चिनीको कृत्रिम अभाव गरी मनपरी मूल्य
चिनी उद्योगले बजारमा कृत्रिम अभाव गराई सर्वसाधारणबाट चर्को मूल्य असुल्ने गरेको पाइएको छ । उद्योगीले अत्यधिक रूपमा चिनीको मौज्दात भण्डारण गरी बजारमा कृत्रिम अभाव सिर्जना गर्ने गरेको सरकारी अध्ययनले देखाएको हो ।
आपूर्ति व्यवस्थापन तथा उपभोक्ताहित संरक्षण विभाग, उद्योग विभाग, दुई जना चार्टर्ड एकाउन्टेन्ट (एक सरकारी र अर्को व्यवसायीका तर्फबाट) र उपभोक्ता अधिकारकर्मीले संयुक्त रूपमा गरेको अध्ययन/अनुगमनमा चर्को मूल्य असुल्ने गरेको फेला परेको हो । अध्ययन प्रतिवेदन आपूर्ति मन्त्रालयमा पेस गरिएको छ । चालु आर्थिक वर्षमा चिनीको लागत मूल्य प्रतिकिलो ५५ रुपैयाँ ५० पैसादेखि ६५ रुपैयाँ ९ पैसासम्म देखिए पनि व्यावसायीले आफूखुसी असुल्दै आएको प्रतिवेदनमा उल्लेख छ ।
Labels: NEWS
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home