लगातारको वर्षाले इटहरी डुबानमा, विराटनगर पनि जलमग्न,कोशी राजमार्ग अवरुद्ध
सुनसरीःलगातार पानी परेर सहरबाट निस्कने निकास नहुँदा सुनसरीको इटहरीका सयौं घर डुबानमा परेका छन् ।
मंगलबार बिहान ३ बजेदेखि पूर्वाञ्चल क्षोत्रमा पानी परिरहेको छ । इटहरीको उत्तरी भेगका घरहरु डुबानमा परेका छन । नेपाली सेनाको क्याम्प छेऊ र दक्षिणपट्टीका धेरै घरमा पानी पसेको छ ।
दक्षिणतर्फका घर पनि डुबानमा परेका छन् । वर्षापछि जलाशयहरुमा पानीको सतह बढेर आएको बाढीले सुनसरीका अधिकांश क्षेत्र डुबानमा परेका हुन । सुनसरी खोला र सुनसरी मरिया खोलामा आएको बाढीले सुनसरीको बबिया, जल्लापुर, भुटाहा, नरसिङ, वसन्तपुर, गौतमपुर, भोक्राहा, लौकही, मधुवन लगायतका क्षेत्र बढी प्रभावित भएको छ । सो क्षेत्रका अधिकांश घरहरुमा बाढी पसेपछि सर्वसाधारणको विचल्ली भएको छ ।
यता विराटनगरको मुख्य सडकहरु जलमग्न छन् । विराटनगरका धेरै भाग डुबानमा परेका छन् । कोशी राजमार्गको बिजुली अफिस छेउको सडकमा पानी भरिँदा आउजाऊमा निकै समस्या भएको छ । हरेक वर्ष वर्षायाममा विराटनगर जलमग्न हुने गर्छ । बुढी, सिघिंया खोलमा पनि पानीको सतह बढेका छ ।
कोशी राजमार्ग अवरुद्ध
पहिरो खस्दा कोशी राजमार्ग अवरुद्ध भएको छ । धनकुटाको महाभारत–३ गरजुवामा पहिरो खसेको हो । धरान धनकुटासहितका क्षेत्रमा चल्ने यातायातका साधन बन्द भएका छन् ।
गरजुवामा खसेको पहिरोका कारण गएराति देखी नै राजमार्ग अबरुद्ध भएको हो ।धनकुटा,तेह्रथुम,संखुवासभा लगायतका पहाडी जिल्लाहरुलाई तराइसँग जोड्ने एक मात्र मार्ग अबरुद्ध हुंदा यात्रु तथा त्यस क्षेत्रका सर्बसाधारणहरु मर्कामा परेका छन् । सडक खुलाउन सडक कार्यालयले स्काभेटर पठाएको छ ।

Labels: NEWS
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home