बिधुत सर्ट भई आगलागी
मोरङको लखन्तरी-७ मा गएराती आगलागीबाट तीन घर जलेर नष्ट भएको छ। आगलागीबाट लखन्तरी-७ बस्ने नारायण माझी, ललित ठाकुर र झगरू माझीको फुसले बनेको घर जलेको हो।
राती करिब ११ बजे नारायण माझीको भान्साकोठको बिधुत लाईन सर्ट हुँदा आगलागी भएको बुझिएको छ। आगोले नारायण माझीको घर, भान्सा, गोठ, ललित ठाकुर तथा झगरु माझीको घर तथा घरभित्र रहेको सामानहरु जलेका छन्।
आगलागीबाट उनीहरुको करिब आठ लाख बराबरको धनमाल क्षति भएको छ। आगलागी स्थानीय प्रहरी र गाउँलेको सहयोगमा राती १ बजे नियन्त्रण गरिएको थियो।

Labels: NEWS
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home