचनका क्रममा ब्रिटेनले इयु छाड्ने पक्षमा ५२ प्रतिशतको बहुमत परेको थियो।
तर स्कटल्याण्डको तस्वीर भने वेग्लै छ। त्यहाँ ६२ प्रतिशत मतदाताले इयुमै रहनुपर्ने पक्षमा मत दिएका थिए।
जनमतसंग्रहको परिणाम आएलगत्तै उनले अब स्कटल्याण्डको स्वतन्त्रताबारे दोस्रो जनमतसंग्रहको चर्चा गरेकी थिइन्। सन् २०१४ को सेप्टेम्बरमा भएको जनमतसंग्रहमा संयुक्त अधिराज्यमै रहने पक्षमा स्कटल्याण्डका ५५ प्रतिशत मतदाताले भोट दिएका थिए।
'मैले आफ्नो जिन्दगीको सबैभन्दा स्वर्णिम समय ८ हजार १ सय ५० दिन जेलमा बिताएँ । अब मेरा लागि यो बाँकी जिन्दगीको कुनै अर्थ छैन ।म एक जिउँदो लास हुँ ।'कानुन आफै अन्धो भएपछि निर्दोषहरुले कसरी दुःख पाउँछन् भन्ने उदाहारण हो यो । भारतको कर्नाटकका एक व्यक्तिले २३ वर्ष जेलको चिसो छिँडीमा अनाहकमा बिताएका छन् । २० वर्षको जवान हुँदा जेल परेका ति निर्दोष व्यक्ति आज ४५ वर्षका भएका छन् । उनी भन्छन् ‘अब मेरो बाँकी जिन्दगीको कुनै अर्थ छैन ।’हामीले भारतबाट प्रकाशित हुने एक पत्रिकाबाट यो सामग्री साभार गरेर प्रकाशित गरेका छौं ।जेलबाट छुट्ने बेला निसारको हालत एकदमै बिग्रिएको थियो । उनको मानसिक स्थितिसमेत राम्रो थिएन । हिडडुल गर्न सक्दैन थिए । २३ वर्षको लगातार जेल बसाई र यातानाले गर्दा उनको शरिर पुरै विग्रिएको थियो । जेलबाट निस्किएपछि निसारले भने,‘मेरो खुट्टा चल्दैन । मैले योपनि भूलिसकेकी म स्वतन्त्र भएँ ।’निसार त्यही व्यक्तिहरु मध्ये एक हुन् जसलाई सुप्रिम कोर्टले २०१६ मे ११ मा जयपुर जेलबाट रिहा गर्न आदेश दिएको थियो । २३ वर्ष अगाडि उनलाई आजीवन कारावारका लागि जेल सजाय सुनाइएको थियो । तर आश्चर्यको कुरा २३ वर्षपछि अदालतले उनी सहित उनीसँगै जेल परेका साथीहरुलाई निर्दोष सावित गरेर रिहा ग¥यो । उनीहरु तीन जनालाई रेलमा बम विस्फोट गराएर दुई जनाको हत्या र ८ जना घाइते बनाएको आरोप लागेको थियो । २३ वर्षपछि उनीहरु जेलबाट निर्दोष सावित भएर निस्कँदा उनीहरुको परिवार पुरै तहन नहस भइसकेको थियो ‘मैले आफ्नो जिन्दगीको सबैभन्दा स्वर्णिम समय ८ हजार १ सय ५० दिन जेलमा बिताएँ । अब मेरा लागि यो बाँकी जिन्दगीको कुनै अर्थ छैन । यो मेरो जिउँदो लास मात्र हो । ती तीन मध्ये निसारले भने, ‘मैले आफ्नो जिन्दगीको सबैभन्दा स्वर्णिम समय ८ हजार १ सय ५० दिन जेलमा बिताएँ । अब मेरा लागि यो बाँकी जिन्दगीको कुनै अर्थ छैन । तपाई जुन अवस्थामा मलाई देखिरहनु भएको छ, यो मेरो जिउँदो लास मात्र हो । जुन बेला मलाई जेलमा राखिएको थियो त्यो बेला म २० वर्षको थिएँ । आज मेरो उमेर ४५ वर्षको भएको छ । म जेलमा पर्दा मेरी सानी बहिनीको उमेर १२ वर्षको थियो । आज उनकी छोरी नै १२ वर्षको भइसकेको छ । मेरी भतिजी एक वर्षकी थिइ । आज उनको विवाह भइसकेको छ । मेरो पिढींको एउटा अध्याय नै गायव भएको छ । ’जेलबाट रिहा भएको पहिलो रात निसारले जयपुरको एउटा होटलमा बिताएका थिए । होटलको कोठामा उनी सुत्न सकेनन् । रातभर एक क्षणपनि ननिधाई बसे । त्यसको कारण थियो, उनी होटलको विस्तारामा सुत्नै सकेनन् । उनलाई त्यो आरामदायी ओच्छ्यानले विझायो । डस्ना सहितको ओच्छ्यानमा सुत्ने उनको बानी नै हटिसकेको थियो । १५ जनवरी सन् १९९४ मा उनी फार्मेसीको विद्यार्थी थिए । १५ दिन पछि उनको परीक्षा आउँदै थियो । उनी परीक्षाको तयारीका लागि कलेज