अनाथ बालबालिकाले भने, ‘कसले देला सहारा’
डोल्पा
(दुनै), ३१ जेठ ।
डोल्पाका दुर्गम गाउँका झन्डै एक दर्जन बालबालिका सहारा विहीन भएका छन् । मुख्य
अभिभावक नै गुमाएपछि लालनपालन तथा शिक्षा स्वास्थ्यको अवस्था नाजुक बन्दै गएपछि
उनीहरू बेसहारा बनेका हुन् ।
उनीहरूमध्ये
कसैको बाबु छैन, कसैको
आमा छैन कसैको भने बाबु–आमा
दुबै गुमाउनुपर्दाको कारण सहरा बिहिन उनीहरू शिक्षा, स्वास्थ्य मनोरञ्जनजस्ता
अधिकारबाट समेत वञ्चित भएका हुन् ।
अभिभावक नै गुमाएपछि त्रिपुरासुन्दरी नगरपालिका
करिश्मा केसी, सोही
विपिन थापा, सुरेश
बुढा, कर्णचन्द्र
बोहोरा, नवराज
शाही, रुपलाल
थापा, बुधे
कुलाल, कल्पना
सार्की तथा ठूलीभेरी नगरपालिकाका रमिता बुढालगायतको पढेर ठूलो मान्छे बन्ने धोको
अपूरै हुने अबस्था छ ।
“ हाम्रा
संरक्षकको आर्थिक अवस्था कमजोर छ, गरिबीका कारण कापी, किताब कलमजस्ता शैक्षिक सामग्री उपलब्ध गराउन नसकेकै कारण
पनि पढाइ छाड्नुपर्ने बाध्यता छ” उनीहरूले स्वरमा भने “यदि कुनै पनि निकायले हामीलाई
पढ्ने व्यवस्था मिलाई दिए पढेर ठूलो मान्छे बन्ने सपना साकार हुने थियो ।”
उनीहरू
अहिले त्रिपुरासुन्दरी नगरपालिकास्थित– १ दिलमाया विष्टको घरमा आश्रित भएर बसेका छन् ।“पढ्ने चाहाना भएर पनि स्कुल
जान नपाएका ती अनाथ बालबालिकालाई पढ्ने वातावरण मिलाई दिन घरमा ल्याएको थिएँ,व्यक्तिगत रुपमा एक वर्षसम्म
सम्पूर्ण व्यवस्था गरेर पढाइ–लेखाइ गराएँ तरअव नसक्ने अवस्था छ उनीहरूका लागि
खाद्यान्नदेखि लत्ताकपडा कापी कलम लगायतका सामग्रीको लागि व्यवस्था गरिदिन आग्रह
गरेपनि कसैले पनि सहयोग नगरेको संरक्षक विष्टले बताउनुभयो ।
“मेरो
कुनै पनि आयस्रोत छैन्, अहिले
उनीहरूका लागि गाँसको व्यवस्था समेत गर्न धौधौ भएको छ “कुनै दातृ निकायबाट सहयोग भए
ती असाय बालबालिकाको उद्धार हुने थियो” उहाँको भनाइ थियो ।
“म
१२ वर्षकी भए, कक्षा
८ मा नजिकैको सरकारी विद्यालयमा पढ्छु ,मेरो आमाबुबा दुवैको मृत्यु भइसकेकाले भिनाजुको सहारामा
बसेकी छुु”त्रिपुरासुन्दरी
नगरपालिका–१ बस्ने
कल्पना सार्कीले भनिन्, “भिनाजुको आर्थिक अवस्था कमजोर भएकाले कापी कलम किन्ने
अवस्था समेत छैन्, पढ्ने
मन हुँदाहुँदै पनि चाहेर पनि पढ्न नसक्ने अवस्था छ,उनले भनिन् ।
घरको
कामले गर्दा नियमित स्कुल जान पाइदँैन् यदि कसैले अध्ययनका लागि सहयोग गरे पछि अझै
पढ्ने चाहान छ उनले गहभरी आँसु पार्दै भनिन् ।
त्यस्तै त्रिपुरासुन्दरी– १ कै बुधे कलाको अवस्था समेत
त्यस्तै छ “बुबाको
सानैमा मृत्यु भयो,घरमा
आमा एक्लै हुनुहुन्छ पढ्ने चाहाना त छ के गर्ने घरमा बिहान बेलुका छाक टार्न नै
धौधौ हुन्छ, शरीर
ढाक्नका लागि अर्कैसँग माग्नुपर्ने अवस्था छ, कसरी विद्यालय गएर पढ्नु”उनले भने ।
ती
कलिला हातले कापी कलम समाउनुको साटो पेट भर्नकै लागि दैनिक मजदुरी गर्नुपर्ने
बाध्यता छ । रासस (तस्बिर उपलब्ध छ)
Labels: NEWS
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home