Wednesday, 14 June 2017

चिया टिपाइ सुरू

 Image result for ilam tea
     इलाम, ३१ जेठ । चियाको दोस्रो यामको टिपाइ सुरू भएको छ ।

     अघिल्लो वर्ष पहिलो यामको टिपाइपछि हरियो चियापत्ती उत्पादन नहुँदा एक महिनासम्म कारखाना बन्द रहेका थिए । यस पटक १५ दिनभन्दा कम समय मात्र उत्पादन रोकियो ।

     जिल्लाका सबै साना ठूला चिया कारखानाले दोस्रो टिपाइको प्रशोधन थालेका छन् । यस यामको मूल्य गुणस्तरअनुसार प्रतिकिलो रु २५ देखि रु ३५ तोकिएको छ । कारखाना धेरै भएकाले यस पटक हरियोपत्तीको अभाव खेप्नु परेको छैन ।


     अग्र्यानिक कारखानाले भने वर्षभरि एउटै दर कायम गर्ने गरेका छन् । औसत प्रतिकिलो रु ६० मा कारखानाले चियापत्ती खरिद गर्छन् । लामो खडेरी नपर्दा उत्पादनसमेत बढेको इलाम टी प्रोडयुसर्स प्रालिका ओम काफ्लले बताउनुभयो । क्षमताभन्दा धेरै हरियोपत्ती सङ्कलन भइरहेको उहाँले बताउनुभयो ।

     श्रीअन्तु र आइतबारेमा रहेको इलाम टी कारखानामा दैनिक १६ हजार किलो हरियोपत्ती सङ्कलन भइरहेको छ । अघिल्लो वर्ष ४० लाख किलो अर्थोडक्स चिया उत्पादन भएको थियो । चियालाई चाहिने विभिन्न तत्वको कमी हँदा बाँझो बसेर उत्पादन घट्ने समस्या आउने गरेको चिया कृषक मोतीराम दाहाल बताउनुहुन्छ ।


     जिल्लामा दुई दर्जन ठूला कारखाना रहेको छ भने साना र मझौला कारखाना थपिने क्रम बढेको छ । फागुनको अन्तिम सातादेखि वर्षा भइरहेकाले तुलनात्मक रुपमा चियाको उत्पादन बढेको छ । रासस

Labels:

प्रत्येक विद्यार्थीलाई गुणस्तरीय शिक्षा पाउने अधिकार सुरक्षितः उपप्रधान तथा शिक्षामन्त्री श्रेष्ठ


 Image result for quality education
     काठमाडौँ, ३१ जेठ । उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले प्रत्येक विद्यार्थीलाई गुणस्तरीय शिक्षा पाउने अधिकार सुरक्षित रहेको बताउनुभएको छ ।

     गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) थाइल्यान्ड तथा नेपाली विद्यार्थीका लागि प्राविधिक अनुभव आदानप्रदान अन्तर्राष्ट्रिय एसोसिएसन थाइल्यान्डले संयुक्तरुपमा आज यहाँ आयोजना गरेको नागरिक छात्रवृत्ति कोषको शुभारम्भ गर्दै उहाँले गैरआवासीय नेपाली सङ्घजस्ता सहयोगी संस्थाले गर्ने आर्थिक सहयोगबाट नेपाली विद्यार्थीको अध्ययनको स्तर तथा प्राविधिक अनुभव वृद्घि गर्न सहयोग मिल्ने विश्वास व्यक्त गर्नुभयो ।
    
     उपप्रधान तथा शिक्षामन्त्री श्रेष्ठले सो कोषबाट सङ्कलित रकमबाट गोरखा भूकम्पबाट प्रभावित विद्यार्थी लाभान्वित हुने पनि बताउनुभयो ।

     कोषमा थाइल्यान्डमा रहेका गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) थाइल्यान्ड तथा नेपाली विद्यार्थीका लागि प्राविधिक अनुभव आदानप्रदान अन्तर्राष्ट्रिय एसोसियसन थाइल्यान्डका विद्यार्थीले सङ्कलन गरेका रु ३५ लाख रहेका छन् ।

     सो कोषले ८० जना नेपाली विद्यार्थीलाई उच्चशिक्षा अध्ययनका लागि छात्रवृत्ति दिइने तथा पहिलो पाँच वर्षसम्ममा भूकम्पपीडित विद्यार्थीलाई छात्रवृत्तिमा प्राथमिकता दिइने जनाएको छ ।
    
     सो अवसरमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा तीर्थराज खनियाले भूकम्पबाट प्रभावित नेपाली जनताको उद्धारका लागि गैरआवासीय नेपाली सङ्घले गरेको सेवा सह्रानीय भएको बताउनुभयो ।

     नेपालका लागि थाई राजदूत भाकभात तान्स्कुलले नेपाल र थाइल्यान्डबीचको सहयोगात्मक सम्बन्ध आगामी दिनमा अझ विस्तार हुने बताउँदै थाइल्यान्डमा रहेका विद्यार्थीको सहयोगात्मक भूमिका मर्कामा परेका नागरिकको उत्थानमा उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।