जान युनिफर्म लगाएर घर बाहिर निस्कन मात्र लागेका थिए । गेटबाहिर निस्कने वित्तिकै उनको कन्चटमा पेस्तोल ताकियो र गेटबाटै पुलिसहरुले गिरफ्तार ग¥यो । उनको घर रहेको कर्नाटकका पुलिसलाई उनको गिरफ्तारीको कुनै पूर्वजानकारी थिएन । उनलाई गिरफ्तार गर्न हैदरावादको पुलिसहरु आएका थिए । त्यसपछि २८ फरवरी १९९४ मा उनलाई रेलमा बम विस्फोट गराएको कसुरमा अदालतमा पेस गरियो । अदातलले उनलाई दोषी ठहर्याएर आजीवन कारबासको सजाय सुनायो । उनको ठूलो दाजुलाई पनि मुम्बईमा सिभिल इन्जिनियरिङ अध्ययन गरिरहेकै अवस्थामा गिरफ्तार गरि उनलाई पनि आजीवन कारबारमा जेल हालियो । आफ्ना दुई सन्तानलाई निर्दोष सावित गराएर जेलबाट छुटाउन संघर्ष गर्दा गर्दै उनको बुवाको सन् २००६ मा मृत्यु भयो । निसारका दाई जहीरले भनेका थिए हाम्रो परिवारमा परेको यस्तो भयानक ‘ट्रेजडी’ एउटा परिवारका लागि कस्तो घटना भयो होला ? अर्को दुखत् कुरा, निसारका दाईलाई जेलमा बस्दा बस्दै क्यान्सर भयो । क्यान्सर भएपछि उनलाई जेलबाट निकालियो । जेलबाट निस्केपछि दाईले आफ्नो उपचारमा ध्यान दिएनन् । आफ्नो निर्दोष भाइ र उनीसँगै जेलमा परेका निर्दोष बन्दीहरुलाई छुटाउन उनले प्रमाणहरु जुटाउन समय खर्च गरे । त्यही क्यान्सर लागेको दाईले जुटाएको प्रमाणको आधारमा उनीहरुलाई २३ वर्षपछि अदालतले निर्दोष सावित गरि जेलबाट रिहा ग¥यो । तर दुखत् पक्ष क्यान्सरसँग लडिरहेको आफ्ना दाजुलाई निसारले भेट्न पाएनन् । उनको ९ मे २००८ मै मृत्यु भइसकेको थियो ।कानपुर र मुम्बईमा भएको बम विस्फोटमा उनीहरु सम्लग्न भएको आरोप प्रहरीले लगाएको थियो । उनीहरुले विभिन्न परिवन्धमा परि अपराध कबुल गरेका थिए । रिहापछि निसारले अदालतलाई धन्यवाद दिएका छन् ।
विराटनगरःनेपाल नर्सिङ युनियन मोरङको नया कार्यसमिति चयन भएको छ । ललिता योञ्जनको अध्यक्षतामा ११ जनाको कार्यसमिति चयन भएको छ ।
यस्तै उपाध्यक्षमा रञ्जिता पराजुली, सचिव ममता श्रेष्ठ, सहसचिव अजता मोक्तान , कोषाध्यक्षमा गायत्रा न्यौपाने सर्वसहमतिले चयन हुनु भएको हो । यस्तै सदस्यहरुमा रुक्मणी दाहाल, स्रिस्टीना तामाङ,मनिता चौधरी,संगिता चौधरी , ममता ममता मेहता र सपना विक रहनु भएको छ ।
यसैगरी सल्लाहकारहरुमा आइतुमाया क्षेत्री,निला सुब्बा, शोभा लामा, पुनम गिरी र राधा पोखरेल रहेको जानकारी दिइएको थियो । यस्तै कोशी अञ्चल अस्पतालमा कार्यरत नर्सहरुको नर्सिङ युनियन कार्यसमिति गठन भएको छ ।
अध्यक्षमा अन्जना ओझा, उपाध्यक्ष अम्बिका पोखरेल,सचिव मन्जु यादव, सहसचिव लक्ष्मी श्रेष्ठ,कोषाध्यक्षमा विद्या सुवेदी रहनु भएको छ ।
यसैगरी सदस्यरहरुमा निकिता भट्टराई,अनिता राई,दुर्गा भट्टराई, रमा पौडेल, उमा पाण्डे र गिता कोइराला सदस्य रहनु भएको छ ।
दमकको बेलडाँगीमा भीषण आगलागी नियन्त्रण बाहिर झापाको दमक ५ स्थित बेलडाँगी बजारमा आगलागी भएको छ । केहीबेर अघि बजाभित्रको एक घरबाट शुरु भएको आगो फैलने क्रममा छ । आगलागी के कारणबाट भएको हो भन्ने अहिलेसम्म थाहा हुन सकेको छैन । आगो निभाउन दमक नगरपालिकाको दमकल, सशस्त्र , जनपथ प्रहरी, स्थानीयबासी र बेलडाँगीस्थित भुटानी शरणार्थीहरु जुटेका छन् । बेलडाँगी क्षेत्रमा भुटानी शरणार्थीको बसोबास रहेका शिविर पनि रहेको छ । आगलागी राति ९:३० बजेबाट सुरु भएको हो ।
थप बिबरण आउन बाकी रहेको क्ष /थप बिबरण आयेपक्षि अरु समाचार लाखिने क्ष/
