Tuesday, 20 December 2016

बालश्रमको अनुगमन तीव्र


बालश्रम उन्मूलन गर्ने उद्देश्यले विराटनगरका विभिन्न होटल, फ्रेस हाउस तथा ग्यारेजमा बालश्रमको अनुगमनलाई तीव्रता दिइएको छ ।
विराटननगर उपमहानगरपालिकाका अधिकृतद्वय राजेन्द्र प्रधान र डिल्ली धिमालको नेतृत्वमा परिचालित दुई टोलीले नगरका विभिन्न होटल, ग्यारेज, फ्रेसहाउस तथा रेस्टुरेँन्टमा अनुमन तथा निरीक्षण गरेको हो ।
अनुगमनका क्रममा बाल श्रमिक पाइएका व्यावसायिक प्रतिष्ठानका व्यावसायिक प्रमाणपत्र जफत गर्नुका साथै उनीहरुलाई पुस ७ गतेभित्र विराटनगर उपमहानगरपालिकामा सम्पर्क राख्न पत्र थमाइएको अनुगमनमा खटिएका विराटनगर उपमहानगरपालिकाका प्रशासन प्रमुख राजेन्द्र प्रधानले जानकारी दिए ।  

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home