‘देउताको बन्धन’ मा बालबालिका
भैरवनाथका धनशेर विष्ट अहिले १४ वर्षका भए । १३ वर्षको उमेरदेखि उनी काम्ने गर्थे । यही कारण गाउँलेले बाठपाला देउता चढेको भन्दै उनलाई पूजाआजा गरेर धामी बनाए ।
त्यसपछि कक्षा १० मा पढदै गरेका उनको पढाइ त रोकियो नै, खानपान, हिँडडुललगायतमा बालसुलभ क्रियाकलापमा सामाजिक बन्धन लाग्यो । धनशेर अब ‘देउताका मान्छे’ भएकाले नियममा बस्नुपर्ने भएको छ । ‘साथीहरूजसरी रमाइलो गर्न, हाँसखेल गर्न त मन लाग्छ नि,’ उनले भने, ‘तर, देउताले सहँदैनन् । त्यसैले स्कुल पनि छाडिदिएँ । अहिले सबै चाहना मारेर देउताकै भक्तिमा लागेको छु ।’ उनी मात्र होइन, बझाङमा अरू पनि यस्ता थुप्रै बालबालिका छन् जसलाई धामी बनाइएको छ । अरू बालबालिकाजस्तै पढ्ने, लेख्ने र बालसुलभ क्रियाकलाप गर्नबाट वञ्चित छन् उनीहरू ।
धामीले अरूले पकाएको खान नहुने, महिनावारी भएका र सुत्केरी महिला, दलित र जुठो (आशौच) बारेका मानिसलाई छुन नहुने, कपाल काट्न नहुने, टाउकोमा फेटा बाँध्नुपर्ने, घरको तल्लो तलामा सुत्न नहुने, कुखुराको मासु, अण्डा, कोदो, मासलगायत परिकार खान नहुने परम्परा छ । भातेखोलाका १६ वर्षीय कृष्णराज उपाध्याय भन्छन्, ‘देउताले रोजिसकेपछि उसको नियम मान्नुपर्ने हुन्छ । नभए देउता रिसाएर अनिष्ट हुन्छ ।’ मष्टो देवता चढेको भन्दै धामी बनाइएका थिए उपाध्याय । धामी भएपछि छोइछिटो होला भनेरै ९ कक्षा पढदै गर्दा उनले स्कुल छाडे । एक्लै कतै जाने स्वतन्त्रतासम्म रहँदैन । एक जना साथी लिएर जानैपर्ने उनले बताए ।
जिल्लामा गाउँपिच्छे धामी छन् । यकिन भन्न नसकिए पनि जिल्लाभरिमा डेढदेखि २ हजारजति धामी हुन सक्ने अनुमान गर्छन् कोइरालकोटका रमेश खडका । २२ वर्षको उमेरमा धामी भएका खडकाका अनुसार जिल्लाभर ३ देखि ४ सयसम्म बालक धामी बनाइएका छन् ।
यहाँका बासिन्दा डाँडाबाग, नवादेउ, बाठपाला, धौलपुरो, लाकुडो, लाटोसिद, कालसैन, नानन, खापर, कैलाश, ऐकुमारलगायत दर्जनौं देउता मान्छन् । धामीहरूले विभिन्न खालका बिरामी निको पार्ने, घरमा भएको अनिष्ट, अनिकाल र संकटबाट पार लगाइदिने, भूतप्रेतबाट जोगाइदिने विश्वास गर्छन् उनीहरू । मनोकांक्षा पूरा गर्न देवताहरूलाई राँगाबोका, घोडा, सुन, चाँदी भाकल गर्ने र चढाउने चलन छ । अधिकांश ग्रामीण बासिन्दा बिरामी पर्दा वा कुनै दुर्घटनामा पर्दा सुरुमा धामीकहाँ पुग्छन् । सिकिस्त भइसकेपछि मात्र स्वास्थ्य संस्था पुग्ने गरेको स्वास्थ्यकर्मी बताउँछन् । कुनैकुनै धामीले दाँतले बोका काट्ने, नांगो हातले आगो खेलाउने, आगो खाने, तातो तेल पिउनेजस्ता ‘चमत्कार’ देखाउने गरेको स्थानीय बताउँछन् ।

Labels: NEWS
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home