विराटनगरः विराटनगर उपमहानगरपालिकाले उज्यालो विराटनगर बनाउने उदेश्यका साथ आगामी वर्ष ८ विराटनगरका सडकमा सोलार लाइट जडान गर्ने भएको छ ।
बहुवर्षीय परियोजना अन्र्तगत आगामी साउनदेखि सोलार लाइट जडान गर्ने कार्यक्रम शुरु गर्न लागिएको हो । उपमहानगरपालिकाका कार्यकारी अधिकृत गोपाल रेग्मीका अनुसार सडकहरुमा यस्तो लाइट वाल्ने परियोजना यस अघि नै अगाडी सारिएपनि बजेटको अभावमा काम शुरु हुन सकेको थिएन् । तर यस वर्ष स्थानीय विकास मन्त्रालयले ८ करोड २४लाख रुपैयाँ उपमहानगरपालिकालाई दिने भएको छ ।
विराटनगर उपमहानगरपालिकाका योजना महाशाखाका प्रमुख भरत न्यौपानेले यो आयोजना शुरु भएपछि सडक बत्तीको समस्या विस्तारै हल हुने बताए । उनका अनुसार नगरभित्र २ हजार ५ सय ७१ वटा सोलार लाइट जडान गर्ने प्रस्ताव गर्दै स्थानीय विकास मन्त्रालयमा २७करोड ६३ लाख ७४ हजार रुपैयाँको प्रस्ताव पेश गरिएकोमा पहिलो चरणमा ८करोड २४ लाख परियोजना स्विकृती भएको हो ।
सोलार जडान गर्न पहिलो आउनेलाई पहिलो प्राथमिता दिएर काम थाल्ने योजना बनाइएको न्यौपानेले जानकारी दिए । परियोजनाको ६५ प्रतिशत, नगरपालिकाको २० प्रतिशत र उपभोक्ताको १५ प्रतिशत सहभागीतामा नगरभित्रका विभिन्न सडकहरुमा सोलार जडान गरिने लक्ष्य राखिएको छ ।
सामान्यतया एउटा सोलार लाइट जडानकालागि करिब १ लाख रुपैयाँ खर्च हुने अनुमान छ । विराटनगर उपमहानगरपालिकाले विभिन्न परियोजनाहरु व्यापकरुपमा सञ्चालन गरिरहेको बेला यो नयाँ परियोजना आएको हो ।
दमकःनेपाली कांग्रेसका युवा नेता तथा तत्कालीन समयमा भएको गणतान्त्रिक आन्दोलनका अगुवा गुरु घिमिरे गणतन्त्र दिवस प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा रहे ।
९ औं गणतन्त्र दिवस मनाउन नेपाली कांग्रेस दमक १० ले आयोजना गरेको विशेष कार्यक्रममा प्रमुख अतिथीका रुपमा निम्त्याइएका घिमिरेले गणतान्त्रिक आन्दोलन र सो क्रममा तत्कालिन एमाले नेताका रुपमा रहेका प्रधानमन्त्री ओलीको भूमिकाबारे खुलेर चर्चा गरे ।
नेविसंघको केन्द्रीय सभापतिका हैसियतले माउ पार्टीका कतिपय नेताहरुसंग समेत अन्तरविरोध राख्दै गणतन्त्रको एजेण्डा लिएर आन्दोलनमा उभिएका नेता घिमिरेले ४ बर्षे गणतान्त्रिक आन्दोलनमा ओली चार दिन पनि सडकमा ननिस्किएको बरु उल्टै बयलगाडा चढेर अमेरिका पुगिदैन भन्दै गणतान्त्रिक आन्दोलनकै अपमान हुने गरी अभिव्यक्ति दिएको स्मरण गरे ।
नेता घिमिरेले भने -आज संयोग परेको छ । उहाँ (ओली)ले प्रतिनिधित्व गरेको क्षेत्रमा आएर मैले यो कुरा राख्ने मौका पाएको छु वास्तविक कुरा भन्नु पर्छ उहाँले गणतन्त्र आउने सोच्नु पनि भएको थिएन । गणतान्त्रिक आन्दोलनका विरुद्ध अभिव्यक्ति दिनेलाई गणतान्त्रिक नेपालको प्रधानमन्त्री हुन र गणतन्त्र दिवस मनाउनु सरम लाग्नु पर्नेे हो । सो कार्यक्रममा घिमिरेले २० जना बृद्धलाई प्रमाण पत्र र दोसल्ला ओढाएर सम्मान गरे ।
पार्टीका वडा सभापति राजु राउतको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति उद्धव थापाको विशेष आतिथ्य रहेको थियो । कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्यहरु शेरबहादुर भट्टराई, सुरेश सुब्बा, दिलबहादुर बुढाथोकी, भगिरथ पोद्धार, महाधिवेशन प्रतिनिधी रोशन गौतम, रेगिना भट्टराई, पार्टीका क्षेत्रीय सचिव चुडेन्द्र खड्का र दमक नगर सभापति रोशन विष्टले शुभकामना मन्तव्य राखेका थिए ।
