भारत
भारतमा पछिल्लो ५ वर्षमा प्रहरी यातनाका कारण हिरासतमा रहेका ६ सय जनाको मृत्यु भएको रिपोर्ट सार्वजनिक भएको छ । मानवअधिकारवादी संस्था ह्युमन राइट्स वाँचले जारी गरेको १ सय १४ पृष्ठ लामो रिपोर्टमा प्रहरीको यातनाका कारण ६ सय अभियुक्तको मृत्यु भएको उल्लेख गरिएको छ ।
प्रहरीले विरामी भएर, भाग्ने कोसिस गरेर, आत्महत्या गरेर वा दुर्घटना भएर अभियुक्तको मृत्यु भएको बताउदै आएपनि रिपोर्टले भने चरम यातनाका कारण उनिहरुको मृत्यु भएको ठहर गरेको छ ।
यसैबीच अभियुक्तको हत्या गरेको आरोपमा कुनै पनि प्रहरीलाई कारवाही नगरिएको रिपोर्टमा उल्लेख गरिएको छ ।
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home