     एनआरएनएका अध्यक्ष शेष घलेले कोषका विविध पक्षमाथि प्रकाश पार्नुभयो । रासस

Labels:

भरुवा बन्दुकसहित एकजना पक्राउ


 Image result for भरुवा बन्दुकसहित एकजना पक्राउ
रुकुम, ३१ जेठ । भरुवा बन्दुकसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

भूमे गाउँपालिका२ काँक्रीका २० वर्षिय करले पुनलाई आज प्रहरीले तीन नाल भरुवा बन्दुकसहित पक्राउ गरेको हो । सामान्य विवाद हुँदा पुनले बन्दुक झिकेर पड्काउन खोजेको सूचना पाएपछि प्रहरीले गाउँबाटै उनलाई पक्राउ गरेको प्रहरी निरीक्षक थम्मनबहादुर रजालीले जानकारी दिनुभयो ।

पक्राउ परेका पुनलाई आवश्यक अनुसन्धानका लागि सदरमुकाम मुसिकोट ल्याइँदैछ । बन्दुक लिएर भागेका अर्काे एकजनाको खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस
–––––––––
४३–   निर्वाचनको सम्पूर्ण अधिकार आयोगलाई दिनुपर्छ ः बिजुक्छे

नगरकोट, ३१ जेठ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले निर्वाचन घोषणा गरिसकेपछि सरकारले यसका लागि सबै अधिकार निर्वाचन आयोगलाई नै दिनुपर्ने बताउनुभएको छ ।

रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले निर्वाचन अवधिसम्म आयोग सरकारको होइन, सरकार आयोगको सल्लाहमा चल्नुपर्ने बताउनुभयो ।


सरकारले आयोगको अधिकारमाथि समेत हस्तक्षेप गर्दै निर्वाचनको मिति सार्ने खेल खेलिरहेको उहाँको आरोप थियो । सरकार राष्ट्रिय जनता पार्टीको मागअनुसार संविधान संशोधन होइन ऐन संशोधनको तयारीमा रहेको छ, राजपाको मागप्रति सरकारको ध्यान जानुपर्छ,” उहाँले भन्नुभयो । रासस 

Labels:

‘भरपर्दाे सुरक्षा व्यवस्था मिलाउनुस्’

Image result for सुरक्षा व्यवस्था

काठमाडौँ, ३१ जेठ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले स्थानीय तहको निर्वाचनमा मनोनयन पत्र दर्तालगायत कार्यका लागि भरपर्दो सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ ।

आगामी असार १४ गते प्रदेश नं, , ५ र ७ मा हुने स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्ने सम्बन्धमा आज निर्वाचन आयोगमा बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्त डा यादवले बदलिँदो राजनीतिक परिस्थितिलाईसमेत ध्यान दिई सुरक्षाको आवश्यक प्रबन्ध मिलाउन निर्देशन दिनुभएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।

बैठकमा गृहमन्त्रालयका सचिव लोकदर्शन रेग्मीले गृह मन्त्रालयले स्थानीय तह निर्वाचनको लागि सुरक्षा रणनीति तथा पूरक सुरक्षा योजना तयार गरी प्रभावकारी रूपमा कार्यान्वयन गरिरहेको बताउनुभयो ।

 उहाँले भन्नुभयो– “निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सञ्चालन गर्नका लागि यथेष्ट सुरक्षा प्रबन्ध मिलाइएको छ ।उहाँले सो अवसरमा सुुरक्षा निकायको तर्फबाट निर्वाचनमा सुरक्षा व्यवस्थालाई मजवुत बनाउनका लागि आआफ्नो निकायबाट तयार पारिएको सुरक्षा व्यवस्था, खटाइएको जनशक्ति तथा चालिने सुरक्षा रणनीतिबारेमा बैठकलाई जानकारी गराउनुभएको थियो ।

आयोगका सचिव गोपीनाथ मैनाली, रक्षा सचिव श्रीधर सापकोटा, प्रहरी महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलीप रेग्मी र नेपाली सेनाका वलाधिकृत रथी बलदेवराज महतको सहभागिता रहेको थियो । रासस 

Labels:

उपप्रधानमन्त्रीसँग राजदूत सिंहको शिष्टाचार भेट



     काठमाडाँै, ३१ जेठ । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग नेपालका लागि भारतीय राजदूत मञ्जिपसिंह पुरीले आज परराष्ट्र मन्त्रालयमा भेटवार्ता गर्नुभएको छ ।

     सो अवसरमा उपप्रधान तथा परराष्ट्रमन्त्री महराले नेपालभारतबीच रहिआएको असल सम्बन्ध आगामी दिनमा अझ प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो ।

