Tuesday, 9 May 2017

एमालेले भन्यो, ‘चुनाव सकिएपछि मतगणना गरिहालौं


प्रमुख विपक्षी एमालेले पहिलो चरणको स्थानीय तहको चुनावको मतदान सकिएपछि मतगणना गर्नुपर्ने पक्षमा उभिएको छ ।
सरकारले दुवै चरणको चुनाव सकिएपछिमात्रै मतगणना गर्ने तयारी गरेकोमा आपत्ति जनाउँदै एमालेले मतदानलगत्तै गणना गर्नुपर्ने माग गरेको हो । ‘दुवै चरणको चुनाव जेठ १५ अघि नै गर्ने अवस्थामा एकैपटक गरौं भन्ने हाम्रो माग थियो,’ एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले भने, ‘तर एक महिनापछि दोस्रो चरणको चुनाव गरेर एकैपटक मतगणना गर्ने हामे भने मान्य छैन ।’
प्रधानमन्त्रीले बालुवाटारमा मंगलबार बिहान बोलाएको बैठकमा नेम्वाङले जेठ ३१ मा नै दोस्रो चरणको चुनाव गर्ने भए  एकैपटक मतगणना गर्ने कुरामा सहमति नजनाउने बताए ।

Labels:

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home