तीन करोड ५० लाखका ४७ योजना सार्वजनिक
व्यवस्थापिका–संसद् विकास समितिका सभापति रवीन्द्र अधिकारीले निर्वाचन क्षेत्र विकास कार्यक्रम र क्षेत्र विकास पूर्वाधार कार्यक्रमअन्तर्गत रु तीन करोड ५० लाखको ४७ वटा योजना सार्वजनिक गर्नुभएको छ ।
कास्कीको निर्वाचन क्षेत्र नं ३ बाट निर्वाचित सांसद अधिकारीले आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा विगतका कार्यक्रमको समीक्षा र आव २०७३÷७४ विकास कोषको योजना एवम् विनियोजित रकम सार्वजनिक गर्नुभएको हो । सार्वजनिक योजनामध्ये निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको रु तीन करोड रकममध्ये फेवाताल संरक्षणका लागि रु ५० हजार छुट्याएको जानकारी दिँदै उहाँले पोखरा उपमहानगरपालिकाबाट रु ५० हजार र विभिन्न सङ्घसंस्थाबाट रु ५० हजार गरी कुल रु एक करोड ५० लाखको लागतमा जलकुम्भी झार व्यवस्थापनका लागि आधुनिक उपकरण खरिद गर्ने जानकारी दिनुभयो । त्यसैगरी कास्की र स्याङ्जा जिल्लाको सिमानास्थित साल्मे डाँडामा गोर्खा भूतपूर्व सैनिकद्वारा निर्माणाधीन गोर्खा स्मारकका लागि रु १० लाख विनियोजन गरिएको छ ।
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home