लिड बल्ब खरिदमा कुनै अनियमितता भएको छैन : कुलमान
नेपाल विद्युत प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङले लिड बल्ब खरिद प्रक्रिया सार्वजनिक खरिद कानुनमै भएको व्यवस्था अनुसार नै अगाडी बढाइएको बताएका छन् ।
कार्यकारी निर्देशक घिसिङले विद्युत प्राधिकरणमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै लिड बल्ब खरिद प्रक्रियामा कुनै प्रकारको अनियमितता नभएको दाबी गरेका छन् । अत्यन्त भावुक शैलीमा प्रस्तुत भएका उनले लिड बल्बको खरिदमा लोडसेडिङ अन्त्य गरी मुलुकलाई उज्यालो बनाउने पवित्र उद्देश्यबाहेक अरु कुनै व्यक्तिगत स्वार्थ नलुकेको बताए ।
‘विद्युत लोड व्यवस्थापनका लागि नेपाल र भारतका उर्जा सचिवस्तरीय संयन्त्रले विभिन्न मितिमा गरेका निर्णयअनुसार दुई मुलुकबीचका सरकारी तहबाटै (जिटुजि) लिड बल्ब खरिद बिक्री प्रक्रिया अघि बढाइएको हो,’ उनले भने, ‘सार्वजनिक खरिद ऐन २०६३ (पहिलो संसोधन २०७३) को दफा ४१ (घ२)मा ‘अन्तर्राष्ट्रिय अन्तरसरकारी संस्थासँग सो संस्थाले तोकेको दररेटमा मालसामान वा सेवा खरिद गर्नु परेमा सोझै खरिद गर्न सकिने’ व्यवस्था छ ।’

Labels: NEWS
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home