     भेटमा भरतीय राजदूत पुरीले परराष्ट्रमन्त्री महरालाई भारतीय विदेशमन्त्री सुष्मा स्वराजले भारत भ्रमणको निम्तो दिनुभएको बताउँदै सो विषयप्रति विचार गरिदिन अनुरोध गर्नुभयो ।


     जवाफमा परराष्ट्रमन्त्री महराले दोस्रो चरणअन्तर्गत स्थानीय तहको निर्वाचनपछि हुने प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको सिलसिलामा आफू भारत आउने प्रयास गर्ने बताउनुभयो । रासस

Labels:

राजपालाई निर्वाचनमा सहभागी गराउने प्रयास जारी–उपप्रधानमन्त्री गच्छदार

Image result for रा ज पा  को झन्डा
      विराटनगर, ३१ जेठ । उपप्रधानमन्त्री विजयकुमार गच्छदारले दोश्रो चरणअन्तर्गत हुने स्थानीय तहको निर्वाचनमा राष्ट्रिय जनता पार्टीलाई सहभागी गराउने प्रयास जारी रहेको बताउनुभएको छ ।
    
     निर्वाचन अगाडि संविधान संशोधन हुन नसक्ने विषय सबैलाई अवगत भएकै कुरा हो, उहाँले भन्नुभयो – “आगामी दिनमा सो प्रस्तावलाई दुई तिहाइबाट पारित गराउनका लागि हरसम्भव प्रयास गरिन्छ ।” 
    
     उपप्रधानमन्त्री गच्छदारले राष्ट्रिय जनता पार्टीले निर्वाचनमा सहभागी हुने प्रतिबद्धता प्रकट गरेको अवस्थामा दोस्रो चरणअन्तर्गत असार १४ गते हुने ४३ जिल्लामध्येका ११ जिल्लाको स्थानीय तहको निर्वाचन तेस्रो चरणमा गराउन सकिने सम्भावना रहेको धारणा व्यक्त गर्नुभयो. ।   
    
     मुलुकलाई द्वन्द्वतिर धकेल्नुभन्दा केही समय लिएर भएपनि समस्या समाधान गर्नेतर्फ अग्रसर हुनुपर्नेमा जोड दिँदै उहाँले संविधानलाई सर्वस्वीकार्य बनाउनतर्फ सबै दल एकजुट भएर लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
    

     लोकतान्त्रिक फोरम नेपालका अध्यक्षसमेत रहनुभएका उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री गच्छदारले पार्टीका जिल्ला समितिलाई स्थानीयस्तरमा अन्य पार्टीसँग तालमेल गरेर निर्वाचनमा सहभागी हुने विषयमा निर्णय लिने अधिकार प्रदान गरिएको बताउँदै विराटनगर महानगरपालिकाको उम्मेदवारका नामावली भोलिसम्ममा सार्वजनिक गरिने जानकारी दिनुभयो । रासस

Labels:

कार्यालय प्रमुख नहँुदा काम प्रभावित

    चरिकोट, ३१ जेठ । कार्यालय प्रमुख नहुँदा जिल्ला वन कार्यालय दोलखाका काम कारवाही प्रभावित भएको छ ।
      जिल्ला वन कार्यालय दोलखाका प्रमुख जिल्ला वन अधिकृत विष्णुप्रसाद भण्डारी सहसचिवमा बढुवा भएपछि गत फागुन महिनादेखि कार्यालय प्रमुख पदमा कसैको पदपूर्ति नहुँदा कार्यालयको कामकारवाही प्रभावित भएको हो ।
      भण्डारीको बढुवा भई सरुवा भएपछि निमित्त प्रमुखमा सहायक वन अधिकृत गोविन्दप्रसाद दाहाललाई तोकेको तर उहाँ पनि उपसचिवमा बढुवा हँुदा हाल जिल्ला वन कार्यालय दोलखा प्रमुखविहीन बनेको हो ।

     कार्यालय प्रमुख नहँुदा कतिपय विकासे काम अलपत्र परेको छ भने आर्थिक वर्ष सकिन लागेको हुँदा विकास रकम फिर्ता जाने सम्भावना पनि बढेर गएको जिल्ला वन कार्यालय दोलखाका कर्मचारी बताउँछन् ।
      कार्यालयले गर्ने वृक्षरोपणका काम, बिरुवाको टेन्डर, पुराना कामको भुक्तानी, वन मुद्दा फैसलाजस्ता कार्यसमेत प्रमुख नहँुदा गर्न नसकेको जिल्ला वन कार्यालय दोलखाका नायब सुब्बा राजेन्द्र सुवेदीले जानकारी दिनुभयो ।
     सुवेदीकाअनुसार कार्यालय प्रमुखको अभावमा वार्षिक कार्यप्रगतिमा समेत असर पर्नसक्छ । रासस

Labels:

‘निर्वाचनमा सबैलाई समेट्नुपर्छ’

