खोप प्रभावकारी बनाइने
विराटनगरःबाल स्वास्थ्य महाशाखाले पूर्ण खोप कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गर्ने भएको छ । सन् २०१७ सम्ममा नेपाललाई विश्वकै पहिलो पूर्ण खोप मुलुक घोषण गर्ने लक्ष्यका साथ सरकार अघि बढेको बताएको छ ।
स्वास्थ्य सेवा विभाग र बालस्वास्थ्य महासाखाले विराटनगरमा मंगलबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा अहिलेसम्म १७ जिल्ला ४५ वटा नगरपालिका र १५ सयभन्दा बढी गाविसलाई पूर्ण खोप घोषण गरिएको जनाएको छ ।
बाल स्वास्थ्य महाशाखाका खोप अधिकृत भरत भण्डारीले बालबालिकालाई झाडापखाला विरुद्ध रोटाभाइरस खोप सञ्चालन गर्न लागेको जानकारी दिनुभयो ।
आगामीवर्षदेखी यो खोप सञ्चालन गर्ने तयारी भइरहेको जानकारी गराउनु भयो । अहिले बालबालिकालाई सरकारले ११ प्रकारको खोप दिँदै आएको छ । २०३४ सालबाट खोप कार्यक्रम प्रारम्भ भएको हो ।
प्रारम्भ सालमा नेपालमा बालबालिकालाई विफर उन्मुलनकालागी लगाइने खोप सहित ६ प्रकारका खोप दिँदै आएको थियो । त्यसपछि क्रमिक रुपमा थपिदै अहिले ११ प्रकारका खोप लागाइन्छ । अहिले नेपालका १६ हजार खोपकेन्द्र रहेको भण्डारीको भनाइ छ ।
जिल्ला जनस्वाथ्य मोरंङका प्रमुख भानु येङ्गदेनले पूर्ण खोप अभियानलाई सफल बनाउन सबै पक्षले प्रभावकारी रुपमा लागे सफल हुने बताउनु भयो । विराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत गोपाल रेग्मीले बालबालिका स्वस्थ्यका लागि नगरपालिकाले १ करोड २ लाख ४८ हजार तथा बालमैत्रीका लागी १ करोड ४३ लाख २० हजार वजेट विनियोजन गरेको जानकारी दिनुभयो । उहाँले समाज परिवर्तका लागी यस्ता हरेक कुरामा सञ्चारकर्मीको महत्वपूर्ण भुमिका रहने उल्लेख गर्नुभयो ।
कार्यक्रममा कोशी अन्चल अस्पतालका बालरोग विशेषज्ञ डा.रामनारायण चौधरी तथा पत्रकार कौशल निरौलाले खाप कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडी वढाउनुपर्नेमा जोड दिनुभयो ।

Labels: NEWS
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home