Tuesday, 20 December 2016

विद्युत प्राधिकरणका तीन सञ्चालक बर्खास्त


ऊर्जा मन्त्रालयले नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिका ३ सदस्यलाई बर्खास्त गरेर नँया तीन  सदस्य नियुक्त गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई असहयोग गरेको भन्दै उर्जा मन्त्रालयले सञ्चालक सदस्य लक्ष्मणप्रसाद अग्रवाल, मनोजकुमार मिश्र र सुरज लामिछानेलाई बर्खास्त गरेको हो । लोडसेडिङमुक्त बनाउने अभियान र घिसिङलाई असहयोग गरेपछि मन्त्रालयले उनीहरुसंग स्पष्टिकरण मागेको थियो । तर, उनीहरुले बुझाएको स्पष्टिकरण चित्त बुझ्दो नभएपछि मन्त्रालयले बर्खास्त हो ।
उनीहरुलाई हटाएर मन्त्रालयले आजै नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको सदस्यमा ३ जनालाई नियुक्त गरेको छ । ऊर्जा मन्त्रालयले भक्तवहादुर पुन, चेतराज जोशी र उमेशप्रसाद थानीलाई नियुक्त गरेको हो ।

Labels:

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home