Tuesday, 20 December 2016

जैसीदेवल मन्दिरको १०० फिटमुनि मानव कंगाल भेटियो

१८ औँ शताब्दीको इतिहास बोकेको जैसीदेवल मन्दिरको उत्खननका क्रममा मानव कंकाल भेटिएको छ । पुरातात्विक महत्वको सो सम्पदा २०७२ साल वैशाख १२ गतेको भूकम्पले ध्वस्त भएपछि उत्खनन गर्ने क्रममा डढेको अवस्थामा कंकाल भेटिएको हो । 
कंकाल भेटिएपछि पूरातत्व विभागले परीक्षणका लागि बेलायत पठाउने भएको छ । करिब १ सयफिट जमिनमुनि भेटिएको मानव कंकाल र अन्य वस्तुको अनुसन्धान गरिने भएको छ ।
पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरले केही जनावर र मानव हड्डी भेटिएको जानकारी गराउँदै सो विषयमा अध्ययन भइरहेको बताए ।
मानव अवशेष मात्र नभएर थुप्रै पुरातात्विक महत्वका सामग्री भेटिएको र ती सामग्री कहिले बनेका हुन् भन्ने विषयमा तिथि र मिति पत्ता लगाउने काम भइरहेको उनले बताए ।

Labels:

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home