     काठमाडौँ, ३१ जेठ । नेकपा (एमाले)का नेता रघुवीर महासेठले राष्ट्रिय जनता पार्टीले राखेका जायज माग सम्बोधन गर्न एमाले तयार रहेको बताउनुभएको छ ।
      रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उहाँले देश टुक्र्याउने वा विखण्डन गर्ने खालका मागबाहेक मधेसी जनता र मधेसको हितमा हुने जुनसुकै माग मान्न एमाले तयार रहेको बताउनुभएको हो ।

     उहाँले राजपाको के माग हो भन्नेबारे अझैसम्म पनि स्पष्ट हुन सकिएको छैनभन्दै राजपा विभिन्न बहाना बनाई निर्वाचनबाट भाग्न खोजेको आरोप लगाउनुभयो ।
    
     राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपति शमशेर राणाले तराईको एक घटकलाई बाहिर राखेर निर्वाचनमा जान नहुने बताउँदै तराईमा निर्वाचन गर्नु छ तराईकै जनतालाई बाइपास गर्न मिल्दैन भन्नुभयो ।

     सुरक्षाको दृष्टिकोणले समेत दोस्रो चरणको निर्वाचन खतरा रहेको उल्लेख गर्दै उहाँले सरकारले मधेसी दललाई यथाशक्य निर्वाचनको पक्षमा ल्याउन पहल गर्नुपर्ने बताउनुभयो ।

     सङ्घीय समाजवादी फोरम नेपालका नेता राजेन्द्र श्रेष्ठले सबै पक्षलाई समेटेर निर्वाचनमा जानुपर्ने बताउँदै संविधान संशोधनलाई समेत पहल गर्दे निर्वाचनमा जाने हामीले निर्णय गरेका हौँ भन्नुभयो ।
      उहाँले मधेसी जनता निर्वाचनको पक्षमा रहेको भन्दै दोस्रो चरणको निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने दाबीसमेत गर्नुभयो ।
      राष्ट्रिय जनता पार्टीका नेता वृशेषचन्द्र लालले संविधानलाई स्वीकार्य गरेमात्र आफूहरू निर्वाचनमा भाग लिने बताउँदै एमाले संविधान संशोधनका पक्षमा आइसकेकाले यसप्रति सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । रासस 

Labels:

‘रुवीभ्याली’ गीति एल्बम विमोचन

काठमाडौँ, ३१ जेठ । धादिङ जिल्लाको हिमाली क्षेत्र गणेश हिमाल र रुवीभ्यालीलाई समेटेर तयार पारिएको गीति एल्बम रुवीभ्यालीको आज विमोचन गरिएको छ ।

गायक तथा सङ्गीतकार जयवीर तामाङले सो एल्बमका गीतमा स्वर दिनुभएको छ ।

नयाँ गन्तव्य नेपाल नामक संस्थाद्वारा आयोजित एक कार्यक्रममा राष्ट्रिय समाचार समिति (रासस)का अध्यक्ष कुलचन्द्र वाग्लेले सो एल्बमको विमोचन गर्दै सांस्कृतिक, प्राकृतिक र धार्मिक महत्व बोकेको रुवीभ्यालीलाई राष्ट्रिय स्तरमा चिनाउनु जरुरी रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “रुवीभ्यालीलाई नेपालकै गौरव गर्नसक्ने भ्यालीका रुपमा विकास गर्नुपर्छ ।

अध्यक्ष वाग्लेले मुलुकको पहिचान राजनीतिले भन्दा पनि भाषा, संस्कृति र संस्कारले हुने बताउँदै यसको विकासका लागि गीति एल्बमले महत्वपूर्ण भूमिका खेलेको धारणा व्यक्त गर्नुभयो ।

राससका समाचार प्रमुख सूर्यचन्द्र बस्नेतले गणेश हिमालको काखमा रहेको रुवीभ्यालीको संरक्षण र सम्बद्र्धन गरी पर्यटकको उत्कृष्ट गन्तव्यको रुपमा विकास गर्नु जरुरी रहेको छ भन्नुभयो ।

पर्यटन व्यवसायी एवम् काँग्रेस धादिङका नेता कुलबहादुर गुरुङले अथाह सम्भावना बोकेको रुवीभ्यालीलाई देशकै नमुना भ्यालीको रुपमा विकास गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

नेकपा (एमाले) धादिङका नेता रेशम तामाङले गीति एल्बमले रुवीभ्याली क्षेत्रको बारेमा यथार्थ चित्रण गरेको छ भन्नुभयो ।

नेकपा (माओवादी केन्द्र) धादिङका नेता रामसिंह तामाङले तामाङ समुदायको अत्याधिक बाहुल्यता रहेको रुवीभ्याली र तामाङ जातिको संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन जरुरी रहेको बताउनुभयो ।

नयाँ गन्तव्य नेपालका अध्यक्ष ग्यालवाङ तामाङ, नेपाल तामाङ सङ्घ धादिङका अध्यक्ष फेलामा तामाङ, नेविसङ्घ धादिङका नेता डेभिड घलेलगायतले रुवीभ्यालीको विकासका लागि राजनीतिक दलभन्दा बाहिर रहेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