विराटनगरः मोरङमा एकजना सांसदका छोराले बैंकका म्यानेजरमाथि निर्घात कुटपिट गरेका छन् । केरावारी–१ मा रहेको एनएमबी बैंक शाखा कार्यालयका म्यानेजर ४० वर्षीय अविन श्रेष्ठमाथि बिहीबार राति कुटपिट भएको हो । कुटटिबाट बैंक म्यानेजरको कन्चटमा गहिरो चोट लागेको छ ।
मोरङको कोसीहरैंचा नगरपालिका–१ का ३५ वर्षीय आशिष गुरुङले बियर खाने गिलासले विराटनगर–६ घर भएका बैंक म्यानेजर श्रेष्ठलाई कुटेका हुन् । उनी मोरङको निर्वाचन क्षेत्र नम्बर ८ का एमालेका प्रत्यक्षतर्फका सभासद् चन्द्रबहादुर गुरुङका छोरा हुन् ।
केराबारी–२ मा रहेको बाबरी होटेल एण्ड खाजा घरमा खाना खाइरहेको अवस्थामा आक्रमण हुँदा श्रेष्ठको टाउको र दायाँ कन्चट फुटेको छ । गम्भीर अवस्थाका उनको विराटनगरमा उपचार भइरहेको छ । इलाका प्रहरी कार्यालय केराबारीका प्रहरी नायव निरीक्षक सूर्य प्रसाईले भने,‘ दुईवटा मोटरसाइकलमा होटेलमा पुगेका युवामध्ये श्रेष्ठले खाना खाइरहेको टेबलमा गुरुङ पुगेका थिए । त्यसपछि कुटपिट शुरु भएको थियो ।’
होटेलमा बसेर ‘तँ किन ठूलो कुरा गर्छस’ भन्दै गुरुङले वियर खाने गिलासले म्यानेजर श्रेष्ठलाई एक्कासी प्रहार गर्दा टाउको र कन्चटबाट रगत बगेको थियो । आक्रमण हुनुपर्ने कुनैपनि कारण पत्ता लागेको छैन् ।
मादकपदार्थ खाइरहेका युवामध्ये एकजना आफूतिर आएर निहुँ खोजेको र गिलास प्रहार गरेको उनले बताए । घटनालगत्तै सांसदका छोरा र युवा समूह फरार छन् ।
लगातारको वर्षाले इटहरी डुबानमा, विराटनगर पनि जलमग्न,कोशी राजमार्ग अवरुद्ध
सुनसरीःलगातार पानी परेर सहरबाट निस्कने निकास नहुँदा सुनसरीको इटहरीका सयौं घर डुबानमा परेका छन् ।
मंगलबार बिहान ३ बजेदेखि पूर्वाञ्चल क्षोत्रमा पानी परिरहेको छ । इटहरीको उत्तरी भेगका घरहरु डुबानमा परेका छन । नेपाली सेनाको क्याम्प छेऊ र दक्षिणपट्टीका धेरै घरमा पानी पसेको छ ।
दक्षिणतर्फका घर पनि डुबानमा परेका छन् । वर्षापछि जलाशयहरुमा पानीको सतह बढेर आएको बाढीले सुनसरीका अधिकांश क्षेत्र डुबानमा परेका हुन । सुनसरी खोला र सुनसरी मरिया खोलामा आएको बाढीले सुनसरीको बबिया, जल्लापुर, भुटाहा, नरसिङ, वसन्तपुर, गौतमपुर, भोक्राहा, लौकही, मधुवन लगायतका क्षेत्र बढी प्रभावित भएको छ । सो क्षेत्रका अधिकांश घरहरुमा बाढी पसेपछि सर्वसाधारणको विचल्ली भएको छ ।
यता विराटनगरको मुख्य सडकहरु जलमग्न छन् । विराटनगरका धेरै भाग डुबानमा परेका छन् । कोशी राजमार्गको बिजुली अफिस छेउको सडकमा पानी भरिँदा आउजाऊमा निकै समस्या भएको छ । हरेक वर्ष वर्षायाममा विराटनगर जलमग्न हुने गर्छ । बुढी, सिघिंया खोलमा पनि पानीको सतह बढेका छ ।
कोशी राजमार्ग अवरुद्ध पहिरो खस्दा कोशी राजमार्ग अवरुद्ध भएको छ । धनकुटाको महाभारत–३ गरजुवामा पहिरो खसेको हो । धरान धनकुटासहितका क्षेत्रमा चल्ने यातायातका साधन बन्द भएका छन् ।
गरजुवामा खसेको पहिरोका कारण गएराति देखी नै राजमार्ग अबरुद्ध भएको हो ।धनकुटा,तेह्रथुम,संखुवासभा लगायतका पहाडी जिल्लाहरुलाई तराइसँग जोड्ने एक मात्र मार्ग अबरुद्ध हुंदा यात्रु तथा त्यस क्षेत्रका सर्बसाधारणहरु मर्कामा परेका छन् । सडक खुलाउन सडक कार्यालयले स्काभेटर पठाएको छ ।
हराएका वा चोरी भएका मोबाइल अब यसरी सजिलै भेटिन्छ, सावधान !
