Tuesday, 20 December 2016

सिरिया


सिरियाको द्वन्द्वग्रस्त पूर्वी एलेप्पो शहरबाट मानिसहरुलाई उद्धार गर्ने काम पूनः सुरु भएको छ ।
सिरियामा आज पांचवटा बस र एउटा एम्बुलेन्समा करिब ३ सय ५० मानिस सरकार नियन्त्रित क्षेत्रमा उद्धार गरिएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।
यस्तै अन्य सयौं मानिसहरु पूर्वी एलेप्पोमा उद्धारको प्रतीक्षामा बसिरहेको बीबीसीले उल्लेख गरेको छ ।
यसअघि सरकार र विद«ोहीबीच दुवैपक्ष नियन्त्रित ठाँउहरुबाट त्यहाँ फसेका सर्वसबाधारणलाई उद्धार गर्ने सम्झौता भएको थियो ।
सोही सम्झौता अनुसार गएको शुक्रबार पूर्वी एलेप्पोबाट ३ हजारभन्दा वढी सर्वसाधारणको उद्धार गरिएको थियो । तर सरकार नियन्त्रित पूर्वी एलेप्पो शहरमा फसेका मानिसहरुलाई उद्धार गर्न गएका सवारी साधनहरुमाथि श्रृखंलावद्ध आक्रमण भएपछि दुवैतिरबाट भएका उद्धारकार्य स्थगित गरिएको थियो ।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home