समुद्र सतहदेखि एक हजार ९०० मिटरदेखि सात हजार मिटर उचाइसम्म रहेको रुवीभ्याली सेर्तुङ, तिप्लिङ र लापा गाविस मिलेर बनेको छ ।


पर्यटकीय क्षेत्रका रुपमा रहेको रुवीभ्यालीमा रातो ढुङ्गा (रुवी), यार्सागुम्बा, फलामखानी रहेको छ भने प्याराग्लाइडिङको राम्रो सम्भावना रहेको छ । रासस 

Labels:

अनाथ बालबालिकाले भने, ‘कसले देला सहारा’

Image result for orphan children

डोल्पा (दुनै), ३१ जेठ । डोल्पाका दुर्गम गाउँका झन्डै एक दर्जन बालबालिका सहारा विहीन भएका छन् । मुख्य अभिभावक नै गुमाएपछि लालनपालन तथा शिक्षा स्वास्थ्यको अवस्था नाजुक बन्दै गएपछि उनीहरू बेसहारा बनेका हुन् ।

उनीहरूमध्ये कसैको बाबु छैन, कसैको आमा छैन कसैको भने बाबुआमा दुबै गुमाउनुपर्दाको कारण सहरा बिहिन उनीहरू शिक्षा, स्वास्थ्य मनोरञ्जनजस्ता अधिकारबाट समेत वञ्चित भएका हुन् ।

 अभिभावक नै गुमाएपछि त्रिपुरासुन्दरी नगरपालिका करिश्मा केसी, सोही विपिन थापा, सुरेश बुढा, कर्णचन्द्र बोहोरा, नवराज शाही, रुपलाल थापा, बुधे कुलाल, कल्पना सार्की तथा ठूलीभेरी नगरपालिकाका रमिता बुढालगायतको पढेर ठूलो मान्छे बन्ने धोको अपूरै हुने अबस्था छ ।

हाम्रा संरक्षकको आर्थिक अवस्था कमजोर छ, गरिबीका कारण कापी, किताब कलमजस्ता शैक्षिक सामग्री उपलब्ध गराउन नसकेकै कारण पनि पढाइ छाड्नुपर्ने बाध्यता छउनीहरूले स्वरमा भने यदि कुनै पनि निकायले हामीलाई पढ्ने व्यवस्था मिलाई दिए पढेर ठूलो मान्छे बन्ने सपना साकार हुने थियो ।

उनीहरू अहिले त्रिपुरासुन्दरी नगरपालिकास्थित१ दिलमाया विष्टको घरमा आश्रित भएर बसेका छन् ।पढ्ने चाहाना भएर पनि स्कुल जान नपाएका ती अनाथ बालबालिकालाई पढ्ने वातावरण मिलाई दिन घरमा ल्याएको थिएँ,व्यक्तिगत रुपमा एक वर्षसम्म सम्पूर्ण व्यवस्था गरेर पढाइलेखाइ गराएँ तरअव नसक्ने अवस्था छ उनीहरूका लागि खाद्यान्नदेखि लत्ताकपडा कापी कलम लगायतका सामग्रीको लागि व्यवस्था गरिदिन आग्रह गरेपनि कसैले पनि सहयोग नगरेको संरक्षक विष्टले बताउनुभयो ।

मेरो कुनै पनि आयस्रोत छैन्, अहिले उनीहरूका लागि गाँसको व्यवस्था समेत गर्न धौधौ भएको छ कुनै दातृ निकायबाट सहयोग भए ती असाय बालबालिकाको उद्धार हुने थियोउहाँको भनाइ थियो ।

म १२ वर्षकी भए, कक्षा ८ मा नजिकैको सरकारी विद्यालयमा पढ्छु ,मेरो आमाबुबा दुवैको मृत्यु भइसकेकाले भिनाजुको सहारामा बसेकी छुुत्रिपुरासुन्दरी नगरपालिका१ बस्ने कल्पना सार्कीले भनिन्, “भिनाजुको आर्थिक अवस्था कमजोर भएकाले कापी कलम किन्ने अवस्था समेत छैन्, पढ्ने मन हुँदाहुँदै पनि चाहेर पनि पढ्न नसक्ने अवस्था छ,उनले भनिन् ।

घरको कामले गर्दा नियमित स्कुल जान पाइदँैन् यदि कसैले अध्ययनका लागि सहयोग गरे पछि अझै पढ्ने चाहान छ उनले गहभरी आँसु पार्दै भनिन् ।

 त्यस्तै त्रिपुरासुन्दरी१ कै बुधे कलाको अवस्था समेत त्यस्तै छ बुबाको सानैमा मृत्यु भयो,घरमा आमा एक्लै हुनुहुन्छ पढ्ने चाहाना त छ के गर्ने घरमा बिहान बेलुका छाक टार्न नै धौधौ हुन्छ, शरीर ढाक्नका लागि अर्कैसँग माग्नुपर्ने अवस्था छ, कसरी विद्यालय गएर पढ्नुउनले भने ।


