Sunday, 26 June 2016

Image copyrightPA
shivam mishra
स्कटल्याण्डकी प्रथम मन्त्री निकोला स्टर्जनले ब्रिटेनले युरोपेली संघ इयु त्याग्न गरेको निर्णयमाथि स्कटिस संसदले भिटो प्रयोग गर्न सक्छ भनेकी छन्।
बीबीसी संग कुरा गर्दै उनले इयुबाट अलग्गिने संयुक्त अधिराज्यको निर्णयलाई एडिनबराको व्यवस्थापिकाले पनि स्वीकृति दिनुपर्छ भनिन्।
तर आफुले त्यस्तो स्वीकृति नदिन स्कटिस सांसदहरुलाई आग्रह गर्ने उनले बताइन्।
उनले भनिन्, “निश्चयपनि यदी स्कटिस संसदले यस विषयलाई स्कटल्याण्डको स्वार्थको आधारमा विचार गर्ने हो भने आफ्नो स्वार्थ विपरित हुने कुनै विषय यसले नमान्ने विकल्प छँदैछ।”

घातक

इयुबाट अलग्गिंदा आइपर्ने, उनकै शब्दमा, घातक परिणामबाट स्कटिश जनतालाई जोगाउन आफुले चाहेको उनले बताइन्।
तर केही कानुनविदहरुले भने असाधारण परिस्थितिमा स्कटल्याण्डसम्बन्धी कानुन बनाउने शक्ति लन्डनमा निहित रहेको भन्दै स्टर्जनको व्याख्याप्रति आशंका व्यक्त गरेका छन्।
संयुक्त अधिराज्यमा भएको जनमत संग्रहमा स्कटल्याण्डका मतदाताहरुले चाहीं इयुभित्रै रहने पक्षमा भारी मत दिएका थिए। सो निर्वाचनका क्रममा ब्रिटेनले इयु छाड्ने पक्षमा ५२ प्रतिशतको बहुमत परेको थियो।
तर स्कटल्याण्डको तस्वीर भने वेग्लै छ। त्यहाँ ६२ प्रतिशत मतदाताले इयुमै रहनुपर्ने पक्षमा मत दिएका थिए।
जनमतसंग्रहको परिणाम आएलगत्तै उनले अब स्कटल्याण्डको स्वतन्त्रताबारे दोस्रो जनमतसंग्रहको चर्चा गरेकी थिइन्। सन् २०१४ को सेप्टेम्बरमा भएको जनमतसंग्रहमा संयुक्त अधिराज्यमै रहने पक्षमा स्कटल्याण्डका ५५ प्रतिशत मतदाताले भोट दिएका थिए।

Labels:

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home