Tuesday, 20 December 2016

तिवारीको गोली हानी हत्या


युवा सङ्घ रुपन्देहीका अध्यक्ष तथा देवदहका युवा व्यवसायी दुर्गा तिवारीको आज अपराह्न अज्ञात समूहले गोली हानी हत्या गरेको छ । मोटरसाइकल चढेर देवदह चोकदेखि घरतर्फ जाँदै गरेको अवस्थामा उनलाई देवदह–८ मा मोटरसाइकलमै आएका अपरचित व्यक्ति छातिमा गोली प्रहार गरेको थियो ।
गोली प्रहारबाट गम्भीर घाइते भएका तिवारीको देवदहस्थित देवदह मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक प्रदीप डिसीले जानकारी दिनुभयो ।
जिल्लाको देवदह नगरपालिक –६ खैरेनीका ४० वर्षीय तिवारी स्थानीय केविआइ इट्टा भट्टका सञ्चालकसमेत रहेका युवा व्यवसायी छन् । करिब छ महिनाअघि पनि आफ्नै भट्टामा बसिरहेको अवस्थामा तिवारीमाथि आक्रमण भएको थियो । तर, त्यतिबेला आक्रमणबाट बाचेका तिवारीलाई सोही समूहले नै हत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ । पहिलेको आक्रमणमा संलग्नमध्ये आठजनालाई पक्राउ गरी प्रहरीले मुद्दा चलाएको र सो समूहका नाइके मनोज राना फरार रहेका छन् ।

Labels:

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home