अनियन्त्रित लरी चलाउँदा ९ जनाको मृत्यु
जर्मनीको राजधानी बर्लिनको व्यस्त क्रिसमस बजारमा एक व्यक्तिले अनियन्त्रित रुपमा लरी चलाउँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ । घटनामा ५० जना भन्दा धेरै घाईते भएका छन् ।
घटना नियतवस भएको प्रत्यक्षदर्शीलाई उदृत गर्दै प्रहरीले जनाएको बिबिसीले खबर लेखेको छ । लोरीका चालक भने फरार रहेका छन् । यस्तै लरीका एक यात्रुको भने घटनामा परि मृत्यु भएको छ ।
प्रहरीले अर्को कुनै खतरनाक घटना हुने सम्भावना नरहेको तर घटना भएको स्थानबाट पर रहन सर्वसाधारणसँग अनुरोध गरेको छ । घटनामा संलग्न भएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
यसअघि गएको जुलाईमा ट्युनिसयामा जन्मेका एक व्यक्तिले निस शहरमा आतिसवाजी हेर्न जम्मा भएका मानिसको भिडमा ट्रक चलाउँदा ८६ जनाको मृत्यु भएको थियो ।
Labels: अन्र्तराष्ट्रिय समाचार)
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home