Tuesday, 20 December 2016

प्रधानमन्त्री प्रचण्डसँग चिनियाँ नेता ल्युको भेट


चिनले प्रधानमन्त्री पुष्पकमल दाहालसँग ‘वान वेल्ट, वान रोड’ को विषय र नेपालको आर्थिक विकासका लागि कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा चासो ब्यक्त गरेको छ । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय समिति तथा प्रकाशन विभाग प्रमुख एवम उक्त पार्टीका राजनीतिक सचिवालय सदस्य ल्यु छिपाओले आज प्रधानमन्त्री सँग भेटका क्रममा यस्तये चासो ब्यक्त गरेका हुन् । त्यस विषयमा नेपालबाट कुनै प्रस्ताव आओस् भन्ने चिनियाँ पक्षको भनाई रहेको बतार्ईएको छ ।
त्यस्तै भेटका क्रममा दुई देशबीचमा सडक एवम् रेल सञ्जालका विषयमा पनि कुराकानी भएको थियो । चिनियाँ रेल नेपालसम्म ल्याउने र तातोपानी नाका खोल्ने विषयमा प्रधानमन्त्री दाहालले चासो व्यक्त गर्नुभएको थियो ।
छलफलका क्रममा चिनियाँ राष्ट्रपति सि जिन पिङले नेपालको चाँडै भ्रमण गर्ने तर मिति तय नभइसकेको सल्लाहकार डा अधिकारीले बताउनुभयो ।
संविधान संशोधनका विषयमा चीनले यसलाई मिलाएर सकारात्मक रुपमा आगाडि बढोस् भन्ने इच्छा व्यक्त गरेको उहाँले जानकारी दिनुभयो ।
केन्द्रीय सदस्य ल्युले नेपालको नयाँ सरकारलाई चीनको सहयोग रहिरहने बताउँदै नेपालको ‘एक चीन नीति’ प्रतिको प्रतिबद्धताप्रति पनि आभार प्रकट गर्नुभएको थियो ।

Labels:

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home