विपक्षि दलको अबरोधले संसद ठप्प
सकारले पेलेर जान खोजेको भन्दै प्रमूख प्रतिपक्षी दल नेकपा एमाले लगायतका विपक्षी दलहरुको अबरोध गरेपछि लगातार छैटौ पटक व्यबस्थापिका संसदको बैठक अबरुद्ध भएको छ । सरकारले संसदमा दर्ता गराएको संविधान संसोधन प्रस्ताव फिर्ता लिनुपर्ने माग गर्दै विपक्षि दलहरुले आज लगातार छैटौँ पटक पटक संसद बैठक अबरुद्ध गरेका हु्न् ।
बैठक सुरु भए लगतै नेपाः पार्टीका लक्ष्मण राजवंशीले विपक्षीका तर्फबाट आफ्नो धारणा राखिसकेपछि विपक्षमा रहेका आठ दलका सांसदहरु उठेर विरोध जनाएका थिए । सभामुख ओनसरी घर्तिले पटक पटक बस्न आग्रह गरे पनि विपक्षि दलका सांसद नबसेपछि संसद बैठक कार्यसुचिमा नै प्रवेश नगरि स्थगित भएको हो । सभामुुख घर्तीले संविधान संशोधन विधेयक संसदको आजको कार्यसूचीमा राख्नु भएको थियो । अर्को बैठक पुस ७ गते दिउँसो बस्ने भएको छ ।
Labels: NEWS
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home