टेष्ट क्रिकेट
नयाँ व्याट्सम्यान करुण नेइरको तेहोरो शतक मद्धतमा भारतले इंग्ल्याण्ड विरुद्धको पाँचौ तथा अन्तिम टेस्टमा २ सय ८२ रनको अग्रता लिएको छ । नेइरको नटआउट ३ सय ३ र लोकेश राहुलको २ सय ९९ रनको मद्धतमा भारतले चौथो दिन ७ विकेट गुमाएर ७ सय ५९ रन जोडेको हो ।
३ सय ८१ बलको सामना गरेका नेइरले ३२ चौका र ४ छक्काको मद्धतमा नटआउट ३ सय ३ रन जोडेका हुन ।
जारी सिरिजमा सर्वाधिक रन बनाउने उनी एक्ला व्याट्सम्यान हुन । भारतले पहिलो पारीमा ७ सय ५९ रन बनाएपछि पारी समाप्तीको घोषणा गरेको छ । आजै इंग्ल्याण्डले आफ्नो दोस्रो पारी थालेको छ । इंग्ल्याण्ड विरुद्धको पाँचौ टेष्टको श्रृङ्खला भारतले ३–० ले जितिसकेको छ ।
यसैबीच पाकिस्तान विरुद्धको तीन टेष्टको श्रृखलामा अष्टे«लियाले १ सुन्यले अग्रता लिएको छ । विस्वन क्रिकेट मैदान अष्ट्रेलियामा भएको पहिलो टेष्टमा पाहुना टोली पाकिस्तान ३९ रनले पराजित भएको हो ।
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home