ओनसरी आवाज यसअघि,
सभामुख ओनसरी घर्तीमगरले राजनीतिक गतिरोध अन्त्यका लागि गरेको प्रयास विफल भएको थियो । प्रमुख दलहरुबीच सहमति जुटाउन आज गरिएको छलफलमा शिर्ष नेताहरुले आ –आफ्नो अडान दोहोर्याएपछि सभामुखले गरेको प्रयास विफल भएको हो ।
बैठकमा प्रमुख प्रतिपक्ष नेकपा एमालेका नेताहरुले संविधान संशोधन प्रस्ताव फिर्ता नभएसम्म सहमति हु्न नसक्ने बताएका थिए । सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरुले भने संशोधन प्रस्तावमा थप छलफल गरेर भएपनि प्रस्ताव पेश गर्न एमालेले सहयोग गर्नुपर्ने बताएका थिए । एमालेले यो प्रस्ताव अस्वीकार गरेपछि संशोधनबारे थप छलफल हुन सकेन ।
बैठकपछि एमाले उपाध्यक्ष बामदेव गौतमले सभामुखले सत्तारुढ दलको प्रस्ताव स्वीकार्न आग्रह गरेको र त्यस्तो हुन नसक्ने पार्टी अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिएको जानकारी दिनुभयो । सहमतिका लागि सतापक्ष नै तयार नभएको समेत उहाले आरोप लगाउनुभयो ।
नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले भने बैठकमा निर्वाचन कानुन, संशोधन प्रस्ताव लगायतका विषयमा फेरि पनि छलफल गर्ने सहमति भएको जानकारी दिनुभयो । उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महराले भने अव निर्वाचन कानुन र संशोधन प्रस्ताव संसदको कार्यसूचीमा राखिने बताउनुभयो । छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत शीर्ष नेताहरु सहभागी थिए ।
Labels: NEWS
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home