Tuesday, 20 December 2016

धनकुटामा पौष ७ गतेबाट मतदाता नामावली संकलन हुने


निर्वाचन कार्यालय धनकुटाले आउँदो पुष ७ गतेबाट धनकुटामा फोटो सहितको मतदाता नामावली संकलन सुरु गर्ने तयारी गरेको छ । कार्यालयद्धारा धनकुटामा आयोजित कार्यक्रममा धनकुटा क्षेत्र नं. १ अन्तर्गत चौबिसे क्षेत्रका १२ वटा गाबिसमा पौष ७ गते देखि माघ ७ सम्म र क्षेत्र नं.२ अन्तरगतका १२ गाबिसमा पौष ७ गते देखि माघ ३ गते सम्म नामावली संकलन गर्ने तयारी गरेको जानकारी दिएको छ । त्यस्तै बाँकी रहेका अन्य ४ ओटा गाविस र  २ वटा नगरपालिकामा  पौष ७ गते देखि माघ २९ गते सम्म नामावली संकलनको काम गरिने जनाएको छ । कार्यालयका निर्बाचन अधिकृत प्रदिप शाहले नामावली संकलन पछि उक्त नामावलीका बिषयमा १६ दिने दावी बिरोधको समय राखिने जानकारी दिनुभयो ।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home