विपक्षि दलले आमसभा गर्ने
प्रमुख प्रतिपक्षी दल एमालेसहितका विपक्षि आठ दलले सरकारले ल्याएको संविधान संसोधन प्रस्तावको विरोधमा पुस १७ गते आमसभा गर्ने भएका छन् । एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको विपक्षिदलहरुको बैठकले संसोधन प्रस्तावको विरोधमा काठमाडौंको खुलमामञ्चमा १७ गते आमसभा गर्ने निर्णय गरेको हो ।
बैठकले पाँच नम्बर प्रदेश टुक्रायाउने लगायतका ‘राष्ट्रघाती’ खेलबारे जनतालाई सुसूचित गराउन अभियान नै चलाउने निर्णय समेत गरेको छ । विपक्षि आठ दलले संविधान संशोधन विधेयकको विरुद्धमा सडक र सदन दुवै ठाउँमा विरोध प्रदर्शन जारी राख्ने र पाँच नम्बर प्रदेश टुक्राउन नदिन त्यहाँका जनताले गरेको आन्दोलनलाई अझै सशसत्त पार्न सहयोग गर्ने भएका छन् ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाले संसदीय दलका उपनेता सुभासचन्द्र नेम्वाङले आफूहरूले जिम्मेवार प्रतिपक्षको भूमिका अनुरुप नै अघि बढ्ने निर्णय गरेको बताउनुभयो । सरकारले जवरजस्ती गरे आफूहरू सोही किसिमबाट प्रस्तुत हुने पनि उहाले प्रष्ट पार्नुभयो ।
यसैबीच सरकारले प्रदेश टुक्राउन लागेको भन्दै त्यसको विरोधमा आह्वान गरिएको गुल्मी बन्द आज बिहान ११ बजेदेखि फिर्ता भएको छ । गुल्मी बन्दको २० औँ दिनमा आन्दोलन फिर्ता भएपछि जिल्लाको जनजीवन सामान्य बन्दै जान थालेको छ । मङ्सिर १५ गतेदेखि निरन्तर रुपमा बन्दको आह्वान गरी जिल्लामा धर्ना र प्रदर्शन जारी राखेको संयुक्त आन्दोलन परिचालन सङ्घर्ष समितिले पत्रकार सम्मेलन गरी आन्दोलन फिर्ता लिएको घोषणा गरेको हो ।
सङ्घर्ष समितिका संयोजक भुवनप्रसाद श्रेष्ठले बन्दको कार्यक्रम फिर्ता लिए पनि प्रशासन कार्यालय धर्नाको कार्यक्रमलाई भने मङ्गलबार बिहान ११ बजेसम्म जारी राख्ने बताउनुभएको छ ।
बन्द खुलेपछि यातायात सेवा सञ्चालन भएको छ भने बजार, तथा कलकारखाना, शिक्षण संस्था एवम् सरकारी कार्यालय सञ्चालन भएका छन् ।
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home