भरुवा बन्दुकसहित एकजना पक्राउ
रुकुम,
३१ जेठ । भरुवा
बन्दुकसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
भूमे
गाउँपालिका– २
काँक्रीका २० वर्षिय करले पुनलाई आज प्रहरीले तीन नाल भरुवा बन्दुकसहित पक्राउ
गरेको हो । सामान्य विवाद हुँदा पुनले बन्दुक झिकेर पड्काउन खोजेको सूचना पाएपछि
प्रहरीले गाउँबाटै उनलाई पक्राउ गरेको प्रहरी निरीक्षक थम्मनबहादुर रजालीले
जानकारी दिनुभयो ।
पक्राउ
परेका पुनलाई आवश्यक अनुसन्धानका लागि सदरमुकाम मुसिकोट ल्याइँदैछ । बन्दुक लिएर
भागेका अर्काे एकजनाको खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस
–––––––––
४३– निर्वाचनको सम्पूर्ण अधिकार आयोगलाई दिनुपर्छ ः बिजुक्छे
नगरकोट,
३१ जेठ । नेपाल मजदुर
किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले निर्वाचन घोषणा गरिसकेपछि सरकारले
यसका लागि सबै अधिकार निर्वाचन आयोगलाई नै दिनुपर्ने बताउनुभएको छ ।
रफत
सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले निर्वाचन
अवधिसम्म आयोग सरकारको होइन, सरकार आयोगको सल्लाहमा चल्नुपर्ने बताउनुभयो ।
सरकारले
आयोगको अधिकारमाथि समेत हस्तक्षेप गर्दै निर्वाचनको मिति सार्ने खेल खेलिरहेको
उहाँको आरोप थियो । “सरकार राष्ट्रिय जनता पार्टीको मागअनुसार संविधान संशोधन
होइन ऐन संशोधनको तयारीमा रहेको छ, राजपाको मागप्रति सरकारको ध्यान जानुपर्छ,”
उहाँले भन्नुभयो ।
रासस
Labels: NEWS
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home