उज्यालो विराटनगरको लागि ८ करोड बजेट
विराटनगरः विराटनगर उपमहानगरपालिकाले उज्यालो विराटनगर बनाउने उदेश्यका साथ आगामी वर्ष ८ विराटनगरका सडकमा सोलार लाइट जडान गर्ने भएको छ ।
बहुवर्षीय परियोजना अन्र्तगत आगामी साउनदेखि सोलार लाइट जडान गर्ने कार्यक्रम शुरु गर्न लागिएको हो । उपमहानगरपालिकाका कार्यकारी अधिकृत गोपाल रेग्मीका अनुसार सडकहरुमा यस्तो लाइट वाल्ने परियोजना यस अघि नै अगाडी सारिएपनि बजेटको अभावमा काम शुरु हुन सकेको थिएन् । तर यस वर्ष स्थानीय विकास मन्त्रालयले ८ करोड २४लाख रुपैयाँ उपमहानगरपालिकालाई दिने भएको छ ।
विराटनगर उपमहानगरपालिकाका योजना महाशाखाका प्रमुख भरत न्यौपानेले यो आयोजना शुरु भएपछि सडक बत्तीको समस्या विस्तारै हल हुने बताए । उनका अनुसार नगरभित्र २ हजार ५ सय ७१ वटा सोलार लाइट जडान गर्ने प्रस्ताव गर्दै स्थानीय विकास मन्त्रालयमा २७करोड ६३ लाख ७४ हजार रुपैयाँको प्रस्ताव पेश गरिएकोमा पहिलो चरणमा ८करोड २४ लाख परियोजना स्विकृती भएको हो ।
सोलार जडान गर्न पहिलो आउनेलाई पहिलो प्राथमिता दिएर काम थाल्ने योजना बनाइएको न्यौपानेले जानकारी दिए । परियोजनाको ६५ प्रतिशत, नगरपालिकाको २० प्रतिशत र उपभोक्ताको १५ प्रतिशत सहभागीतामा नगरभित्रका विभिन्न सडकहरुमा सोलार जडान गरिने लक्ष्य राखिएको छ ।
सामान्यतया एउटा सोलार लाइट जडानकालागि करिब १ लाख रुपैयाँ खर्च हुने अनुमान छ । विराटनगर उपमहानगरपालिकाले विभिन्न परियोजनाहरु व्यापकरुपमा सञ्चालन गरिरहेको बेला यो नयाँ परियोजना आएको हो ।

Labels: NEWS
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home