ती कलिला हातले कापी कलम समाउनुको साटो पेट भर्नकै लागि दैनिक मजदुरी गर्नुपर्ने बाध्यता छ । रासस (तस्बिर उपलब्ध छ)

Labels:

रुकुमका २७ वटा मतदानस्थल अति संवेदनशील


रुकुम, ३१ जेठ । असार १४ गते हुने दोस्रोचरणको निर्वाचणमा यहाँका २७ वटा मतदानस्थललाई अति संवेदनशील मानिएको छ । जिल्लाका५ नंम्बर प्रदेशमा पर्ने तीन गाउँपालिकाका३१ मतदानस्थलमध्ये चारवटा मतदानस्थल सामान्य रहे पनि २७ वटा मतदान स्थललाई अति संवेदनशील मानिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ छ ।

जिल्लाको पुथा उत्तरगङ्गा गाउँपालिकामा रहेका १४ स्थान, भूमे गाउँपालिकामा रहेका आठ स्थान र सिस्ने गाउँपालिकामा रहेका पाँच स्थान गरेर २७ स्थानलाई अतिसंवेदनशील मानिएको प्रहरीको भनाइ छ ।

ती स्थानमा सुरक्षा व्यवस्था कडा पारिएको प्रहरी नायब उपरीक्षक अङ्गुर जिसीले बताउनुभयो । उहाँका अनुसार एउटा बुथमा कम्तीमा पनि १५ जना म्यादी प्रहरी, सात नेपाल प्रहरीका साथै सशस्त्र प्रहरी, सादा पोसाकका प्रहरी र नेपाली सेनालाई खटाउने तयारी भइरहेको छ ।

भौगोलिकरुपले विकट रहेका कारण विप्लब माओवादीका कार्यकर्ताले निर्वाचन बिथोल्ने गतिविधि गर्नसक्ने प्रहरीको अनुमान छ ।


यसका साथै विकटता कारण मतदाता सहजरुपमा मतदान केन्द्र आउन समस्या हुने, राजनीतिक दलबीच बढी प्रतिस्पर्धा भएको ठाउँमा विवादका कारण निर्वाचन बिथोलिन सक्ने भएकाले पनि सुरक्षा व्यवसथा निकै कडा पारिएको उहाँले बताउनुभयो । रासस

Labels:

महत्व बुझाउन नसक्दा रगतको अभाव बढ्दै

Image result for scarcity of blood

चितवन, ३१ जेठ । माग बढ्दै गए पनि रक्तदाताको सङ्ख्या नबढ्दा बर्सेनि रगतको अभाव बढ्दै गएको छ । युवा समुदायमा रक्तदानको महत्व बुझाउन नसक्नाले पनि बर्सेनि गर्मी मौसममा रगतको पूर्ति हुन कठिन हुँदैआएको हो ।

नेपाल रेडक्रस सोसाइटीका सहमहामन्त्री हरि न्यौपानेका अनुसार नेपालमा गत आर्थिक वर्षमा दुई लाख ३० हजार ९८६ युनिट रगत सङ्कलन गरी तीन लाख १० हजार ६२३ युनिट रगत बिरामीलाई वितरण गरिएको थियो । उहाँका अनुसार देशका ७२ जिल्लाका १०५ केन्द्र मार्फत रगत वितरण हुँदै आएको छ ।

हरेक वर्ष चैत अन्तिमबाट असारसम्म रगतको अभाव हुने गरेको तर माग अनुसारको आपूर्ति हुन कठिन भएको सहमहामन्त्री न्यौपाने बताउनुभयो ।

 गर्मीको समयमा पनि रगत दिन हुन्छ भन्ने चेतनाको अभाव, विद्यालय र क्याम्पस बन्द हुने गरेकाले पनि रगत अभाव हुँदै आएको छ भने युवा जनशक्ति विदेश पलायन हुनु र यो मौसम खेतीपातीको मौसम भएकाले पनि रक्तदान कमी हुने गरेको हो ।

     यहाँस्थित क्षेत्रीय रक्तसञ्चार केन्दका संयोजक समेत रहनुभएका न्यौपाने यसवर्ष निर्वाचनका कारण पनि रगतको अभाव भएको बताउनुहुन्छ ।

अठार वर्षदेखि ६० वर्ष उमेरसम्मकाले रक्तदान गर्न सक्छन् । यो वर्गलाई रगतको महत्वको बारेमा बुझाउन नसकिएको देखिन्छ । भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा कालिदास अधिकारी रक्तदान मानव स्वास्थ्यका लागि उपयोगी हुने बताउनुहुन्छ ।

