Tuesday, 20 December 2016

आयोगले तोकेभन्दा कम संस्थामा स्थानीय तह


स्थानीय तह पुनःसंरचना गर्न गठित ‘गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षण वा स्वायत्त क्षेत्रको सङ्ख्या तथा सिमाना निर्धारण आयोग’ले आफूले तोकेभन्दा कम सङ्ख्याको स्थानीय तहको निर्धारण गर्ने भएको छ ।
जिल्लास्थित केही स्थानीय तह पुनःसंरचना प्राविधिक समितिले आयोगले तोकेभन्दा कम सङ्ख्यामा तह पुनःसंरचना गरेर पठाएपछि आयोगले आफूले तोकेको कम सङ्ख्याको स्थानीय तह निर्धारण गर्न थालेको हो ।
आयोगका सदस्य–सचिव डा हरि पौडेलले ७२० देखि ७३० को सङ्ख्यामा स्थानीय तह बन्ने बताउनुभयो । यसैगरी आयोगले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाउने तयारी गरेको छ । आयोगले प्रतिवेदन बुझाएपछि स्थानीय तहको निर्वाचनको बाटो खुल्नेछ ।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home