भुवन भट्ट/सुयेश मानन्धर (इमेज) मोबाइल फोनमा हुने आइएमइआइ नम्बरका कारण हराएको वा चोरी भएको मोबाइल कहाँ प्रयोग भएको छ भन्ने कुरा पत्ता लगाउन सजिलो भएको छ ।
मोबाइल ‘ट्रयाकिङ’ गरेर कहाँ छ भन्ने कुरा पत्ता लगाउन सकिने भएकोले हराएका वा चोरी भएका मोबाइल अब सजिलै भेटिन थालेका छन् ।
मोबाइलमा रहेको १५ अंकको इन्टरनेश्सनल मोबाइल इक्युप्मेन्ट आइडेन्टिफिकेसन अर्थात् आएमइआइ नम्बर मोबाइलको सुरक्षाका लागि बरदान नै हो ।
यसबाट मोबाइल कहाँ र कसले प्रयोग गरेको छ भन्ने पत्ता लाग्ने भएकोले मोबाइल चोरीदेखि लिएर विभिन्न अपराधिक क्रियाकलाप रोक्न सकिने प्रहरीको विश्वास छ ।
हराएको वा चोरिएको मोबाइल ट्रयाकिङ गर्न सकिने भएकोले मोबाइल जसले भेटेपनि आफूले नराखी प्रहरीलाई खबर गर्न प्रहरीले अनुरोध गरेको छ ।
मोबाइल चोरीको घटनामा कानुनअनुसार नै चारीको मुद्दा चलाइने तर मोबाइल भेट्टाएर राख्नेहरुलाई बोलाएर सोधपुछ गर्ने गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रधुम्न कार्कीले बताए । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।
पछिल्ला दुई दिन उल्लेख्य दरले ओरालो लाग्दै आएको शेयर बजार मंगलबार सुधारियो । संसदले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया)को मस्यौदामा पुनर्विचार गर्न अर्थ समितिमा फर्काएसँगै लगानीकर्तामा आशा जगाएको विश्लेषण गरिएको छ । यसदिन नेप्से १३ अंकले उकालो लागेर १६ सय २८ मा पुग्यो । होटल र वित्त सामान्य अंकले ऋणात्मक रहेबाहेक अरु सबै समूह सकारात्मक रहेसँगै नेप्सेमा उल्लेख्य सुधार आएको हो । बीमा समूहमा सबैभन्दा उच्च १ सय ७३ अंकको बृद्धि आयो । जलविद्युत् समूहमा ५३ अंकको सुधार आयो । वाणिज्य बैंक समूह पनि दोहोरो अंकले उक्लियो । यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ३४ कम्पनीको १८ लाख १९ हजार कित्ता शेयर १ अर्ब २२ करोड बढीमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
बिराटनगर को नम्बर एक रेडियो स्टेशन रेडियो नागरिक १००.४ मेघाहर्ज सुन्न न भुल्नु होला...तपाई हरुकै हरपल कै साथी..............तपाई कै मनोरंजन मा समर्पित यस रेडियो को उत्तर-उत्तर प्रगति को किअमाना गर्दक्षौ..................रेडियो नागरिक १००.४ मेघाहर्ज र www.radionagarik.com.np मा सुन्न न भुलाउ.
काबुलमा मारिएका नेपालीको शव ल्याउने तयारी, घाइते ७ जनाको उपचार हुँदै
काठमाडौं, असार ७ । अफगानिस्तानको राजधानी काबुलमा तालिबान आतंककारीको आत्मघाती बम विष्फोटमा मारिएका नेपालीको शव ल्याउन सरकारले पहल सुरु गरेको छ ।
शव ल्याउन, घाइतेको अवस्था बुझ्न र अरु नेपालीको सुरक्षा अवस्थाबारे जानकारी लिन पाकिस्तानस्थित दूतावासबाट नेपाली अधिकारीहरु काबुलतर्फ गएका छन् ।
आज विहानै पाकिस्तानस्थित दूतावासबाट कार्यवाहक राजदूत काबुलतर्फ जानुभएको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले जानकारी दिए । तालिबान आतंकारीको आक्रमणमा हिजो १२ जना नेपाली र नेपाली मूलका २ भारतीय मारिएका थिए ।
परराष्ट्र मन्त्रालयका अनुसार घटनामा परी मारिनेमा मधुसुदन कोइराला, डम्बरबहादुर तामाङ र लीलबहादुर गुरुङ–नुवाकोटका तथा चन्द्रबहादुर राना मगर, बिदुरबहादुर बहादुर सुवेदी क्षेत्री र हरिबहादुर बडुवाल क्षेत्री–काठमाडौंका रहेका छन् ।
यस्तै, अमृतबहादुर थापा–लमजुङ, कृष्णबहादुर ढुंगाना–चितवन, सुपबहादुर गुरुङ–स्याङ्जा, जितेन्द्र सिंह थापा–रुपन्देही, नवीनसिंह क्षेत्री–पर्वत र अकुल तामाङ–सुनसरी पनि मारिएका छन् ।
नेपाली सुरक्षागार्ड चढेको मिनी बसमा पैदल यात्रीले गराएको आत्मघाती बिस्फोटमा परी उनीहरु मारिएका हुन् । मारिने साब्रे सेक्युरिटी कम्पनी मार्पmत काबुलस्थित क्यानेडेली दूतावासमा सेक्युरिटी गार्डको रुपमा कार्यरत थिए ।
जलालावादस्थित क्याम्पमा जाँदै गर्दा गराइएको विष्फोटमा घाइते भएका सात जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । सुरक्षा गार्ड चढेका दुई वटा गाडी मध्ये एउटा गाडी निस्केपछि अर्कोमा आत्मघाती बिस्फोट गराइएको थियो ।
यता, संसदमा सरकारले काबुलमा नेपाली मारिएको घटनालाई मानवता विरोधी अपराधको संज्ञा दिएको छ ।