उहाँका अनुसार मानिसको रगतमा हुने राता रक्तकणको आयु १२० दिनको हुन्छ । त्यसपछि ती रक्तकण आफँै मरेर जाने हुँदा तीनदेखि छ महिनाको फरकमा रक्तदान गर्दा नयाँ रक्तकोषीका बनेर मानवस्वास्थ्य अझ राम्रो हुन्छ ।

एक व्यक्तिको शरीरमा खेर जाने रगतले अर्काे व्यक्तिलाई बचाउन सकिने हुँदा रक्तदान गर्न उहाँले सुझाव दिनुभयो । रक्तदान गर्ने मानिसको वजन ४५ केजी भन्दामाथी र हेमोग्लोबिन १२ ग्राम अथवा सोभन्दा माथि हुनुपर्दछ । यतिमात्र होइन रक्तदान गर्ने मानिसमा मुटु, फोक्सो, कलेजो, राम्रो क्रियाशील अवस्थामा हुनुपर्ने डा अधिकारीले बताउनुभयो ।

जन्डिस, मलेरिया, टाइफाइड, एड्स, छारेरोग, क्षयरोग, मधुमेह, क्यान्सर, दम, उच्च रक्तचाप, मिर्गौलाको रोग, हेपाटाइटिसजस्ता रोगीले रक्तदान गर्न नहुने अधिकारीको भनाइ छ ।

उल्लेखित रोग नभएका स्वस्थ पुरुषले प्रत्येक तीन महिनामा र महिलाले महिनावारी नभएको, बच्चा पेटमा नभएको र बच्चाले दूध खाने अवस्थामा बाहेक वर्षको दुई पटक रक्तदान गर्नसक्ने उहाँले बताउनुभयो ।

ः २३ ः

हड्डीभित्रको बोनम्यारोले आवश्यक रगत विभिन्न प्रक्रिया पूरा गरेर बनाउने गर्दछ । भित्री अङ्ग र बाहिरी अङ्गबाट रगत निस्किएमा रगतको अभाव हुने गर्दछ भने क्यान्सरलगायतका रोगका कारण पनि धेरै मात्रामा रगत चाहिने हुन्छ । किटाणु र जीवाणुको सङ्क्रमणले पनि मानव शरीरमा रगत नष्ट हुने र खेर जाने हुन्छ ।

क्षेत्रीय रक्तसञ्चार केन्द्रका प्रमुख रमेशकान्त पौडेलका अनुसार एकै व्यक्तिलाई सात सय युनिटसम्म रगत दिनुपरेको थियो । क्यान्सरका बिरामीलाई लामो समयसम्म धेरै मात्रामा रगत दिनुपर्ने हुन्छ । यससँगसँगै थालेसिमिया, सुत्केरी महिला, शल्यक्रिया गर्नुपर्ने बिरामी लगायतलाई पनि धेरै रगत आवश्यक पर्ने उहाँ बताउनुहुन्छ ।

राजधानी काठमाडौँ बाहिर सबैभन्दा बढी रगत माग हुने जिल्ला चितवन हो । यहाँको क्षेत्रीय रक्तसञ्चार केन्द्रले गतवर्ष ३५ हजार युनिट रगत वितरण गरेको पौडेलले बताउनुभयो । छिमेकी जिल्लाबाट यहाँ ठूलो सङ्ख्यामा बिरामी आउने गर्दछन् । कूल सङ्कलित रगतको ५० प्रतिशत क्यान्सरका बिरामीका लागि खपत हुनेगर्दछ ।

 बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रक्तसञ्चार केन्द्रले युनिट नै खडा गरेर रगत वितरण गर्दै आएको छ । बर्सेनि रगतको माग बढ्दै गएकाले सरकारी तवरबाट जागरण ल्याउनुपर्ने क्षेत्रीय प्रमुख पौडेल बताउनुहुन्छ ।


पाठ्यक्रममा नै रगत र रक्तदानको महत्वको बारेमा उल्लेख गर्नुपर्ने, सार्वजनिक सञ्चारमाध्यमबाट रक्तदानको महत्वको बारेमा प्रचारप्रसार गर्न सकेमा रगतको अभावलाई कम गर्न सकिने उहाँको भनाई छ । रासस

Labels:

बेनीमा पहिलोपटक दृष्टिविहीनको क्रिकेट प्रतियोगिता

Image result for cricket game for blind in nepal

     म्याग्दी, ३१ जेठ । जिल्ला सदरमुकाम बेनीमा आज आयोजित दृष्टिविहीनको क्रिकेट प्रतियोगितामा कास्कीस्थित नेत्रहीन क्रिकेट क्लब विजयी भएको छ ।

     अमरसिंह माविमाका दृष्टिविहीन विद्यार्थी सहभागी सो क्लबले म्याग्दीको रघुगङ्गा गाउँपालिका३ मा रहेको ज्ञानोदय माविमा सञ्चालित दृष्टिविहीन स्रोतका विद्यार्थीे समुूलाई पराजित गरेको थियो ।

