बक्राहाको बाढीले सात घर डुवानमा
विराटनगरःनुनसरी बक्राहा खोलाले बाँध फुटाएर शनिबार बिहान उत्तरी मोरङको मधुमल्लास्थित एक बस्तीमा पसेको छ ।
मोरङको मधुमल्ला–५ स्थित बेतेनीमा नुनसरी बक्राहा खोलो बाँध फुटाएर बस्तीमा पसेको छ । पहाडी भेगमा परेको भारी वर्षासंगै बिहान ५ बजेततिर खोलामा आएको बाढीले बाँध फुटाएर बस्तीमा पस्दा सात घर डुबानमा परेका छन् । खोलो गाउँ पसेपछि त्रसित बनेका स्थानीय बासिन्दाबीच भागदौड मच्चिएको थियो ।
स्थानीय पूर्ण बस्नेतका अनुसार बाँध फुटाएर बस्तीमा पसेको बाढीले धनबहादुर मगर, रविन दर्जी, रणवीर दर्जी, यज्ञ दर्जी, प्रेम गोले, मानबहादुर गोले र नन्दी गोलेको घर डुवानमा परे ।
बस्तीको पश्चिमतर्फबाट बाँध फुटाएर खोलो पसेपछि डुवान पीडितहरु सुरक्षित स्थान बसोबास गरेका छन् । विहानपख भएकाले सबै गाउँका उठेका कारण त्यस्तो मानवीय क्षति हुन पाएन । बाँध फुटाएर गाउँमा पस्न थालेपछि स्थानियले घरका सरसामान, बस्तुभाउ सुरक्षित स्थानमा पुर्याएका थिए ।
स्थानियका अनुसार कमजोर तटबन्धका कारण बाँध फुटाएर खोलो बस्तीमा पस्दा समस्या भएको बताए । खोलामा निर्माण गरिने तटबन्धनको कमजोरीका कारणले गर्दा बर्षेनी बाढीकै त्रासमा बस्नु पर्ने अवस्था रहेको स्थानीयले बताए ।
यसैबीच खोलाले बगाएर ल्याएको अवस्थामा खोलाको किनारमा आज बिहान एक युवक मृत अवस्थामा भेटिएका छन् । मधुमल्ला ४ स्थित नुनसरी खोलाको किनारमा खोलाले बगाएर ल्याएको अवस्थामा पहिचान हुन नसकेका अन्दाजी २०÷२१ वर्षिय युवकको शव फेला परेको इलाका प्रहरी कार्यालय मधुमल्लाका प्रहरी नायव निरिक्षक यदु खड्काले जानकारी दिनुभयो । घटनाबारे अनुसन्धान भईरहेको प्रहरी नायव निरिक्षक खड्काले बताउनुभयो ।
- See more at: http://koshikhabar.com/story/3403#sthash.wUNUdtEZ.dpufमोरङको मधुमल्ला–५ स्थित बेतेनीमा नुनसरी बक्राहा खोलो बाँध फुटाएर बस्तीमा पसेको छ । पहाडी भेगमा परेको भारी वर्षासंगै बिहान ५ बजेततिर खोलामा आएको बाढीले बाँध फुटाएर बस्तीमा पस्दा सात घर डुबानमा परेका छन् । खोलो गाउँ पसेपछि त्रसित बनेका स्थानीय बासिन्दाबीच भागदौड मच्चिएको थियो ।
स्थानीय पूर्ण बस्नेतका अनुसार बाँध फुटाएर बस्तीमा पसेको बाढीले धनबहादुर मगर, रविन दर्जी, रणवीर दर्जी, यज्ञ दर्जी, प्रेम गोले, मानबहादुर गोले र नन्दी गोलेको घर डुवानमा परे ।
बस्तीको पश्चिमतर्फबाट बाँध फुटाएर खोलो पसेपछि डुवान पीडितहरु सुरक्षित स्थान बसोबास गरेका छन् । विहानपख भएकाले सबै गाउँका उठेका कारण त्यस्तो मानवीय क्षति हुन पाएन । बाँध फुटाएर गाउँमा पस्न थालेपछि स्थानियले घरका सरसामान, बस्तुभाउ सुरक्षित स्थानमा पुर्याएका थिए ।
स्थानियका अनुसार कमजोर तटबन्धका कारण बाँध फुटाएर खोलो बस्तीमा पस्दा समस्या भएको बताए । खोलामा निर्माण गरिने तटबन्धनको कमजोरीका कारणले गर्दा बर्षेनी बाढीकै त्रासमा बस्नु पर्ने अवस्था रहेको स्थानीयले बताए ।
यसैबीच खोलाले बगाएर ल्याएको अवस्थामा खोलाको किनारमा आज बिहान एक युवक मृत अवस्थामा भेटिएका छन् । मधुमल्ला ४ स्थित नुनसरी खोलाको किनारमा खोलाले बगाएर ल्याएको अवस्थामा पहिचान हुन नसकेका अन्दाजी २०÷२१ वर्षिय युवकको शव फेला परेको इलाका प्रहरी कार्यालय मधुमल्लाका प्रहरी नायव निरिक्षक यदु खड्काले जानकारी दिनुभयो । घटनाबारे अनुसन्धान भईरहेको प्रहरी नायव निरिक्षक खड्काले बताउनुभयो ।
Labels: NEWS
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home