परराष्ट्र मन्त्री कमल मन्त्री थापाले घटनाबारे संसदलाई जानकारी दिंदै मृत्यु भएकाको शव स्वदेश ल्याउन र घाइतेको उपचार लगायतको व्यवस्था मिलाउन पाकिस्तानस्थित कार्यवाहक राजदूतलाई निर्देशन दिईसकिएको उल्लेख गरे ।
काबुल आक्रमणमा ज्यान जाने नेपालीको परिचय खुल्यो (नामावलिसहित)
अफगानिस्तानको राजधानी काबुलमा आत्मघाती आक्रमणमा परि ज्यान जाने १४ जना नेपालीमध्ये १२ जनाको परिचय खुलेको छ ।
घटनामा १२ जना नेपालीको ज्यान गएको पुष्टि भएको परराष्ट्र मन्त्रालयका सहायक प्रवक्ता सुधिर भट्टराईले जानकारी दिनुभयो । अफगानिस्तानकाे गृह मन्त्रालयले १४ जना नेपालीको ज्यान गएको बताएपनि २ जना बारे अझै अन्यौल रहेको छ ।
नेपाली सुरक्षागार्ड चढेको मिनी बसमा सोमबार बिहान आत्मघाती आक्रमणकारीले बिस्फोट गराएका हुन् । घटनामा घाइते भएका ७ जना नेपाली रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । ज्यान जानेको नामावली
अमृतबहादुर थापा -लमजुङ सुपबहादुर गुरुङ -स्याङ्जा अकुल तामाङ -सुनसरी नवीनसिंह क्षेत्री -पर्वत विदुरबहादुर सुवेदी क्षेत्री -काठमाडौं चन्द्रबहादुर रानामगर -काठमाडौं हरिबहादुर बडवाल क्षेत्री -काठमाडौं डम्बरबहादुर तामाङ -नुवाकोट मधुसुदन कोइराला -नुवाकोट लिलबहादुर गुरुङ -नुवाकोट कृष्णबहादुर ढुंगाना -चितवन जितेन्द्र सिंह थापा -बुटवल घाइते हुनेहरु
गायक विकी श्रेष्ठ विराटनगरवासीका लागि परिचित नाम हो । गीत संगीतको क्षेत्रमा विराटनगरलाई चिनाउन सक्रिय श्रेष्ठ अहिले राजधानीमा संघर्षरत छन् ।
२०६० सालदेखि सांगीतिक छेत्रमा लागेका श्रेष्ठको एक दशकको यो अवधिमा गायनमा निकै जमेका छन् । विराटनगर जन्मिएर आफ्नो सोख र आमा को सपना छोरा गायक बनोस भन्ने भएकोले नै उनी गायनमा सक्रिय भएका हुन ।
श्रेष्ठले भने, राम्रो गायकका रुपमा आफ्नो ठाउँ र देशलाई नै चिनाउने योजना छ ।
गायनको सपना बोकेर एउटा श्रेष्ठले एल्बम रिदम आफ लव १ र २ मा गरी दर्जनौ गीत गएका छन् । हालसम्म दर्जन भन्दाधेरै म्यूजिक भिडियो निर्माणगरेका छन् ।
एल्बमबाट चर्चित भएको म्यूजिक भिडियो । नजाऊ तिमी,मन म छ केहि कुरा,तिम्रो मेरो चर्चा,सिर्सिरे हावा,हरु हुन् अहिले रिदम आफ लव २ बाट मैना तेरो बोल को गीत अमेरिकामा छायांकन गरिएको छ ।
गीतमा चर्चित कलाकार केकी अधिकारी र इशानले अभिनय गरेका हुन् । चर्चित निर्देशक प्रश्न पौडेलले निर्देशन गरेका हुन् ।
साथै क्यामेरामा शम्भू मोक्तानले साथ दिएका हुन् चर्चित एडिटर हिमाल जोशीले एस गीतलाई एडिट गरेका हुन् ।
एस गीतमा सब्द कुन्दन थापा र संगीत सुरज श्रेष्ठले गरेका छन् ।
गीत सोंग्स नेपालबाट सार्वजनिक भएको पहिलो हफ्तामानै दोश्रो स्थानमा सफल हुन पुगेको छ अब मेरो अर्को मिम्यूजिक भिडियो फेरि बजारमा आउने तयारीमा छ ।
विराटनगरःबाल स्वास्थ्य महाशाखाले पूर्ण खोप कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गर्ने भएको छ । सन् २०१७ सम्ममा नेपाललाई विश्वकै पहिलो पूर्ण खोप मुलुक घोषण गर्ने लक्ष्यका साथ सरकार अघि बढेको बताएको छ ।
स्वास्थ्य सेवा विभाग र बालस्वास्थ्य महासाखाले विराटनगरमा मंगलबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा अहिलेसम्म १७ जिल्ला ४५ वटा नगरपालिका र १५ सयभन्दा बढी गाविसलाई पूर्ण खोप घोषण गरिएको जनाएको छ ।
बाल स्वास्थ्य महाशाखाका खोप अधिकृत भरत भण्डारीले बालबालिकालाई झाडापखाला विरुद्ध रोटाभाइरस खोप सञ्चालन गर्न लागेको जानकारी दिनुभयो । आगामीवर्षदेखी यो खोप सञ्चालन गर्ने तयारी भइरहेको जानकारी गराउनु भयो । अहिले बालबालिकालाई सरकारले ११ प्रकारको खोप दिँदै आएको छ । २०३४ सालबाट खोप कार्यक्रम प्रारम्भ भएको हो ।
प्रारम्भ सालमा नेपालमा बालबालिकालाई विफर उन्मुलनकालागी लगाइने खोप सहित ६ प्रकारका खोप दिँदै आएको थियो । त्यसपछि क्रमिक रुपमा थपिदै अहिले ११ प्रकारका खोप लागाइन्छ । अहिले नेपालका १६ हजार खोपकेन्द्र रहेको भण्डारीको भनाइ छ ।
जिल्ला जनस्वाथ्य मोरंङका प्रमुख भानु येङ्गदेनले पूर्ण खोप अभियानलाई सफल बनाउन सबै पक्षले प्रभावकारी रुपमा लागे सफल हुने बताउनु भयो । विराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत गोपाल रेग्मीले बालबालिका स्वस्थ्यका लागि नगरपालिकाले १ करोड २ लाख ४८ हजार तथा बालमैत्रीका लागी १ करोड ४३ लाख २० हजार वजेट विनियोजन गरेको जानकारी दिनुभयो । उहाँले समाज परिवर्तका लागी यस्ता हरेक कुरामा सञ्चारकर्मीको महत्वपूर्ण भुमिका रहने उल्लेख गर्नुभयो ।
कार्यक्रममा कोशी अन्चल अस्पतालका बालरोग विशेषज्ञ डा.रामनारायण चौधरी तथा पत्रकार कौशल निरौलाले खाप कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडी वढाउनुपर्नेमा जोड दिनुभयो ।
पेट-सिटी स्क्यान मेसिन नेपाल भित्रियो, क्यान्सर परिक्षण सहज हुने
लामो प्रतिक्षा पछि क्यान्सर परिक्षणका लागि आवश्यक पर्ने पेट-सिटी स्क्यान (पोजिट्रोन इमिसन टोमोग्राफी) मेसिन नेपाल भित्रिएको छ । भारतको चेन्नईमा अवस्थित सुरिया हस्पिटलको सहकार्यमा सुरिया डाइगनोस्टिक सेन्टरले नेपालमै पहिलो पटक यो मेसिन भित्र्याएको हो ।
करिब १२ करोड रुपैयाँ लगानीमा सेन्टरले उक्त मेसिन नेपाल भित्र्याएको हो । यसको जाँचको लागि प्रति व्यक्तिलेे सत्तरी हजार रुपैया खर्च गर्नु पर्नेछ । नेपालमा दक्ष जनशक्ति हुदाँहुँदै पनि मेसिन अभावमा अधिकांश नेपाली थप उपचारका लागि भारत, बैंकक, सिंगापुर लगायतका देश जान बाध्य थिए । मेसिन अभावमै गत वर्ष पूर्व राष्ट्रपति रामवरण यादव पनि क्यान्सर परिक्षणका लागि जापान पुगेका थिए ।
करिब एक महिना पहिले जडान गरिएको यस मेसिनद्वारा सेन्टरले हालसम्म सात जना क्यान्सर रोगीको पेट-स्क्यान गरिसकेको छ । सेन्टरका अनुसार यो मेसिनद्धारा क्यान्सररोगको पहिचान गर्न, विरामीको अवस्थाबारे जानकारी लिन मद्दत पुग्छ ।
त्यसैगरी यस रोगमा प्रयोग भएको औषधी शरीरमा प्रभावकारी भए नभएको तथा शरीरमा क्यान्सरको कण भए नभएको पत्ता लगाउने, तथा मुटु रोग तथा विभिन्न खाले दिमागको रोगको अवस्था जान्न पनि सघाउ पुर्याउने प्रेस विज्ञप्तिमा उल्लेख छ ।
सेन्टरका अनुसार क्यान्सर पीडित व्यक्तिमा कुन तहको क्यान्सर भएको छ र त्यो कुन अवस्थामा छ भनेर जाँच गर्न यस मेसिनको प्रयोग गरिन्छ । त्यसको लागि विरामीका शरीरमा इन्जेक्सन मार्फत औषधी हालिन्छ ।
‘केही समयपछि शरीरमा भएका कोषिकाले औषधी सोसेको आधारमा उक्त ठाउँमा क्यान्सर भए/नभएको तथा कुन अवस्थामा भएको पत्ता लगाइन्छ’, सेन्टरकी प्रमुख कार्यकारी अधिकृत तथा रेडियोलोजिष्ट डा. कृताञ्जली कोइरालाले अनलाइनखबरसँग भनिन् ।
विराटनगरःनुनसरी बक्राहा खोलाले बाँध फुटाएर शनिबार बिहान उत्तरी मोरङको मधुमल्लास्थित एक बस्तीमा पसेको छ ।
मोरङको मधुमल्ला–५ स्थित बेतेनीमा नुनसरी बक्राहा खोलो बाँध फुटाएर बस्तीमा पसेको छ । पहाडी भेगमा परेको भारी वर्षासंगै बिहान ५ बजेततिर खोलामा आएको बाढीले बाँध फुटाएर बस्तीमा पस्दा सात घर डुबानमा परेका छन् । खोलो गाउँ पसेपछि त्रसित बनेका स्थानीय बासिन्दाबीच भागदौड मच्चिएको थियो ।
स्थानीय पूर्ण बस्नेतका अनुसार बाँध फुटाएर बस्तीमा पसेको बाढीले धनबहादुर मगर, रविन दर्जी, रणवीर दर्जी, यज्ञ दर्जी, प्रेम गोले, मानबहादुर गोले र नन्दी गोलेको घर डुवानमा परे ।
बस्तीको पश्चिमतर्फबाट बाँध फुटाएर खोलो पसेपछि डुवान पीडितहरु सुरक्षित स्थान बसोबास गरेका छन् । विहानपख भएकाले सबै गाउँका उठेका कारण त्यस्तो मानवीय क्षति हुन पाएन । बाँध फुटाएर गाउँमा पस्न थालेपछि स्थानियले घरका सरसामान, बस्तुभाउ सुरक्षित स्थानमा पुर्याएका थिए ।
स्थानियका अनुसार कमजोर तटबन्धका कारण बाँध फुटाएर खोलो बस्तीमा पस्दा समस्या भएको बताए । खोलामा निर्माण गरिने तटबन्धनको कमजोरीका कारणले गर्दा बर्षेनी बाढीकै त्रासमा बस्नु पर्ने अवस्था रहेको स्थानीयले बताए ।
यसैबीच खोलाले बगाएर ल्याएको अवस्थामा खोलाको किनारमा आज बिहान एक युवक मृत अवस्थामा भेटिएका छन् । मधुमल्ला ४ स्थित नुनसरी खोलाको किनारमा खोलाले बगाएर ल्याएको अवस्थामा पहिचान हुन नसकेका अन्दाजी २०÷२१ वर्षिय युवकको शव फेला परेको इलाका प्रहरी कार्यालय मधुमल्लाका प्रहरी नायव निरिक्षक यदु खड्काले जानकारी दिनुभयो । घटनाबारे अनुसन्धान भईरहेको प्रहरी नायव निरिक्षक खड्काले बताउनुभयो ।
- See more at: http://koshikhabar.com/story/3403#sthash.wUNUdtEZ.dpuf
Criminal charges have been filed in Houston, Texas, against a 24-year-old middle school English teacher who allegedly engaged in a sexual relationship with one of her 13-year-old students, PEOPLE confirms.
