दुनियाँको सबैभन्दा बुढो चरा, ६६ वर्षको उमेरमा बन्दैछ आमा
अमेरिकाको हवाई टापु समूहस्थित मिडवेअटल नेसनल वाइल्डलाइफ रिफ्युजमा ६६ वर्षको एक पोथी चरा फेरि ओथारो बसिसकेको छ । यो चरा विश्वको सबैभन्दा बुढो चरा हो । यति पाको उमेरमा यो किर्तिमानी चरा पुनः आमा बन्दैछ ।
हवाइस्थित प्रवासी पंक्षी केन्द्रका एक अधिकारीका अनुसार लेसन अल्बाटस प्रजातिको यो सामुदि्रक चरालाई विजडम बर्ड अर्थात् बुद्धिमान चरा नाम दिइएको छ । उसले आफ्नो अण्डा सोही प्वालमा पारेको छ, जसलाई ऊ र उसका साथीहरुले वर्षभरी प्रयोग गरिरहन्छन् ।
मिडवे अटल यो प्रजातिका चराहरुको विश्वको सबैभन्दा ठूलो बासस्थान हो । यो केन्द्रको सबैभन्दा पूरानो बासिन्दा विजडम हो । र यो विश्वकै सबैभन्दा बुढो चरा पनि हो । सन् २००६ यता यसले नौ बच्चा जन्माइसकेको छ । एक आँकडा अनुसार यो पंक्षीले आफ्नो जीवनकालमा अहिलेसम्म ३० लाख माइल यात्रा गरिसकेको छ ।
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home