चिया टिपाइ सुरू
इलाम, ३१ जेठ । चियाको दोस्रो यामको
टिपाइ सुरू भएको छ ।
अघिल्लो वर्ष पहिलो यामको
टिपाइपछि हरियो चियापत्ती उत्पादन नहुँदा एक महिनासम्म कारखाना बन्द रहेका थिए ।
यस पटक १५ दिनभन्दा कम समय मात्र उत्पादन रोकियो ।
जिल्लाका सबै साना ठूला चिया
कारखानाले दोस्रो टिपाइको प्रशोधन थालेका छन् । यस यामको मूल्य गुणस्तरअनुसार
प्रतिकिलो रु २५ देखि रु ३५ तोकिएको छ । कारखाना धेरै भएकाले यस पटक हरियोपत्तीको
अभाव खेप्नु परेको छैन ।
अग्र्यानिक कारखानाले भने
वर्षभरि एउटै दर कायम गर्ने गरेका छन् । औसत प्रतिकिलो रु ६० मा कारखानाले
चियापत्ती खरिद गर्छन् । लामो खडेरी नपर्दा उत्पादनसमेत बढेको इलाम टी प्रोडयुसर्स
प्रालिका ओम काफ्लले बताउनुभयो । क्षमताभन्दा धेरै हरियोपत्ती सङ्कलन भइरहेको
उहाँले बताउनुभयो ।
श्रीअन्तु र आइतबारेमा रहेको
इलाम टी कारखानामा दैनिक १६ हजार किलो हरियोपत्ती सङ्कलन भइरहेको छ । अघिल्लो वर्ष
४० लाख किलो अर्थोडक्स चिया उत्पादन भएको थियो । चियालाई चाहिने विभिन्न तत्वको
कमी हँदा बाँझो बसेर उत्पादन घट्ने समस्या आउने गरेको चिया कृषक मोतीराम दाहाल
बताउनुहुन्छ ।
जिल्लामा दुई दर्जन ठूला
कारखाना रहेको छ भने साना र मझौला कारखाना थपिने क्रम बढेको छ । फागुनको अन्तिम
सातादेखि वर्षा भइरहेकाले तुलनात्मक रुपमा चियाको उत्पादन बढेको छ । रासस
Labels: आर्थिक समाचार
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home