     बीस ओभरमा खेलाइएको प्रतियोगितामा टस जितेर ब्याटिङ गरेको कास्कीको समूहले १८३ रनको लक्ष्य लिएको थियो । जवाफी ब्याटिङमा उत्रिएको म्याग्दीका दृष्टिविहीनको टोली जम्मा ९२ रनमा समेटिएपछि कास्कीको टोली विजयी भएको हो ।

     प्लान नेपालको सहयोग, जिल्ला शिक्षा कार्यालय र जिल्ला बाल सञ्जालको समन्वयमा अपाङ्ग सङ्घले अपाङ्गता भएका बालबालिकाको लागि जिल्लामै पहिलो पटक आयोजना गरेको खेलकुद प्रतियोगितामा दृष्टिविहीनको क्रिकेट प्रतियोगिता समावेश गरेको थियो ।

     यसैगरी आयोजित बहिराबीचको फुटबलमा प्रतियोगितामा बागलुङस्थित धौलागिरि बहिरा आवासीय माविले बेनी नगरपालिका४ सिंगामा रहेको धौलागिरि मावि बहिरा स्रोतका विद्यार्थी टोलीलाई ३ का विरुद्ध ६ गोल गर्दै विजयी भएको थियो ।


     जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्मा, अपाङ्ग सङ्घ म्याग्दी शाखाका अध्यक्ष गोपाल केसीले पुरस्कार संयसक्तरुपमा क्रिकेटमा विजयी कास्कीको दृष्टिविहीनको टोलीलाई नगद रु चार हजारसहित र फुटबलमा विजयी बागलुङको बहिरा विद्यार्थीको समूहलाई नगद रु पाँच हजारसहित पदक र प्रमाणपत्र प्रदान गर्नुभएको थियो । रासस

Labels:

सुनसरीमा निर्वाचन गतिविधि तीव्र हँुदै


      Image result for सुनसरीमा निर्वाचन गतिविधिइटहरी, ३१ जेठ । दोस्रोचरण अन्तर्गत असार १४ गते हुने निर्वाचनसम्बन्धी गतिविधिले तीव्रता पाउन थालेको छ ।

राजनीतिक दलहरूले प्रमुख तथा उपप्रमुख र वडा अध्यक्षसहित सबै पदाधिकारी दलित एवम् महिलाको उम्मेदवारी चयन गरेपछि निर्वाचनसम्बन्धी गतिविधिले तीव्रता पाएको हो ।

चार लाख २१ हजार १५९ जना मतदाता रहेको सुनसरी जिल्लामा दुई उपमहानगर चार नगरपालिका र छवटा गाउँपालिका छन् । निर्वाचनमा यस जिल्लाबाट ६४४ जनप्रतिनिधि छानिएर आउनेछन् ।

ः २१ ः

केही दलले उम्मेदवार चयनमा ढिलाइ गरेकाले उम्मेदवारलाई प्रचारप्रसारमा हम्मेहम्मे परिरहेको पाइएको छ । हाल प्रचारप्रसारमा नेपाली काँग्रेस, राप्रपा, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले आफ्नो चुनावी गतिविधिलाई तीव्रता दिइरहेका छन् ।

सबै राजनीतिक दलमा भएको ध्रुवीकरण र एकले अर्काको अस्तित्व स्वीकार नगर्ने एवम् विभाजनका कारण निर्वाचनमा प्रत्यक्ष असर पर्ने देखिएको छ ।

राजनीतिक विषयलाई थाँती राखेर उम्मेदवार भने हरेक मतदाताको घरदैलोमा पुगेर आफूलाई जिताउन मत माग्ने क्रमसँगै निर्वाचन आचारसंहिता उलङ्घन गर्ने क्रम पनि बढेको छ ।

सबै राजनीतिक दलले आआफ्नो वर्चश्व देखाउनका लागि शहर बजारमा आफूखुसी तुल, ब्यानर र झन्डा झुन्ड्याउने, भेस्ट तथा टोपीको प्रयोग गर्ने कामले प्रश्चय पाएको छ ।

उता राजपाले जनभावना विपरीत आन्दोलनको घोषणा गरेसँगै बन्द हडताललगायतका कार्यक्रम अघि बढाए पनि त्यसको प्रवाह नगरी ठूला राजनीतिक दलका नेता तथा समर्थक हुल बाँधेर समूह÷समूहमा पार्टीको झन्डा र चुनाव चिह्न लिएर घरदैलो पुग्ने होडबाजी बढिरहेको छ ।


कतिपय गाउँ तथा नगर र उपमहानगरस्तरीय प्रतिबद्धता पत्र जारी गर्दै काँगेस, एमाले, माओवादी र राप्रपाले मतदातालाई आफूतिर आकर्षण गर्ने अभियानले तीव्रता पाउन थालेकाले सर्वसाधारणको ध्यान चुनावमा केन्द्रित बनेको छ । रासस

Labels: