Tuesday, 21 June 2016

ओलीको क्षेत्रमा गुरुको गर्जन

दमकःनेपाली कांग्रेसका युवा नेता तथा तत्कालीन समयमा भएको गणतान्त्रिक आन्दोलनका अगुवा गुरु घिमिरे गणतन्त्र दिवस प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा रहे ।  

९ औं गणतन्त्र दिवस मनाउन नेपाली कांग्रेस दमक १० ले आयोजना गरेको विशेष कार्यक्रममा प्रमुख अतिथीका रुपमा निम्त्याइएका घिमिरेले  गणतान्त्रिक आन्दोलन र सो क्रममा तत्कालिन एमाले नेताका रुपमा रहेका प्रधानमन्त्री ओलीको भूमिकाबारे खुलेर चर्चा गरे । 

नेविसंघको केन्द्रीय सभापतिका हैसियतले माउ पार्टीका कतिपय नेताहरुसंग समेत अन्तरविरोध राख्दै गणतन्त्रको एजेण्डा लिएर आन्दोलनमा उभिएका नेता घिमिरेले ४ बर्षे गणतान्त्रिक आन्दोलनमा ओली चार दिन पनि सडकमा ननिस्किएको बरु उल्टै बयलगाडा चढेर अमेरिका पुगिदैन भन्दै गणतान्त्रिक आन्दोलनकै अपमान हुने गरी  अभिव्यक्ति दिएको  स्मरण गरे ।

  नेता घिमिरेले भने -आज संयोग परेको छ । उहाँ (ओली)ले प्रतिनिधित्व गरेको क्षेत्रमा आएर मैले यो कुरा राख्ने मौका पाएको छु वास्तविक कुरा भन्नु पर्छ उहाँले गणतन्त्र आउने सोच्नु पनि भएको थिएन ।  
गणतान्त्रिक आन्दोलनका विरुद्ध अभिव्यक्ति दिनेलाई गणतान्त्रिक नेपालको प्रधानमन्त्री हुन र गणतन्त्र दिवस मनाउनु सरम लाग्नु पर्नेे हो । सो कार्यक्रममा घिमिरेले २० जना बृद्धलाई प्रमाण पत्र र दोसल्ला ओढाएर सम्मान गरे । 

पार्टीका वडा सभापति राजु राउतको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति उद्धव थापाको विशेष आतिथ्य रहेको थियो । कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्यहरु शेरबहादुर भट्टराई, सुरेश सुब्बा, दिलबहादुर बुढाथोकी, भगिरथ पोद्धार, महाधिवेशन प्रतिनिधी रोशन गौतम, रेगिना भट्टराई, पार्टीका क्षेत्रीय सचिव चुडेन्द्र खड्का र दमक नगर सभापति रोशन विष्टले शुभकामना मन्तव्य राखेका थिए ।         

Labels:

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home