According to prison records, Alexandria Vera was taken into custody Wednesday morning after an arrest warrant had been issued.
A Montgomery County Police spokesman tells PEOPLE investigators believe that Vera was, at one time, pregnant with the eighth grade student’s child.
Vera, a teacher for the Aldine Independent School District, was the subject of a recently launched investigation into her alleged sexual relationship with a 13-year-old student at Stovall Middle School, a law enforcement official explains.
Detectives claim Vera acknowledged having a sexual relationship with the student, telling them the two began getting intimate last September.
Vera allegedly told investigators she’d first met the student during a summer school session. The student tried connecting with Vera via Instagram, which she initially ignored. Then, when he failed to show for classes, Vera allegedly sent a message to the boy, who responded by asking for her phone number.
Police claim that Vera told them the student asked if they could meet up and she agreed. Court records indicate Vera told detectives she drove to the student’s house to pick him up. Not long after, the two kissed in her car.
•Want to keep up with the latest crime coverage? Click here to get breaking crime news, ongoing trial coverage and details of intriguing unsolved cases in the True Crime Newsletter.
The next day, Vera claims she drove back to the student’s home. While his parents were at work, Vera and the student allegedly had sex.
Vera allegedly claimed during questioning that the boy’s parents were aware of the relationship, and were so approving of the union that they let their child spend nights at her house.
Vera told investigators she would drop him off at his home in the morning so he could catch the bus to school, police explain.
Police say Vera told them that when she met with the boy’s parents in October, he introduced her as his girlfriend.
In January, after months of sexual encounters, Vera allegedly told police she learned she was pregnant by the boy’s child. Records indicate she disclosed the pregnancy to the 13-year-old’s parents, and that they expressed support and excitement over the impending bundle.
But a month later, the child was aborted not long after representatives from Child Protective Services arrived at her school to question her and the student about their relationship.
A spokesman tells PEOPLE Vera initially denied being involved with the student.
Vera has been charged with continuous sexual abuse of a child. Court records do not include information about her defense lawyer.
Alexandria M. Vera, an eighth-grade English teacher at Stovall Middle School in Houston, told police in April that the relationship she had with one of her students started through messages on Instagram — and had evolved into a great love. On Wednesday, two months after the police investigation began and nearly eight months after 24-year-old Vera allegedly started having sex with the eighth-grader, authorities issued a warrant for her arrest on a felony charge of continuous sexual abuse of a child. The student is under the age of 14. Vera turned herself in at a suburban jail in Montgomery County and later was released on $100,000 bond, reported the Associated Press. Court documents filed last ...
काठमाडौँ,जेष्ठ १३ गते । ट्राफिक जरिवाना रकम बढाइको विरोधमा यातायात व्यवसायीले चक्काजाम गरेका छन् । बस, माइक्रो लगायतका सार्वजनिक गाडी नचलाउँदा बिहानैदेखि यात्रु मर्कामा परेका छन् । यात्रीहरु पैदलनै गन्तव्यतर्फ जाँदै गरेको देखिन्छ ।
लेन पालना नगर्ने, जथाभावी पार्किङ गर्ने जस्ता ट्राफिक नियम उल्लंघनका घटनामा जेठ १ गतेदेखि कम्तिमा पाँच सयदेखि बढीमा १५ सय रुपैयाँसम्म जरिवाना लिन सकिने नियम लागू भएपछि यातायात व्यवसायी विरोधमा उत्रिएका हुन् । व्यवासयीले ट्राफिक जरिवाना शुल्क बढाइएको विरोधमा बिहीबार देशभरी नै सार्वजनिक गाडी नचलाउने घोषणा गरेका छन् । सरकारले सरोकारवालासँग छलफल नै नगरी ऐन संशोधन गरेर नयाँ नियम लागू गरेको आरोप लगाउँदै व्यवसायीहरुले नयाँ नियमले आफूहरुको व्यासाय नै धरापमा परेको जनाएका छन् । ट्राफिक जरिवाना बढाउनु भन्दा पनि नियम उल्लंघन हुने वातावरण नै बन्न नदिन लाग्नु पर्ने उनीहरुको भनाई छ ।
व्यवसायीको बन्दका कारण काठामाडौं उपत्यकामा बिहानैदेखि भाडाका गाडी चलेका छैनन् । फाट्टफुट्ट ट्याक्सी देखिए पनि अन्य कुनै पनि भाडाका सवारी साधन सडकमा देखिएका छैनन् । काठमाडौंबाट बाहिरिने र काठमाडौं भित्रिने लामो दूरीका गाडी पनि चल्न नसकेको ट्राफिक प्रहरीले जनाएको छ ।
यता, गृह मन्त्रालयले भने गाडी नचलाए कारबाही गर्ने चेतावनी दिएको छ । यातायात व्यवसायी तथा मजदुरले बन्द आह्वान गरेपछि देशभर सुरक्षा व्यवस्था कडा पारिएको जनाउँदै गृह मन्त्रालयले नियम अनुसार गाडी नचालाए कारबाही गर्ने चेतावनी दिएको छ ।