Sunday, 26 June 2016

२३ वर्षपछि जेलबाट छुटेका एक निर्दोष बन्दीको दर्दनाक कथा


'मैले आफ्नो जिन्दगीको सबैभन्दा स्वर्णिम समय ८ हजार १ सय ५० दिन जेलमा बिताएँ । अब मेरा लागि यो बाँकी जिन्दगीको कुनै अर्थ छैन ।म एक जिउँदो लास हुँ ।'कानुन आफै अन्धो भएपछि निर्दोषहरुले कसरी दुःख पाउँछन् भन्ने उदाहारण हो यो । भारतको कर्नाटकका एक व्यक्तिले २३ वर्ष जेलको चिसो छिँडीमा अनाहकमा बिताएका छन् । २० वर्षको जवान हुँदा जेल परेका ति निर्दोष व्यक्ति आज ४५ वर्षका भएका छन् । उनी भन्छन् ‘अब मेरो बाँकी जिन्दगीको कुनै अर्थ छैन ।’हामीले भारतबाट प्रकाशित हुने एक पत्रिकाबाट यो सामग्री साभार गरेर प्रकाशित गरेका छौं ।जेलबाट छुट्ने बेला निसारको हालत एकदमै बिग्रिएको थियो । उनको मानसिक स्थितिसमेत राम्रो थिएन । हिडडुल गर्न सक्दैन थिए । २३ वर्षको लगातार जेल बसाई र यातानाले गर्दा उनको शरिर पुरै विग्रिएको थियो । जेलबाट निस्किएपछि निसारले भने,‘मेरो खुट्टा चल्दैन । मैले योपनि भूलिसकेकी म स्वतन्त्र भएँ ।’निसार त्यही व्यक्तिहरु मध्ये एक हुन् जसलाई सुप्रिम कोर्टले २०१६ मे ११ मा जयपुर जेलबाट रिहा गर्न आदेश दिएको थियो । २३ वर्ष अगाडि उनलाई आजीवन कारावारका लागि जेल सजाय सुनाइएको थियो । तर आश्चर्यको कुरा २३ वर्षपछि अदालतले उनी सहित उनीसँगै जेल परेका साथीहरुलाई निर्दोष सावित गरेर रिहा ग¥यो । उनीहरु तीन जनालाई रेलमा बम विस्फोट गराएर दुई जनाको हत्या र ८ जना घाइते बनाएको आरोप लागेको थियो । २३ वर्षपछि उनीहरु जेलबाट निर्दोष सावित भएर निस्कँदा उनीहरुको परिवार पुरै तहन नहस भइसकेको थियो ‘मैले आफ्नो जिन्दगीको सबैभन्दा स्वर्णिम समय ८ हजार १ सय ५० दिन जेलमा बिताएँ । अब मेरा लागि यो बाँकी जिन्दगीको कुनै अर्थ छैन । यो मेरो जिउँदो लास मात्र हो ।
ती तीन मध्ये निसारले भने, ‘मैले आफ्नो जिन्दगीको सबैभन्दा स्वर्णिम समय ८ हजार १ सय ५० दिन जेलमा बिताएँ । अब मेरा लागि यो बाँकी जिन्दगीको कुनै अर्थ छैन । तपाई जुन अवस्थामा मलाई देखिरहनु भएको छ, यो मेरो जिउँदो लास मात्र हो । जुन बेला मलाई जेलमा राखिएको थियो त्यो बेला म २० वर्षको थिएँ । आज मेरो उमेर ४५ वर्षको भएको छ । म जेलमा पर्दा मेरी सानी बहिनीको उमेर १२ वर्षको थियो । आज उनकी छोरी नै १२ वर्षको भइसकेको छ । मेरी भतिजी एक वर्षकी थिइ । आज उनको विवाह भइसकेको छ । मेरो पिढींको एउटा अध्याय नै गायव भएको छ । ’जेलबाट रिहा भएको पहिलो रात निसारले जयपुरको एउटा होटलमा बिताएका थिए । होटलको कोठामा उनी सुत्न सकेनन् । रातभर एक क्षणपनि ननिधाई बसे । त्यसको कारण थियो, उनी होटलको विस्तारामा सुत्नै सकेनन् । उनलाई त्यो आरामदायी ओच्छ्यानले विझायो । डस्ना सहितको ओच्छ्यानमा सुत्ने उनको बानी नै हटिसकेको थियो ।
१५ जनवरी सन् १९९४ मा उनी फार्मेसीको विद्यार्थी थिए । १५ दिन पछि उनको परीक्षा आउँदै थियो । उनी परीक्षाको तयारीका लागि कलेज जान युनिफर्म लगाएर घर बाहिर निस्कन मात्र लागेका थिए । गेटबाहिर निस्कने वित्तिकै उनको कन्चटमा पेस्तोल ताकियो र गेटबाटै पुलिसहरुले गिरफ्तार ग¥यो । उनको घर रहेको कर्नाटकका पुलिसलाई उनको गिरफ्तारीको कुनै पूर्वजानकारी थिएन । उनलाई गिरफ्तार गर्न हैदरावादको पुलिसहरु आएका थिए ।
त्यसपछि २८ फरवरी १९९४ मा उनलाई रेलमा बम विस्फोट गराएको कसुरमा अदालतमा पेस गरियो । अदातलले उनलाई दोषी ठहर्याएर आजीवन कारबासको सजाय सुनायो । उनको ठूलो दाजुलाई पनि मुम्बईमा सिभिल इन्जिनियरिङ अध्ययन गरिरहेकै अवस्थामा गिरफ्तार गरि उनलाई पनि आजीवन कारबारमा जेल हालियो । आफ्ना दुई सन्तानलाई निर्दोष सावित गराएर जेलबाट छुटाउन संघर्ष गर्दा गर्दै उनको बुवाको सन् २००६ मा मृत्यु भयो । निसारका दाई जहीरले भनेका थिए हाम्रो परिवारमा परेको यस्तो भयानक ‘ट्रेजडी’ एउटा परिवारका लागि कस्तो घटना भयो होला ? अर्को दुखत् कुरा, निसारका दाईलाई जेलमा बस्दा बस्दै क्यान्सर भयो । क्यान्सर भएपछि उनलाई जेलबाट निकालियो । जेलबाट निस्केपछि दाईले आफ्नो उपचारमा ध्यान दिएनन् । आफ्नो निर्दोष भाइ र उनीसँगै जेलमा परेका निर्दोष बन्दीहरुलाई छुटाउन उनले प्रमाणहरु जुटाउन समय खर्च गरे । त्यही क्यान्सर लागेको दाईले जुटाएको प्रमाणको आधारमा उनीहरुलाई २३ वर्षपछि अदालतले निर्दोष सावित गरि जेलबाट रिहा ग¥यो । तर दुखत् पक्ष क्यान्सरसँग लडिरहेको आफ्ना दाजुलाई निसारले भेट्न पाएनन् । उनको ९ मे २००८ मै मृत्यु भइसकेको थियो ।कानपुर र मुम्बईमा भएको बम विस्फोटमा उनीहरु सम्लग्न भएको आरोप प्रहरीले लगाएको थियो । उनीहरुले विभिन्न परिवन्धमा परि अपराध कबुल गरेका थिए । रिहापछि निसारले अदालतलाई धन्यवाद दिएका छन् ।

Labels:

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home