Tuesday, 20 December 2016

गुल्मी खुलेको एक दिन नवित्दै फेरि बन्द

सिमाङ्कनको बिरोधमा आन्दोलनका कारण बन्द भएको २० औ दिनमा खुलेको गुल्मी फेरि बन्द भएको छ ।
युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या भएको बिरोधमा गुल्मी फेरि बन्द भएको हो ।
अखण्ड ५ नम्बर प्रदेशको आन्दोलनमा रुपन्देहीमा युवाहरुको नेतृत्व गरेका तिवारीको हत्या भएपछि पुनः गुल्मी बन्दको आहृवान गरेको वताइएको छ ।
बन्दकर्ताहरुले मंगलबार बिहानैदेखि सदरमुकाम तम्घास बजार बन्द गराउदै हिडेका छन् । बन्दका कारण तम्घासवासीको दैनिकी प्रभावित भएको छ ।
Gulmi-Banda

बन्दका कारण बिहानैदेखि तम्घासका पसल, उद्योग, कलकारखाना, शिक्षण सस्था, ब्यापार ब्यवसाय ठप्प छ । जिल्लाबाट छुट्ने लामो तथा छोटो दुरीका कुनै पनि सवारीका साधनहरु चलेका छैनन् ।

Labels:

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home