सुनसरीमा निर्वाचन गतिविधि तीव्र हँुदै
राजनीतिक
दलहरूले प्रमुख तथा उपप्रमुख र वडा अध्यक्षसहित सबै पदाधिकारी दलित एवम् महिलाको
उम्मेदवारी चयन गरेपछि निर्वाचनसम्बन्धी गतिविधिले तीव्रता पाएको हो ।
चार
लाख २१ हजार १५९ जना मतदाता रहेको सुनसरी जिल्लामा दुई उपमहानगर चार नगरपालिका र
छवटा गाउँपालिका छन् । निर्वाचनमा यस जिल्लाबाट ६४४ जनप्रतिनिधि छानिएर आउनेछन् ।
–ः
२१ ः–
केही
दलले उम्मेदवार चयनमा ढिलाइ गरेकाले उम्मेदवारलाई प्रचारप्रसारमा हम्मेहम्मे
परिरहेको पाइएको छ । हाल प्रचारप्रसारमा नेपाली काँग्रेस, राप्रपा, नेकपा (एमाले) र नेकपा
(माओवादी केन्द्र)ले आफ्नो चुनावी गतिविधिलाई तीव्रता दिइरहेका छन् ।
सबै
राजनीतिक दलमा भएको ध्रुवीकरण र एकले अर्काको अस्तित्व स्वीकार नगर्ने एवम्
विभाजनका कारण निर्वाचनमा प्रत्यक्ष असर पर्ने देखिएको छ ।
राजनीतिक
विषयलाई थाँती राखेर उम्मेदवार भने हरेक मतदाताको घरदैलोमा पुगेर आफूलाई जिताउन मत
माग्ने क्रमसँगै निर्वाचन आचारसंहिता उलङ्घन गर्ने क्रम पनि बढेको छ ।
सबै
राजनीतिक दलले आ–आफ्नो
वर्चश्व देखाउनका लागि शहर बजारमा आफूखुसी तुल, ब्यानर र झन्डा झुन्ड्याउने,
भेस्ट तथा टोपीको
प्रयोग गर्ने कामले प्रश्चय पाएको छ ।
उता
राजपाले जनभावना विपरीत आन्दोलनको घोषणा गरेसँगै बन्द हडताललगायतका कार्यक्रम अघि
बढाए पनि त्यसको प्रवाह नगरी ठूला राजनीतिक दलका नेता तथा समर्थक हुल बाँधेर समूह÷समूहमा पार्टीको झन्डा र
चुनाव चिह्न लिएर घरदैलो पुग्ने होडबाजी बढिरहेको छ ।
कतिपय
गाउँ तथा नगर र उपमहानगरस्तरीय प्रतिबद्धता पत्र जारी गर्दै काँगेस, एमाले, माओवादी र राप्रपाले
मतदातालाई आफूतिर आकर्षण गर्ने अभियानले तीव्रता पाउन थालेकाले सर्वसाधारणको ध्यान
चुनावमा केन्द्रित बनेको छ । रासस
Labels: NEWS
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home