नारायणगढ–मुग्लिन फेरि रोकिने
मर्मत अघि बढाइएको नारायणगढ–मुग्लिन सडकखण्ड पुस ७ गतेबाट दैनिक चार घण्टा बन्द हुने भएको छ । सडक साँघुरो हुँदा काम गर्न कठिनाइ भएको नारायणगढ–मुग्लिन सडक आयोजनाले जनाएको छ । अर्को सूचना जारी नभएसम्म बिहान ११ देखि दिउँसो ३ बजेसम्म सडक बन्द हुने आयोजनाले जनाएको छ । सडक बन्द हुने भएपछि आयोजनाले सवारी चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न सूचनामार्फत आग्रह गरेको छ । आयोजनाले साँघुरो र जटिल भौगोलिक बनावटको सडक व्यस्त हुने भएकाले केही स्थानमा सवारी रोकेर काम गर्नुको विकल्प नभएको औंल्याएको छ । ‘यसअघि पनि सडक बन्द गर्दा धेरै काम भएको थियो,’ आयोजनाका इन्जिनियर शिव खनालले भने, ‘पहाड कटिङ गर्न समस्या भएपछि बन्द गर्न लागिएको हो ।’ उनका अनुसार अहिलेसम्म ३२ प्रतिशत मात्र निर्माण सकिएको छ ।
सन् २०१७ अगस्टमा सक्नुपर्ने लक्ष्य भए पनि निर्माणको काम आधा सम्पन्न हुन सकेको छैन । खनालका अनुसार बुधबार जिल्ला प्रशानसन कार्यालयमा सरोकारवाला निकायसँग छलफल गरी सडक बन्द गर्ने समय तोकिएको हो । सडक बन्द भएपछि प्रयोग हुने वैकल्पिक रुटबारे ट्राफिक प्रहरीसँग छलफल गरिने खनाल बताउँछन् ।
उनका अनुसार पूर्वका लागि धादिङको नौबिसेबाट त्रिभुवन राजपथअन्तर्गत पालुङ हुँदै जान सकिन्छ । त्यस्तै पूर्व जाने सवारीले बीपी राजमार्ग प्रयोग गर्न सक्छन् । काठमाडौंको दक्षिणकाली, फर्पिङबाट पनि जान सकिन्छ । पश्चिम जान पोखरा, स्याङ्जा, वालिङ, पाल्पा हुँदै बुटवल निस्कने विकल्प छ । ६ ठाउँमा डिजिटल फ्ल्यास बोर्ड राख्नेबारे टेन्डरको तयारी थालिएको छ । कतिखेरदेखि सडक अवरुद्ध भयो, कति खेर खुल्छ भन्ने सूचनासहितको उक्त बोर्ड धादिङको नौबिसे, हेटौंडा, बुटवल, मुग्लिन, नारायणगढ र आँपटारीमा राखिनेछ । ‘कालीखोलादेखि मुग्लिनसम्मको २ किलोमिटर क्षेत्रमा बढी जोखिम छ,’ खनालले भने, ‘यो क्षेत्रमा ठूला पहाड कटिङ गर्न बाँकी छ ।’ उनले साँघुरो ठाउँ भएकाले सवारीसाधन गुडिरहँदा काममा प्रगति हुन नसकेको बताए । ठाउँठाउँमा सडक निर्माणको काम जारी छ । निर्माणको काम सुरु भएदेखि सडक धुलाम्य बनेको छ । यात्रु जाम खेप्न बाध्य छन् ।
सन २०१५ अप्रिलबाट नारायणगढ–मुग्लिन सडकको स्तरोन्नतिको काम सुरु भएको हो । सडक निर्माणको जिम्मा ३ वटा कम्पनीले लिएका छन् । निर्माण लागत २ अर्ब ९० करोड हो । अहिले ३६ किलोमिटर सडक छिचोल्न चालक र यात्रुलाई सकस हुन्छ । १ घण्टा १० मिनेट दूरीको सडक पार गर्न घण्टौं लाग्छ । दैनिक करिब ८ हजार सवारीसाधन गुड्ने यो सडक २ लेनको बनाउने योजना छ ।

Labels: NEWS
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home