टर्कीमा रहेका रुसी राजदूत एन्ड्रे कार्लोपको हत्या
टर्कीमा रहेका रुसका राजदूत एन्ड्रे कार्लोफको एक प्रहरी अधिकारीले गोली हानी हत्या गरेका छन् ।
राजधानी अंकारामा रहेको आर्ट ग्यालरीमा भएको प्रदर्शनीमा भाषणका लागि मञ्चमा जान लागेका राजदूत कार्लोफमाथि २२ वर्षका प्रहरी अधिकारी मेवलुत मेर्त एडिन्टासले गोली हानी हत्या गरेका हुन् ।
एडिन्टास अंकारा दंगा प्रहरीमा कार्यरत रहेका थिए । एडिन्टास पनि प्रहरीले गरेको जवाफी कारवाहीमा परि मारिएको टर्कीका सरकारी अधिकारीले जनाएका छन् । सिरियामा भइरहेको संघर्षमा रुसले सिरियाली राष्ट्रपति बसर अल असदको समर्थन गरेको विरोधमा टर्कीमा प्रदर्शन हुँदै गएको छ ।
सिरिया युद्धमा रुसी समर्थनको विपक्षमा रहेका ति प्रहरी अधिकारीले राजदूत कार्लोफको हत्या गरेको हुन सक्ने अनुमान छ ।
टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानले आक्रमर्ण रुस र टर्कीको सम्बन्ध बिगार्ने उद्देश्यले भएको बताएका छन् ।
Labels: अन्र्तराष्ट्रिय समाचार)
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home