Wednesday, 14 June 2017

‘निर्वाचनमा सबैलाई समेट्नुपर्छ’

     काठमाडौँ, ३१ जेठ । नेकपा (एमाले)का नेता रघुवीर महासेठले राष्ट्रिय जनता पार्टीले राखेका जायज माग सम्बोधन गर्न एमाले तयार रहेको बताउनुभएको छ ।
      रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उहाँले देश टुक्र्याउने वा विखण्डन गर्ने खालका मागबाहेक मधेसी जनता र मधेसको हितमा हुने जुनसुकै माग मान्न एमाले तयार रहेको बताउनुभएको हो ।

     उहाँले “राजपाको के माग हो भन्नेबारे अझैसम्म पनि स्पष्ट हुन सकिएको छैन” भन्दै राजपा विभिन्न बहाना बनाई निर्वाचनबाट भाग्न खोजेको आरोप लगाउनुभयो ।
    
     राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपति शमशेर राणाले तराईको एक घटकलाई बाहिर राखेर निर्वाचनमा जान नहुने बताउँदै “तराईमा निर्वाचन गर्नु छ तराईकै जनतालाई बाइपास गर्न मिल्दैन भन्नुभयो ।”

     सुरक्षाको दृष्टिकोणले समेत दोस्रो चरणको निर्वाचन खतरा रहेको उल्लेख गर्दै उहाँले सरकारले मधेसी दललाई यथाशक्य निर्वाचनको पक्षमा ल्याउन पहल गर्नुपर्ने बताउनुभयो ।

     सङ्घीय समाजवादी फोरम नेपालका नेता राजेन्द्र श्रेष्ठले सबै पक्षलाई समेटेर निर्वाचनमा जानुपर्ने बताउँदै “संविधान संशोधनलाई समेत पहल गर्दे निर्वाचनमा जाने हामीले निर्णय गरेका हौँ भन्नुभयो ।”
      उहाँले मधेसी जनता निर्वाचनको पक्षमा रहेको भन्दै दोस्रो चरणको निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने दाबीसमेत गर्नुभयो ।
      राष्ट्रिय जनता पार्टीका नेता वृशेषचन्द्र लालले संविधानलाई स्वीकार्य गरेमात्र आफूहरू निर्वाचनमा भाग लिने बताउँदै एमाले संविधान संशोधनका पक्षमा आइसकेकाले यसप्रति सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । रासस 

Labels:

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home